साहित्य \कला

लकडाउन बाहेक अरु केहि बिकल्प छैन त सरकार संग

Nepal Akhabar

लिला गिरी , पोखरा । चिनको वुहान प्रान्त बाट फैलिन सुरु भएको कोरोना भाईरस कोभिड १९ ले हाल विश्व नै हायलकायल भएको छ । यो भाइरस एक मान्छेबाट अर्को मान्छेमा सर्ने एकप्रकारको संक्रमण रोग भएको कारण यसबाट जोगिन का लागि मानिस मानिस बिचको दूरी अपनाउन विश्व स्वास्थ्य संगठन WHO ले नै आग्रह गरिरहेको छ । अहिले सम्म यो भाइरसको कुनै औषधी आविष्कार नभएकोले मानिस मानिस बिच दूरी कायम राख्न विश्वका अधिकांश देशहरु लकडाउनमा छन् । हुन त लकडाउन बिना कोरोना नियन्त्रण नै नभएको पनि होइन । फेरि लकडाउन नै नगरी कोरोना महाव्याधिबाट जोगिएका देशहरु पनि रहेका छन् ।
लकडाउनको उद्देश्य भनेको संक्रमण फैलिन नदिनु हो । तर संक्रमण फैलिएपछिको लकडाउनले आशातित प्रतिफल दिँदैन यसको उदाहरण हामीले शक्तिशाली राष्ट्र अमेरिकालाई नै हेर्न सक्छौ । पटक पटक गरी थपिएको नेपालमा लकडाउन तेस्रो महिना प्रवेश गरेको छ । यस समयमा कयौँ नागरिकहरुले रोजगारी गुमाउनु परेको छ ।
होटल रेष्टुरेन्ट तथा पर्यटन व्यवसायी लगायत अन्य पसलहरु र त्यसमा काम गर्ने कामदारहरु, त्यस्तै बस, ट्रक, टेम्पो, ट्याक्सी चलाएर गुजारा गर्नेहरु लगायत थुप्रैलाई कोरोना कहर बनेर आएको छ । उनीहरुले भोगेका समस्या महशुस गर्ने हाम्रो सरकारको सायद कुनै हृदय नै छैन होला । हुँदो हो मात्र लकडाउनको विकल्प हुने थिएन होला । लकडाउन बाहेक सरकार संग कुनै योजना र नीति छ जस्तो देखिदैन । दिन रात काम गरेर साँझ बिहानको छाक टार्नेहरु आकुलव्याकुल भएका छन् । बर्षातको समय छ खेतिपाती गरेर खाने र दिनभर मेलापात गएर जिविकोपार्जन गर्नेहरु पनि त्रसित भएर बसि राखेका छन् ।

मासिकि ज्यालामा काम गर्नेहरु आम्दानी ठप्प भएपछि दाल चामल किनेर ल्याउन नसक्ने भएपछि भोकमरीको सिकार बन्नु परेको छ । लकडाउन नै भएपनि बैङ्क तथा बित्तिय संस्थाहरु थोरै समय भएपनि खोलिरहेका छन् । रकम खातामा संकलन गरेर राख्ने हरुका लागि त उत्साह थपिएको छ तर ज जसले त्यहि संस्था बाट कर्जा लिनुभएको थियो उहाँहरुलाई बैङ्कबाट किस्ताको लागि फोन तथा खबर गरिरहँदा त्यसो त झनै टाउको समातेर बस्नुपर्ने बाध्यता रहेको छ ।
अन्य साहुको कचकच झनै त्यस्तै । उता निजि विद्यालयहरुले अनलाइन क्लास पढाउने भनेर चर्चा चलिरहन्छ नेटको पहुँच र ज्ञान सिप भएका अभिभावकहरुको माध्यमबाट केहि बालबच्चा त खुसी हुदै क्लासमा सामेल भएका छन् त कोही परिवारका बालबच्चा पल्ला घरको फलानोले अनलाइन क्लास पढेको छ म पनि पढ्छु भनेर घरमा कलह मच्चाएको हुन्छन्, जुन परिवारमा लाउन खान धौधौ परि रहेको हुन्छ र बाबु आमा पनि अशिक्षित हुन्छन् ।

त्यहि परिवार मध्येका कोहि बच्चा मजदुर गर्न भनि हिडिरहेका छन् । बढ्दो कोरोना संक्रमित र लकडाउनकै समयमा निजि विद्यालयको पठानपाठनको लागि गरेको सरकारको नीतिले झनै अन्योलजनक बनाएको छ । विश्व स्वास्थ्य संगठनले (WHO) कोभिड 19 छिट्टै नहट्ने जनाएको छ । लकडाउन ले मात्र कोरोना संग लड्न सकिदैन ।
यदि लकडाउन नै सबै समस्याको हल हुने भए दोस्रो संक्रमण हुने बित्तिकै गरिएको लकडाउन आज ७० औँ दिन पुग्दा सम्म १७ सय नाघ्ने र ८ जना को मृत्यु हुने थिएन र संक्रमित जिल्ला ५९ नाघ्ने थिएन । अब भरपुर सावधानी का साथ काममा फर्कनुको बिकल्प छैन । अर्थात एक अर्का बिच भौतिक दूरी कायम राखेर कुराकानी गर्ने , साबुन पानीले राम्रो संग हात धुने , मास्कको प्रयोग गर्ने , हात नमिलाउने , हातले मुख नाक तथा अनुहारमा नछुने , हिड्दा मुख , नाक र आँखालाइ सुरक्षित बनाउने जस्तो सावधानी अपनाउनु जरुरी छ ।
त्यस्तै संक्रमण देखिएका ठाँहरु सिल गर्ने , जोखिम कम भएका र संक्रमण नदेखिएका ठाँहरुमा विस्तारै केहि गतिविधिहरु खुला गर्दै लानु पर्छ । कोरोना संग लड्न तयार छौ तर भोकमरि सहन गर्न सक्देनौ भन्ने धेरैको आवाज बुलन्द भइरहेको छ ।
यसर्थ लकडाउन नै लकडाउनको बिकल्प उचित छैन । छिमेकी देश भारतले पनि ६६ दिन पछि लकडाउन खुकुलो पारिसकेको छ । र अन्तयमा कोरोना संक्रमित त्यति धेरै नहुदाँ देखि बाट यो भाइरस कसरी सर्दछ र सर्नबाट बच्न के के उपायहरु अपनाउनु पर्छ भनि विभिन्न पोष्टर पम्पलेट लगायत सञ्चार माध्यमबाट सूचित भएरहेको छ तर अब आएर संक्रमित दिनानु दिन बढ्दै गए पछि कोरोना लागिसकेपछि के कस्तो अबस्थामा रहनुपर्दछ र उनिहरुको आत्म मनोबल लाइ कसरी बढाउन सकिन्छ भन्ने पक्षमा पनि जोड दिन जरुरी देखिन्छ ।

the authoradmin

Leave a Reply