Thursday, January 22

Author: Bibek Bhujel

पुरुष हकीमा आर्मीलाई स्वर्ण
खेलकुद

पुरुष हकीमा आर्मीलाई स्वर्ण

३ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष हकीमा नेपाल आर्मीले स्वर्ण पदक जितेको छ । हेम्जाको गौरीशंकर खेल मैदानमा बिहीबार सम्पन्न फाइनलमा नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा २-१ ले पराजित गर्दै आर्मीले स्वर्ण जितेको हो । खेल अवधिभर कुनै पनि टिमले गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो ।टाइब्रेकरमा आर्मीका रोशन चौधरी र प्रदीप राजवंशीले गोल गरेका थिए । पुलिसको तर्फबाट नविन क्षेत्रीले एक गोल गरेका थिए । आर्मीले आठौं राष्ट्रिय खेलकुदमा पनि नेपाल पुलिसलाई हराउँदै स्वर्ण जितेको थियो । बिहीबार नै भएको खेलमा कर्णालीलाई ३-० ले हराउँदै गण्डकीले कांस्य पदक जितेको छ । हुम्लाको एउटै गाउँले धानेको कर्णालीको हकी टिम भने पदक जित्न असफल भएको छ ।...
नवौं राष्ट्रिय खेलकुदको समापनका लागि प्रधानमन्त्री देउवा पोखरामा
खेलकुद

नवौं राष्ट्रिय खेलकुदको समापनका लागि प्रधानमन्त्री देउवा पोखरामा

३ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुदको समापनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा पोखरा पुगेका छन् । उनले प्रतियोगिता मुख्य आयोजनास्थल पोखरा रंगशालामै पुगेर विभागीय टिम नेपाल आर्मी र एपीएफबीच स्वर्ण पदकका लागि भइरहेको फुटबल प्रतियोगिता हेरेका छन् ।नवौं संस्करणको राष्ट्रिय खेलकुद कात्तिक २८ गते उपराष्ट्रपति नन्दकिशोर पुनले औपचारिक उद्घाटन गरेका थिए । दशौं संस्करण कर्णाली प्रदेशमा आयोजना हुने राष्ट्रिय खेलकुद परिषदले यसअघि नै निर्णय गरिसकेको छ ।...
जिल्ला प्रशासन कार्यालय गुल्मीले दिन्छ राति ७-८ बजेसम्मै सेवा
समाचार

जिल्ला प्रशासन कार्यालय गुल्मीले दिन्छ राति ७-८ बजेसम्मै सेवा

कात्तिक, गुल्मी । सामान्यतया कार्यालय समय बिहान १० बजेदेखि ५ बजेसम्म हो । त्यही समय भित्र सेवाग्राहीले सेवा पाउने गर्दछन । तर जिल्ला प्रशासन कार्यायल गुल्मीले भने कार्यालय समय सकिए पछि समेत सेवा दिने गरेको छ । सेवाग्राहीको चापका कारण रातिसम्मै सेवा दिइरहेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए ।जिल्ला प्रशासन कार्यालय गुल्मीमा केहि दिन यता राति ७–८ बजेसम्म सेवाग्राहीको लाइन हुने गरेको छ । बुटवलबाट राहदानी बनाउन आएकी मुसिकोट नगरपालिका निवासी सिता घिमिरेले अबेरसम्म बसेर सेवा प्रदान गरेकोमा प्रशासनलाई धन्यवाद दिइन ।अन्य समयमा दैनिक ३० देखि ५० नयाँ नागरिकता जारी हुने भए पनि अहिले दशै तिहारको बिचमा दैनिक १ सय देखि १ सय ७० सम्म नयाँ नागरिकता जारी हुने गरेको छ । कार्यालयमा कर्मचारीको अभाव भएको कारणले पनि समस्या परेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए ।...
सन्दीप लामिछानेमाथि अनुसन्धानका लागि तेस्रोपटक म्याद थप्ने तयारी
समाचार

सन्दीप लामिछानेमाथि अनुसन्धानका लागि तेस्रोपटक म्याद थप्ने तयारी

काठमाडौं– बलात्कार आरोप लागेर प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई बुधबार अदालत लैजाने तयारी गरिएको छ। उनलाई तेस्रोपटक म्याद थपका लागि अदालत लैजाने तयारी गरिएको हो। नेपाली क्रिकेट टोलीका पूर्व कप्तानसमेत रहेका लामिछानेमाथि १७ वर्षीया किशोरीले बलात्कार आरोपमा जाहेरी दिएपछि निलम्बनमा परेका थिए। करिब एक महिनाजति विदेशमै रहेका लामिछाने नेपाल आउनेबित्तिकै त्रिभुवन विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो।...
कर्जाको ब्याजदर वृद्धिको प्रभाव – आन्दोलनको तयारीमा उद्योगी/व्यवसायी
अर्थ

