Sunday, November 2

पोखरामा ५ जनासहित गण्डकीका ४ जिल्लामा २४ संक्रमित थपिए

नेपाल अखबार, पोखरा । पोखरामा थप ५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार ३ पुरुष र २ महिलासहित पोखरामा ५ नयाँ संक्रमित थपिएका हुन् । जसमध्ये पोखरा महानगरका ४१ र १९ वर्षका दुई पुरुष, ३० र ५६ वर्षीया दुई महिलामा कोरोना पुष्टि भएको हो । यस्तै कास्कीकै रुपा गाउँपालिकाका ४५ वर्षीय एक पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।
यस्तै, प्रदेशका ४ जिल्लामा २४ जना नयाँ संक्रमित थपिएका हुन् । स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार बागलुङमा १४ नयाँ संक्रमित थपिएका छन् । गलकोट नगरपालिकामा ३५, ३८, ३०, २२, १९ र ४५ वर्षीय ६ पुरुष । त्यसैगरी ४२ र २० वर्षीय दुई महिलामा कोरोना पुष्टि भएको छ ।
बागलुङकै काठेखोला गाउँपालिकामा २४, २९, २२, २०, २३ र २९ वर्षीय ६ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।नवलपुर विनयी त्रिवणी गाउँपालिकाका २८ र २० वर्षीय दुई पुरुष, स्याङ्जाको पालिका नखुलेको ६३ वर्षीय एक पुरुष, त्यसैगरि कालिगण्डकी गाउँपालिकाका ३६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । यो सँगै प्रदेशमा कुल संक्रमित संख्या ३ सय ४८ पुगेको छ ।

Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *