Sunday, November 2

पानी परेपछि सलहको जोखिम कम हुने

नेपाल अखबार, काठमाडाैं। अफ्रिकी मुलुकबाट पाकिस्तान, भारत हुँदै केही दिनअघि नेपालको तराईका जिल्लामा देखापरेको सलह मंगलबार काठमाडौँमै देखिए पनि प्रभाव कम हुने जनाइएको छ।
गत शनिबार रुपन्देही, सिन्धुली, चितवनलगायत जिल्लामा सलह देखा परेको थियो। सलह वर्षा भएपछि मर्ने कृषिविद्ले बताएका छन्।
वरिष्ठ कृषिविज्ञ डा केदार बुढाथोकीका अनुसार सलहको सङ्ख्या लाखौँ वा करोडौँको परिमाणमा हुन्छ। ‘काठमाडौँमा देखा परेको सलहको झुण्ड ठूलो होइन’, डा बूढाथोकीले भने।
नेपालमा मनसुन शुरु भइसकेकाले यसको प्रभाव कम हुने अनुमान गरिएको छ। पूर्वी दिशाबाट पश्चिमतिर बहेको हावासँगै सलह पनि पश्चिमतिर सर्ने अनुमान मौसम तथा जलवायु महाशाखाले गरेको छ। रासस

Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *