Sunday, November 2

५२ संवैधानिक नियुक्ति विरुद्धको रिट हेर्दाहेर्दैमा

नेपालअखबार,काठमाडौँ । ५२ संवैधानिक पदाधिकारीको नियुक्ति प्रक्रियाविरुद्ध दायर रिट हेर्दाहेर्दैमा राखिएको छ ।

Advertisement

आइतबार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदीको संवैधानिक इजलासमा सुनुवाइ भएको थियो ।

Advertisement

आइतबार सरकारी वकिलहरूले सरकारको बचाउ गर्दै बहस गरेका थिए । बहस नसकिएपछि अर्को पेसी सोमबारका लागि तोकिएको छ ।

माघदेखि सुरू नियमित सुनुवाइअन्तर्गत आज पाँचौँ  दिनको सुनुवाइ भएको हो । २०७७ मङ्सिर ३० र त्यसपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानवअधिकार आयोग, निर्वाचन आयोग लगायतमा पदाधिकारी सिफारिस गरेका थिए ।

२०७७ मङ्सिर ३० गते भएको सिफारिस पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि मात्र सार्वजनिक गरिएको थियो ।