Sunday, November 2

बेपत्ता भएको ११ दिनपछि शव फेला

नेपालअबार, तनहुँ । तनहुँमा बेपत्ता भएको ११ दिनपछि एक व्यक्तिको शव फेला परेको छ । व्यास नगरपालिका वडा नम्बर ९ गजौडे बस्ने ५९ वर्षीय सुरेश कुमार गुरुङको शव फेला परेको हो ।

Advertisement

गुरुङ वैशाख १७ गते बेलुकीदेखि हराइरहेकामा बिहीबार बिहान सुदेखोला सात बिसे सामुदायिक बनमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उनको भिरबाट लडेर १११ फिट तल खसेको अवस्थामा शव फेला परेको प्रहरीको भनाइ छ ।

Advertisement

घाँस काट्न भनेर गएका उनी हराएपछि परिवारले प्रहरीमा खबर गरेको थियो ।  घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।