साहित्य \कला

अब त अति भयो, हामिले नबोले कसले बोल्ने ? अहिले  नबाेले कहिले ?

सल्मा बेगम  , काठमाडाैं  ।   राजनीति एउटा फोहोरी खेल हो भन्दै राजनीति जगतबाट आफुलाइ टाढा राख्न रुचाउने आजका युवापिडिहरु यहि फोहोरी राजनीति खेलले नेपाल डुबाउनै आटे भनेर, अब त अति भयो भन्दै सङ्गठित भएको देखिन्छ ।

 Enough Is Enough नामक आन्दोलनले साडे दुई महिना देखि कोरोना प्रकोप नियन्त्रणका लागि गरिएको लकडाउनलाई उल्लंघन गरी कोरोना भाइरसलाई समेत  च्यालेन्ज गरेका छन । Covid-19 Enough is enough नामक क्लोज फेसबुक ग्रुपबाट एकीकृत भइ नेपाल भरी सचेत युवा पिडिहरु स्वैच्छिक र स्वतफुर्ती तबरले सरकारको नेपाली जनता प्रती अकर्मब्यिता, असंबेदनसिलता  र अराजकता विरुद्ध आवाज उठाउदै भौतिक दुरी कायम गरेर शान्तिपुर्ण आन्दोलनमा निस्किएका छन ।

आन्दोलनकारीहरु सरकारलाई 100% पिसिआर कायम गराउन र कोरोना परिक्षणको दायरा बडाउन, 10 अर्बको हिसाब खर्चविवरण र पारदर्शिता, स्वस्थ्य समाग्री खरिदमा भएका अनियमितताको छानबिन, अग्रपंक्तिमा रहेका स्वस्थ्यकर्मीको स्वस्थ्य सुरक्षा तथा PPE को सुलभ ब्यबस्था, क्वारेन्टाइन र आइसोलेसन वार्ड को गुणस्तरिय ब्यबस्थापनको माग गर्दै सडकमा उत्रिएको देखिन्छ ।

कोरोना माहामारी नेपालमा पनि फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै  सरकारले लागु गरेको लकडाउन पछिल्लो ३ महिना देखि जारी नै छ अर्थात् नेपालीहरु घरै भित्र सेल्फ क्वारेन्टाइनमा छ्न, यसैबिच सरकारबाट विभिन्न समयमा भएका बिरोधास्पद अभिव्यक्ति , लापरबाहीपन, अपारदर्शीता र भ्रष्टाचारको घोर बिरोध गर्दै अब त अति भयो, हामिले नबोले कसले बोल्ने ? अहिले  नबाेले कहिले ? अब पनि चुप लगेर बसे देश पक्कै पनि नेताहरुको दादागिरीले डुबाइ छाढ्नेछ भनि नेपाली जनताको स्वास्थ रक्षाका निम्ति आफ्नो स्वास्थ सुरक्षालाई धरापमा रखेर बाहिर निस्किएको देखिन्छ ।

देशको बिबिधता , आसमानता, सरकारको अशक्षमता र अपारदर्शीतामाथी प्रश्न गर्दै  उनीहरु एकिकृत भएका छन् । कुनै राजनितीक दाउपेच, न जिन्दावाद र मुर्दाबाद्को नारा, पार्टिबाद पनि होइन, हातमा बिरोधका कालापट्टि र आगोको मुस्लो पनि छैन, सभ्यता र राष्ट्रियताका लागि अतिबादी विरुद्धको प्लेकार्डमा सुसासन, आर्थिक तथा राज्य संचालनमा परदर्सिता शुद्धताको भाबना देखन सकिन्छ । जनताको भावना र आबस्यकतालाइ जोकको शैलीमा प्रस्तुत गर्ने अनुत्तरित अभिव्यक्ति, असुसंस्कृत शब्दबाण, बिलासि जीवन पद्धति प्रतीको ब्यगात्मक प्रहार, गैर संबैधानिक निर्णय र अराजकता र अस्थिरताको घोर बिरोधका अवाजहरु घन्किरहेका छन । आजको मिति सम्मको तथ्यांक हेर्दा नेपालमा ७ ८४८  जनामा संक्रमण फैलिसकेको छ भने कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुगिसकेको जुन दिन प्रतिदिन बढ्नेक्रममा छ ।

लकडाउनको सुरुवाती दिनमा संक्रमण खासै नदेखिए पनि आजको दिन सम्म आइपुग्दा कोरोना संक्रमणले देशमा हाहाकार नै मच्चाउन सक्ने संकेत दिदै तथ्यांकदर उकालो चड्नेक्रममा छ । अहिले सम्म ७३ वटा जिल्लामा फैलिसकेको छ र संक्रमण नियन्त्रण र परिक्षण गर्नको लागि सरकारले जम्मा  ६६  वटा प्रयोगशाला स्थापना गरेको छ ।

हालसम्म १ लाख ४४हजार नेपालीहरु क्वारेन्टाइनमा र करिब ४८ हजार बिरामिहरु आइसोलेसनमा रहेका छन । धेरै जस्तो सन्क्रमितहरुमा लक्षण नदेखिएको र जटिल समस्या नभएको कारण त्यति भयावह अवस्था जस्तो नदेखिय पनि माहामरिको को पुर्ब तयारी नहुदा नेपालीको जनस्वास्थ्यमा सरकारबाट जिम्मेवारीबोध नभयको हामी बुज्न सक्छौ । यस्ता घटानाहरु केलाउदा नेपालीको जनस्वास्थ्य सुरक्षाको निम्ति सरकारको नीति र आदेशहरु खोक्रा आशा र आश्वासन मात्र भएको पाइन्छ ।
आजका शिक्षित स्वभिमानी युवाहरु सरकारसंग कोरोना प्रकोप नियन्त्रणमा खर्च भयो भनिएका १० अर्ब रुपैयाँको बृस्तित विवरण मागि रहेका छ्न । नत आजसम्म सरकारले कोरोना नियन्त्रणको लागि सन्तोषजनक नीति ल्याउन सक्यो, न उपचार र परिक्षणको दायरा नै बडाउन सक्यो । नेपालमा केस देखिन थालेपछि द्रुत गतिमा पिसिआर टेस्टको दायरा बडाएर एक्टिभ केसहरु पहिचान गर्दै आइसोलेट गरी, क्लोज कन्ट्याक ट्रेसिङ  गरेर कोरोनाको चेन ब्रेक गर्नुपर्ने थियो, तर त्यसो भएको देखिदैन ।

देश भित्र रहेको जनतालाई घरभित्र थुनेर देश बाहिरको जनतालाई बिना परिक्षण देश भित्राउने, र धेरै जसोलाई सिमानामा महिनौ  सम्म अलपत्र छोडने काम भयो।  सरकारले दैनिक ज्याला मजदुरी गर्ने गरिब जनताको नत भोको पेटलाई बुज्न सक्यो नत मर्नु भन्दा बौलाउनु बेस भन्दै मिलौको दुरि पैदल यात्रा गरेर हिड्ने जनताको चित्कार नै महसुस ग¥यो , दस गजामा त्रिपाल मुनि महिनौ  छट्पटाइ रहेका को त कुरै छोढौ । यति समय सम्म सरकारले न रोजगारी न राहतको नाममा गुणस्तरीय खाद्यवस्तुमा नै बितरण गर्यो, सबै तथ्य छर्लङ्ग हुदापनि जनताको आखामा छारो हाल्दै अर्बौं को  रकम राज्य ढुकुटी बाट सकिएको  भन्ने समाचारले सबैको आँखा खुलाइ छाड्यो । तेस्तै महामारीको मारमा परेका जनताको बारेमा रत्तिभर पनि बिचार नगरी करोडौंको कार्पेट अनि जिमखानाको खबर सचेत युबा बुद्दिजिबीहरुको धैर्यता को बाध फुट्नु नै थियो।यसैको बिरोध गर्दै युबाहरु येस्तो घटनाप्रती ब्याङ्य गर्दै प्राथमिकता के मा कार्पेटमा कि जनता को पेटमा ?, युबाजति खाडीमा नेता चै BMW गाडिमा !, पिसिआर किनौ कर्पेट हैन जस्ता नारा मच्चिएका देखिन्छ ।
सरकारी बिद्यालयहरुलाइ  मापदण्डनै पूरा नगरी बनाइका अस्थायी क्वारेन्टाइनले हामी स्वास्थ सुरक्षाको निम्ति कस्तो अपेक्षा गर्न सक्छौ ? हामी कल्पना गर्न सक्छौ नेपालको सरकारी बिद्यालयको अबस्था कस्तो हुन्छ , नेपालमा कतिपय क्वरेन्टाइन कुनै पशुलाई राख्ने गोठ सरह छ भन्दा पनि खासै फरक पर्दैन, यसै गरि नेपालको क्वारेन्टाइनमै मृत्युु भएका धेरै केसहरु बाट पनि हामी सहजै अनुमान लगाउन सक्छौं नेपाल सरकारको कार्ययोजना का प्रभाबकारिता । क्वारेन्टाइन  एउटा यस्तो सुरक्षित स्थल हो जहाँ कुनै पनि असन्क्रमित वा लक्षणबिहिन ब्यक्ती जो संक्रमण  लगेको ब्यक्ति , एरियाबाट एक्स्पोज वा सम्पर्कमा आएको भए, उक्त ब्यक्तीबाट संक्रमणको फैलावट रोकथामका लागि बनाइएका अस्थायी बाँसस्थान भन्ने बुजिन्छ । जहाँ फरक फरक स्थान र समूहबाट आएकालाई एकै ठाउमा मिसाउनु नहुने प्रबधान छ । यदि कोइ सन्क्रमीत ब्यक्तिलाई पहिला बसिरहेका समूहसगं राखेमा संक्रमण फैलिने सम्भावना बढि हुन्छ ।

तर नेपालको अवस्था यस्को ठ्याक्कै उल्टो पाइन्छ । यहाँका क्वारेन्टाइन संक्रमणको चैन ब्रेक गर्न नभई संक्रमणलाई एकीकृत गरेर समुदायमा फैलाउन बनाइएका जस्तो देखिन्छ । न त सुब्यबस्थित  शाेचालय, न शुद्ध खानेपानीको ब्यबस्था, नत पोसणयुक्त खाना, न सरसफाइ र सुरक्षा यस्तो बिजोग क्वारेन्टाइनमा बसेका जनताको हालत के होला ? त्यसमाथी पनि पिसिआर पद्धतिबाट चेक जाँच नै नगरी अव्यवस्थित क्वरेन्टाइनको कोठा भरिदा, संक्रमण नै नभएपनि तेस्को त्रासले मान्छेको हालत के होला ? 

क्वारेन्टाइनमा चौध दिन रखेर गरिब देशको दुकुटी कोरोना उपचारमै खर्च भएको ब्यहोरा जानकारी गराउनुको सट्टा पिसिआ  विधिबाट जाँच गरेर रिपोर्ट नेगेटिभ आए घरैमा सेल्फ क्वारेन्टाइनमा राख्ने परामर्स दिदा राम्रो होला भन्ने बिचार सरकार को सोच भन्दा बाहिरको कुरा रह्यो । बिना परिक्षण क्वारेन्टाइनमा राख्दा रोगीहरुले निरोगीहरुलाई रोग सार्छ भन्ने तर्फ सरकारको ध्यान जाँदै गएन । तेस्को उल्टो बिज्ञान जगतको नै खिल्ली उडाउदै ठय्ठ्याउलो पाराले आफ्नो बक्तब्यमा नेपालिको इम्युुनिटी पावर बढि  छ, बेसार, अदुवा , लसुन खाएमा कोरोना जास्तो भाइरससङ लड्न सकिने खोक्रा र तर्कहिन आश्वासन दिलाइएको बुझिन्छ ।  हो यस्मा कुनै दुई मत छैन कि लसुन ,प्याज,बेसार,कागती,सुन्तला ,गाजर,जस्ता खानाले शरीरको रोगप्रतिरोधात्मक क्षमता बढाउन मदत गर्छ र यस्ता भाइरल संक्रमणसगं  लड्नको लागि ढालको रूपमा काम गर्छ तर कोरोना सङ लड्न यस्ता खाद्यय सामाग्री मात्र  पर्याप्त हुन्छन त ?

