Sunday, November 2

पर्यटन मन्त्री मण्डलको छोरा निलेश मण्डलले सुनसरी जिल्लामा धार्मिक द्वन्द्व गर्ने अडियो क्लिप सार्वजनिक

नेपालअखबार, काठमाडौं । कोशी प्रदेशका वन पर्यटन तथा वातावरण मन्त्री सदानन्द मण्डलको छोरा निलेश मण्डलले सुनसरी जिल्लामा धार्मिक द्वन्द्व गर्ने बताएका छन् । मन्त्रीको छोरा मण्डलको हिन्दु-मुस्लिम बीच धार्मिक द्वन्द गर्ने अडियो क्लिप सार्वजनिक भएको हो । उनले जतिसुकै प्रकरण भएपनि आफ्नो बुवालाई कसैले केहि गर्न नसक्ने दाबी गर्दै अपशब्द प्रयोग गरेका छन् । निलेशले आफ्नो बुवा बुवा मन्त्री मण्डलले नक्कली नोटको कारोबार गर्नेलाई संरक्षण समेत गरेको बताएका छन् ।

Advertisement

केहि समय अधि प्रहरीले पक्राउ गरेको नक्कली नोट र कारोबारीहरुलाई आफ्नो बुवाले जोगाएको अडियोमा सुन्न सकिन्छ । नाम नखुलाउने शर्तमा एकजना सामाजिक संजाल प्रयोगकर्ताले मन्त्रीको छोरा निलेश मण्डललाई समाचारको लिंक पठाएको र उताबाट अश्लील शब्द प्रयोग गर्दै कसैले केहि गर्न नसक्ने दाबी गर्दै मेसेज पठाएको बताएका छन् । मन्त्री मण्डलले क्युआर मार्फत अनुचित लेनदेन गरेको र खेताला स्वकीय सचिव नियुक्ति गरेको विषयमा मन्त्रीको आलोचना र बिरोध भइरहेको छ ।

Advertisement

मन्त्री मण्डलको छोरा निलेश मण्डलको अडियोको अंश सुन्नुहोस् ।