कर्जाको ब्याजदर वृद्धिको प्रभाव – आन्दोलनको तयारीमा उद्योगी/व्यवसायी

कर्जाको ब्याजदर निरन्तर बढ्दै गएपछि उद्योगी/व्यवसायी रुष्ट बनेका छन् । अर्थतन्त्रलाई संकटमा जानबाट रोक्ने नाममा वाणिज्य बैंकहरूले निरन्तर कर्जाको ब्याज बढिरहेको छ ।​ फलस्वरूपः पछिल्लो २ वर्षको अवधिमा सतप्रतिशतसम्म कर्जाको ब्याजदर बढेको छ । यससँगै, सस्तोमा ऋण लिएर उद्योग व्यवसायमा लगानी गरेका व्यवसायी रुष्ट बनेका हुन् ।वाणिज्य बैंकहरूको समूह नेपाल बैंकर्स एसोसिएसनले कात्तिक महिनादेखि कर्जाको ब्याजदर करिब १८ प्रतिशतसम्म पुर्याउने निर्णय गरिसकेको छ । यसका लागि संघले बेस रेट कम्तिमा ०.५ प्रतिशतले बढाउने र प्रिमियम पनि बढाउने निर्णय निर्णय गरेको छ ।यससँगै, कात्तिक महिनादेखि कर्जाको ब्याजदर बढेर १८ प्रतिशत वा त्योभन्दा माथि पुग्छ । जसले गर्दा सस्तोमा ऋण लिएर लगानी गरेका उद्योगी/व्यवसायी मर्कामा परेका हुन् । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल ब्याजदरमा भइरहेको निरन्तर वृद्धिले समग्र उ...
सभामुख सापकोटासँग चिनियाँ राजदूत होउले बिदाई भेट
विदेश, समाचार

सभामुख सापकोटासँग चिनियाँ राजदूत होउले बिदाई भेट

नेपालअखबार,२२ असोज, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बिदाई भेट गरेकी छन् । राजदूत यान्छीले शनिबार बिहान सभामुखसँग सभामुखको सरकारी निवास लैनचौरमा बिदाई भेट गरेकी हुन् ।भेटमा सभामुख सापकोटाले राजदूत होउको कार्यकालमा चीनबाट महत्वपूर्ण भ्रमणहरु भएको स्मरण गर्दै सफल रुपमा कार्यकाल सम्पन्न गरेको भन्दै बधाई दिए । सभामुख सापकोटाले राजदूत होउलाई नयाँ जिम्मेवारीको सफलताको शुभकामना व्यक्त गरेका थिए ।बिदाई भेटमा राजदूत होउ यान्छीले आफ्नो कार्यकालमा संघीय संसदबाट भएको सहयोगका लागि आभार प्रकट गरेकी थिइन् ।...
आसपास चङ्गा उडाउन प्रतिवन्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
प्रशासन, समाचार

आसपास चङ्गा उडाउन प्रतिवन्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

नेपालअखबार,काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास चङ्गा उडाउन प्रतिवन्ध लगाएको छ। वायुयानको उडान तथा अवतरणको समयमा विमानस्थ्ल आसपास चङ्गा उडाउँदा उडान सुरक्षामा गम्भीर असर पर्ने भन्दै प्राधिकरणले चङ्गा उडाउन प्रतिवन्ध लगाएको हो। ‘यस्तो कार्यबाट विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने सक्ने भएको हुँदा यस किसिमको गतिविधि एवम् क्रियाकलाप नगर्न–नगराउन सम्बन्धित सबैमा अनुरोध गरिन्छ,’ प्राधिकरणले भनेको छ। सूचनाको अवज्ञा वा अटेर गरी चङ्गा उडाएमा प्रचलित कानुन अनुसार कारबाही गरिने प्राधिकरणको चेतावनी छ।...
विश्व पर्यटन दिवस : गृहमन्त्रीले गरे विदेशी पर्यटकलाई स्वागत
पर्यटन, समाचार

