जैनव खातुन । निर्वाचनमा हारे पछि, सबै कमिटी खारेजी ग¥यौं भन्न कुन नैतिकताले मिल्छ कमरेड ?
काहीँ नभएको जात्रा हाँडेगाउँमा भने जस्तै आफैले आफ्नै नेतृत्व र क्षमतामा प्रश्न उठाउने खेल खेल्दैछन् । राजनैतिक रुपमा सक्रिय भएका केहि राजनीतिक खेलाडीहरूले स्वयम् आफ्नै जात्रा देखाउन छन् ।
देशभरिबाट चुनिएर प्रतिनिधिहरु राष्ट्रिय महाधिवेशनमा महाधिवेशनका प्रतिनिधिको रुपमा भेला भएका थिए । नेकपा एकीकृत समाजवादी पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन २०८१ साल असार १६ देखि २० गतेसम्म काठमाडौँमा भव्यताका साथ सम्पन्न भएको थियो । दक्षिणपन्थी यथास्थितिवादीको विरोध गरौं। समाजवादको दिशामा अघि बढौँ महाधिवेशनको मूल नारा रहेको थियो।
देशभरिबाट प्रतिनिधिहरु आएका थिए । उहाँहरुले प्रदेश, जनसंगठन संगठन र अयोगहरुको प्रतिवेदन पेश गर्ने क्रममा प्रतिनिधिहरुले अहिले सबै प्रतिनिधिहरुका सजाव एउटै रहेको थियो । अध्यक्ष , महासचिव र वरिष्ठ नेताका पदलाई सर्वसहमतिका साथ अनुमोदन गर्दै तिन सदस्य कमिटिले नै केन्द्रिय सदस्यहरु मोनोनिति गर्दै अरु पदाधिकारीहरुलाई पदवाहाली गर्ने जिम्मेवारी दिएका थिए ।
विश्वको कुनै इतिहासमा छैन निर्वाचन हारिसकेपछि म यो निर्वाचन मान्न सक्दिन मैले निर्वाचन हारे यसकारण मैले यो निर्वाचन प्रणालीलाई स्वीकार गर्नुपर्छ भन्ने छैन। चुनाव हारेपछि कमिटी खारेज गरौं भन्ने माग्नु नै अराजनीतिक गतिविधि हो ।
महाधिवेशनमा अध्यक्ष नेपालसहित सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसालले गुटबन्दी गरेको भन्दै नेताहरूले सबै कमिटी खारेजीको माग राखेर लिखित पत्र बुझाएका थिए । गत साता जीवनराम श्रेष्ठ, विजय पौडेल, हरि पराजुली, बलराम बास्कोटालगायत नेताले अध्यक्ष नेपाललाई केन्द्रीय कार्यालयमै पुगेर पत्र बुझाएका थिए । उनीहरुले पार्टी महाधिवेशनको म्यान्डेटविपरीत चयन गरिएको ३४४ सदस्यीय केन्द्रीय कमिटी, पदाधिकारी र पोलिटव्युरो निर्वाचन खारेज हुनुपर्ने लगायत माग राखेका छन् ।
म स्वयं आफू सुरक्षित हुन नसके मैले कुनै पनि नीति विधान मान्नुपर्छ भन्ने मलाई लाग्दैन हो यस्तै मानसिक रुपमा संकोचिएका केही व्यक्तिहरूका गतिविधिले सङ्लो पानीलाई धमिलाउने प्रयास भइरहेको छ ।
विश्वको कुनै राजनीतिक दलमा मात्र होइन अहिलेसम्म नेपालकै इतिहासमा निर्वाचनमा हारेका व्यक्तित्वहरुले हार स्वीकार गरिरहेका छन् र निरन्तर आफूलाई नेतृत्वमा लैजाने प्रयास पनि गर्दै आएका छन् र उहाँहरुले आफ्नो प्रयास अनुसार सफलता पनि प्राप्त गरेको यथार्थ रहेको नै छ ।
राजनीति एउटा विचार हो। दल पार्टी कार्यकर्ता र जनताका माझ फुल्ने देशको भविष्य नै बदलिएर सुगन्ध भासना दिने गर्छ तर राजनीति गर्ने र देशको नेतृत्व गर्ने सही व्यक्तित्व हुन । अरबका खाडी मुलुकहरू जहाँ मरुभूमि मात्र रहेको छ । एकातर्फ हेर्ने हो भने त्यही मरुभूमिमा पसिना बगाउने असल नेतृत्वले गर्दा विश्वसामु विकसित राष्ट्रका माझ उभिन सफल भएको छ । त्यहीको रेमिटेन्सद्वारा आज नेपालीहरूको घरमा चुलो बलिरहेको छ । के नेपाली नेतृत्वमा त्यो सक्षमता छैन र ? जहाँ उर्वर भूमि छ, पानीका हजारौं मुहानहरु छन्, हिमाल पहाड र तराई जहाँ विश्वको सबै खालका वातावरणहरू पाउन सक्छौं । तर दुःखका साथ भन्नुपर्छ सही नेतृत्वलाई स्वीकार्नुको सट्टा कसरी हुन्छ त्यो नेतृत्वलाई भाजो हालौं भन्ने केहि अराजक तत्वहरुका कारण देश र जनताले दुख पाएका छन् । सक्षम नेतृत्वले हिँड्ने बाटाहरूमा तगारा हालौं नीति नियम भन्दा पनि कुन नीति फैलाउँदै पार्टी बन्न दिनुको साटो भाजो हालौं भन्नेलाई फेरी पनि कार्यकताले मूल्याङ्क गर्ने छन् ।
नीति नियमका साथ सम्पन्न भएको दशौँ राष्ट्रिय महाधिवेशनले दिएको म्यान्डेट निर्देशनलाई केही व्यक्तिले आफूले चाहेका पदहरूमा निर्वाचित हुन नसकेकै कारण खारेज गरौँ भन्ने कहाँसम्म न्यायोचित हुन्छ ? यो अन्यायपूर्ण र अमर्यादित खेल नेकपा एकीकृत समाजवादी पार्टीमा केही कु विचार भएका व्यक्तित्वहरूले खेल्दै छन् । यसकारण सबै कार्यकर्ताहरुले खबदारी गर्न आवश्यक रहेको छ ।
पार्टी बनाउनका लागि स्थानीय तह घर, गाउँ, टोल सम्म पुग्नपर्ने भए तापनि कार्यकतालाई बिर्सिएर यहाँ त नेतृत्वकै अघिपछि गणेश प्रविधिमा रामाउनेहरु छन् । केवल मागेकै भरमा पद बहाली हुनुपर्ने भन्ने धारणा हो भने कार्यकर्ताको प्रश्न यस्तै रहेको छ । कमरेड तपाईंले आफ्नो उम्मेदवारी दिइसकेपछि आफ्नै केन्द्रीय सदस्यहरूको मनसम्म जित्न सक्नु भएन ? उहाँहरुबाट तपाईंको नेतृत्व सक्षम छ भन्ने विश्वास प्राप्त गर्न सक्नुभएन ? यही अविश्वास र सक्षमता प्रति उहाँहरूको प्रश्नकै कारण तपाईंले केही मतले निर्वाचन हार्नुभएको हो । महाधिवेशनमा आफूले चाहेको पदमा निर्वाचित हुन नसकेको अवस्थामा पनि गर्वको साथ म अब पार्टी बनाउनेछु । नयाँ नेतृत्व नआउने बेलासम्म आफ्नै कार्यकर्ताहरूले मूल्याङ्कन गरेको जिम्मेवारी अनुसार सक्रिय रहनेछु र एघारौं महाधिवेशनमा पूर्ण निर्वाचनमा हुमिनेछु । बहुमतका साथ जित्नेछु भन्ने आट लिन जरुरी थियो । यहाँ त वैशाखी टेकेर दौड प्रतियोगितामा भाग लिने र आफू हारिसकेपछि दुई खुट्टेले जित्यो म त बैशाखी लिएर तीन खुट्टे थिए । म यो प्रतियोगिता मान्दिन मलाई यो असंवैधानिक लाग्छ यसले म जस्ता वैशाखी टेकेर अरुका भरमा दौडिने खेलाडीहरूको मनोबलमा हतोसाहित गर्यो भन्दै रोइलो गर्नुको अब कुनै अर्थ छैन कमरेड ।
लेख्क मुस्लिम ईत्तहाद संगठन, उपमहासचिव जैनव खातुन