Sunday, November 2

बाढी पहिरोका कारण ठप्प छन् यी राजमार्ग

नेपालअखबार,काठमाडौँ । बाढी पहिरोका कारण देशका विभिन्न राजमार्गहरूमा सवारी आवागमनमा ठप्प रहेको छ । विशेषगरी कोशी प्रदेश र बागमती प्रदेशका केही मुख्य सडकहरू बाढी–पहिरोका कारण प्रभावित भएका छन् । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा भने अवस्था सामान्य बन्दै गएको देखिएको छ ।

Advertisement

कोशी प्रदेशमा चार राजमार्ग पूर्ण रूपमा अवरुद्ध र दुई वटा एकतर्फी सुचारु रहेको जनाएको छ  । सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ बरुणखोलामा अविरल वर्षाका कारण कोशी राजमार्ग अवरुद्ध छ ।

Advertisement

यस्तै इलाममा मेची राजमार्ग रातको समयमा सञ्चालनमा रोक लगाइएको छ । पाँचथरको तुम्वेवा गाउँपालिका–२ र धनकुटा चौविसे गाउँपालिका–४ चारखोलेमा बाढि पहिरोका कारण तममोर करिडोर र मिक्लाजुङ गाउँपालिका–७  ऐनेभिर राँके रबि भेडेटार सडक पूर्ण रूपमा अवरुद्ध छ  ।

यस्तै धनकुटाको साँगुरीगढी गाउँपालिका–६ चारखोलेमा अविरल वर्षका कारण र तेह्रथुमको म्याङलुङ नगरपालिका–६ सिस्ने खोलामा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग एकतर्फी सुचारु छ ।

यस्तैगरी बागमती प्रदेशमा चार राजमार्ग पूर्ण रूपमा अवरुद्ध छन् । जसमा काभ्रेपलान्चोक जिल्लाको बोक्सिकुना, विरुवाडाँडा, नमोवुद्ध नगरपालिका–६ चौकीडाँडा रोशी गाउँपालिका–७,९,११ र नार्के स्थित विभिन्न स्थानहरूमा पहिरोका कारण बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ ।

त्यस्तै रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ तातोपानि बालुवाखानि, घट्टेखोला र फ्याङ्लुङघट्टेखोला र फ्याङ्लुङ स्थित सडक खण्डमा पहिरो जाँदा पासाङल्हामु सडक र गोसाइगुण्ड गाउँपालिका–२ मा नेपाल चीन जोड्ने पुल बगाउँदा पूर्ण रूपमा अवरुद्ध छ । मकवानपुरको इन्द्रसरोवर गाउापालिका–३ ज्यामिरे पहिरोका कारण कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक पूर्ण रूपमा अवरुद्ध छ ।

गण्डकी प्रदेशको वारगुङ मुक्तिक्षेत्र गाउँपालिका–३  छुसाङ र ताङ्वे बिचको कालाभिरमा पहिरोका कारण जोमसोम कोरोला सडक खण्ड पूर्ण रूपमा अवरुद्ध छ र घरपझोङ गाउँपालिका–४ पाण्डाखोला जोमसोम–कोरोला सडक खण्डमा एकतर्फी सुचारु रहेको छ  । यसैगरी लुम्बिनी प्रदेशमा अर्घखाचीको सन्धिखर्क नगरापालिका–६  माथिल्लो रिब्दमा पहिरो जाँदा सन्धखर्क गोरुसिङ्गे सडक एकतर्फी सुचारु रहेको छ ।

image (2)