Sunday, November 2

आज बेचन विरुद्धको मुद्दामा थुनछेक बहस

नेपालअखबार, काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाको  थुनछेक बहस आजबाट सुरु हुने भएको छ । सरकारी वकिल र बेचन पक्षका कानुन व्यवसायीले बहस सकेपछि बेचनलाई थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने भन्नेबारे आदेश हुन्छ ।

Advertisement

यसअघि बुधबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासमा उनले बयान दिएका  थिए ।

Advertisement

सरकारी वकिलले बेचनलाई ठगी, लिखत किर्ते, राज्य विरुद्ध र सङ्गठित अपराध सम्बन्धी कसुरमा प्रतिवादी कायम गरेको छ ।