Sunday, November 2

अध्यक्ष माधव नेपालले भने पार्टी बैठकपछि नबिराउनू, नडराउनू

नेपालअखबार,काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूविरुद्ध दायर भएको मुद्दामा पार्टीका शीर्ष नेताहरूसहित कानुनविद्हरूसँग छलफल गरेका छन् ।

Advertisement

पार्टी केन्द्रीय कार्यालय, आलोकनगरमा बिहीबार अपरान्ह उनले छलफल गरेका हुन् ।

Advertisement

अख्तियारले मुद्दा दायर गर्दा नेपाल रौतहटमा थिए । मुद्दा दर्ता भएपछि उनी काठमाडौं फर्किएका थिए ।

लगत्तै बसेको पार्टी बैठकले अख्तियारको यो निर्णयलाई प्रतिशोधपूर्ण भनेको छ ।

त्यस्तै, अध्यक्ष नेपालले पनि प्रतिशोधपूर्ण र पूर्वाग्राही ढंगबाट मुद्दा दायर भएको जिकिर गरे ।

‘नबिराउनू, नडराउनू । अरु कुरा कानुनी कुरा छन्,’ बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘कानुनविद्हरूसँग पनि परामर्श भएको छ ।’