कति अबिबेकी र अधारहिन तर्क?एकातिर येस्तो अभिव्यक्ति पचाउन मुस्किल परिरहदा अर्का तिर तिनै क्वारेन्टाइनमा रोग सङ लडिरहेका जनतालाई इमुनिटी पावर बडाउने स्वस्थबर्धक खाना , स्वास्थ बाताबरण सरसफाइ ,शुद्र  पानी , ताजा फलफुल ,तनाब र डररहित बाताबरण , योग अभ्यास ,आदिको ब्यबस्थापन गर्नमा ब्यबहारिकता नदेखिदा सरकारको ज्ञान भाषणको लागि मात्र रहेछ भन्ने कुरा प्रस्ट हुन्छ। बिज्ञान र स्वास्थ बारेमा जानेका सरकारले चुकुल नभयका कोठा,फोहोर र पानी नभयका सौचालय,सुख्खा अनि अस्व्स्थ्कर खाना अनि बसस्थान, अपर्याप्त बेड अनि बिस्तरा त्यो भन्दा पनि जिरो लेभल  सुरक्षाको ढोङ जाहा एक महिला माथी सामुहिक बालात्कार हुने गर्दछ।

कति लज्जास्पद घटना कै महिलाको सुरक्षा ? यदि सरकार सक्षम हुन्थ्यो भने सरकारले यो लकडाउनको अबधिलाइ अबसरको रुपमा प्रयोग गर्न सक्थ्यो । धेरै भन्दा धेरै पिसिआर टेस्ट गराइ सन्क्रमितको पहिचान गरि आइसोलेट र उपचार गरेर अवस्था सामान्य पार्न सक्थ्यो COVID 19 को प्रभाबकारी ब्यबस्थापनमा पहल गर्न सक्थ्यो,लकडाउनकै कारण बेरोजगार भयका युवाहरुलाइ एकिकृत गरि कृषि ब्यबसायमा उर्जा भर्न सक्थ्यो,कृषिलाई बिबिधिकरण , ब्यबसायिकरणमा ठूलो सम्भाबित योजना ल्याउन सक्थ्यो तर आज्ञानता को बुइ चडेर अहंकारमा लिप्त सरकारले अबसर त देख्यो त्यो पनि मात्र भ्रष्टाचार को लागि मात्र।

हो यहि कारणले आज म र म जस्ता हजारौं युवा देशलाई भ्रस्टाचारिहरुको भ्रष्ट नजरबाट हाम्रो सानो मुलुकलाई बचाउन सडकमा उकृएका छन।जब सम्म कमजोर नागरिकको मजबुरीको फाइदा उठाउदै नागरिकको सुरक्षा  सहनसिलता र धैर्यता माथी राजतिनी गरिन्छ,तब सम्म रास्ट्र स्वतन्त्र हुन सक्दैन,रास्ट्रयता बलियो हुन सक्दैन,अतिवादले लोकतन्त्रलाई कुल्चिदै जान्छ र अन्त्य मा पहिचान र स्वधिनता बिलिन भएर नै जान्छ। रास्ट्रयताको अर्थ भारत र अमेरिकाको बिरोध गर्नु मात्र,सिमा बिबादमा अन्धभक्त भएर माइतिघर मन्डलामा हुल जम्मा गर्नु मात्र होइन,समाजिक संजालमा स्टे होम, स्टे सेफ भनेर पोस्टाउनु मात्र होइन, रास्ट्रलाई हरेक तहबाट बलियो र सुढृड बनाउन प्रयास गर्नु देश मा शिक्षा , स्वास्थ , सुरक्षा र रोजगार जस्ता कुरामा नेतृत्व लिन सक्नु पनि रास्ट्रयता हो ।

the authoradmin

Leave a Reply