विश्व पर्यटन दिवस : गृहमन्त्रीले गरे विदेशी पर्यटकलाई स्वागत

नेपालअखबार,विभिन्‍न कार्यक्रम गरी आज ४३ औँ विश्व पर्यटन दिवस मनाइँदै छ । सोही अवसरमा स्थलमा मार्ग भई नेपाल आएका विदेशी पर्यटकलाई सीमानाका बेलहियामा गृहमन्त्री बालकृष्ण खाण, लुम्बिनी प्रदेशका पर्यटन मन्त्री डिल्ली चौधरी र पर्यटन व्यवसायीहरुले स्वागत गरेका छन् ।क्यानाडा, इजरायल, चीन र दिल्लीबाट आएका ५ पर्यटकलाई स्वागत गरिएको हो । यता ठमेल पर्यटन विकास परिषद्ले विश्व पर्यटन दिवसको अवसरमा काठमाडौंमा प्रभातफेरी गरेको छ । काठमाडौंको त्रिदेवी मार्ग हुँदै क्षेत्रपार्टी, सोह्रखुट्टे लैनचौर हुँदै पुनः त्रिदेवीमार्गमा आएर समापन भएको हो ।...
सिट बाँडफाँटमा १० प्रतिशत मात्रै समस्या छ : अध्यक्ष नेपाल
राजनीति, समाचार

सिट बाँडफाँटमा १० प्रतिशत मात्रै समस्या छ : अध्यक्ष नेपाल

नेपालअखबार,पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन दलहरुबीच सिट बाँडफाँटमा १० प्रतिशत मात्रै समस्या देखिएको बताएका छन् ।  शनिवार रौतहटमा आयोजित  कार्यक्रममा सहभागी आएका पूर्व प्रधानमन्त्री नेपालले सिमरा विमानस्थलमा  कुराकानीमा बोल्दै दलहरुबीच सिट बाँडफाँटमा टुंगो लागिसकेको बताएका छन् । १० देखि बढीमा २० प्रतिशत मात्रै टुंगो लगाउन बाँकी छ, त्यो पनि आज भोलिसम्म सहमति भइहाल्छ’  नेपालले भने । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा आफूलाई सबैतिरबाट चाप, दवाव र तानातान भएकोले जस्ले बढी तान्न सक्छ सोही क्षेत्रबाट चुनाव लड्ने पूर्व प्रम नेपालले टिप्पणी गरेका छन् ।रौतहटको क्षेत्र नं १, ४ र काठमाडौ क्षेत्र नं २ मध्ये एउटा क्षेत्रबाट उम्मेदवारी दिने विचार छ, तर अहिले नै टुंगो लागेको छैन्’ उनले भने  । प्रस्तावित निजगढ अन्तरा...
माओबादीमा समानुपातिकका पुराना अनुहार नदोहोराउने निर्णय संगै गन्डकी प्रदेशमा पहाडको चर्चा !
राजनीति, समाचार

माओबादीमा समानुपातिकका पुराना अनुहार नदोहोराउने निर्णय संगै गन्डकी प्रदेशमा पहाडको चर्चा !

माओबादीमा समानुपातिकका पुराना अनुहार नदोहोराउने निर्णय संगै गन्डकी प्रदेशमा पहाडको चर्चा तिब्र छ । नेकपा माओवादी केन्द्रको केन्द्रिय समिती बैठकले समानुपातिक तर्फ अन्तरिम सम्बिधान बिधयक बाहेकका हालसम्मका पहिले साम्सद भैसकेकाहरु लाई भने नदोहोर्‍याउने निर्णय गरिसकेको छ। यो संगै बाग्लुङ जिल्लामा पनि माओवादी केन्द्रले प्रदेश सभा तर्फबाट समानुपातिकको नाम भने प्रदेश र केन्द्रलाई सिफारिस गरिसकेको छ । जिल्लाबाट सिफारिस हुनेहरु र आंकान्क्षीहरु धेरै भएपनी त्यसलाइ अन्तिम टुंगो भने अब माओवादी केन्द्रले बन्द सुची अन्तरगत राखेर टुङ्गाउने भएका छन् । ५ जनाको सिफारिस मध्यमा पनि पहाड उपनामले चिनिने मेख बहादुर बिकको भने सर्बाधिक चर्चा र सम्भावना रहेको स्वयम् माओवादी बृतमा छलफल चलिरहेको जानकारी प्राप्त भएको छ । माओवादीको १० बर्से जनयुद्धमा सहभागी पहाड जनयुद्धकै लडाइँको अनेकौं मोर्चाहरुमा घाइते भएका थि...