Sunday, November 2

दुर्घटना

ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
दुर्घटना, समाचार

ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नेपालअखबार, काठमाडौँ । कञ्चनपुरमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भीमदत्त नगरपालिका–१८ बस्ने २९ वर्षीय सन्जिप चौधरीको मृत्यु रहेका छन्। शुक्रबार  राति १०:३० बजे बेदकोट नगरपालिका–७ स्थित पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको सुदूरपश्चिम प्रदेश ०२–००३ प ६९७० नम्बरको मोटरसाइकललाई से १ त ३३६८ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पुर्‍याइएको थियो। अस्पताल पुर्‍याउने बित्तिकै चिकित्सकले चेकजाँच गरी मृत घोषणा गरेको कञ्चनपुर प्रहरीले जनाएको छ। सो घटनामा मोटरसाइकलमा पछाडि सवार बेदकोट नगरपालिका–८ बस्ने २७ वर्षीय मनोज चौधरी घाइते भएका छन्। उनको नवजीवन...
ट्रक चालकको हत्या भएको घटनामा थप दुई जना प्रकाउ
दुर्घटना, समाचार

ट्रक चालकको हत्या भएको घटनामा थप दुई जना प्रकाउ

नेपालअखबार,  बैतडी। बैतडीमा ट्रक चालकको हत्यामा थप दुई जना प्रकाउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीले ५१ वर्षीय वीरभान विष्टको हत्यामा संलग्न रहेको आरोपमा बुधबार पाटन नगरपालिका -६ का २६ वर्षीय आशिक पहरीलाई प्रकाउ गरेको हो। यस्तै मंगलबार सोही ठाउँका ३८ वर्षीय भरतमोहन विष्टलाई पनि वीरभानकै हत्यामा संलग्न रहेको आरोपमा प्रकाउ गरेको थियो। पाटन-६ का वीरभान असार १ गते रातिदेखि बेपत्ता थिए। उनको  सोमबार स्थानीय घाङ्ल खोलामा हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। मृतकका परिवारले पाँच जनाविरूद्व किटानी जाहेरी दिएका थिए। प्रहरीले उनको शव फेला परेकै दिन सोही ठाउँकी शिक्षकसमेत रहेकी ३६ वर्षीय भागरथी विष्टलाई प्रकाउ गरेको थियो। शिक्षिकासंगै सोही दिन पाटन नगरपालिका-१ का १९ वर्षीय राजेन्द्र भट्टराई र १७ वर्षीय किशोर भट्टराईलाई पक्राउ गरिएको थियो। घटनाको मुख्य योजनाकार भागर...
कारसँग ठक्कर खाँदा रात्रि बस त्रिशूली किनारमा खस्यो
दुर्घटना, समाचार

कारसँग ठक्कर खाँदा रात्रि बस त्रिशूली किनारमा खस्यो

नेपालअखबारधादिङ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजार नजिक आज बिहान दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् भने पाँच जनाको अवस्था गम्भीर छ । नेपालगञ्जबाट काठमाडौँतर्फ गइरहेको भे१ख ४०६० नम्बरको यात्रीबस त्रिशूली नदी किनारमा खसेको छ । काठमाडौँबाट मुग्लिनतर्फ गइरहेको बागमती प्रदेश ०२–०३९च ३७२० नम्बरको कार एकापसमा  ठोक्किँदा बस नदी किनारमा खसेको हो । कारलाई जोगाउन खोज्दा बस नदीमा किनारमा खसेको एकजना प्रत्यक्षदर्शीले बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार कारमा सवार पाँच जना गम्भीर घाइते छन् । बसमा ४५ जना यात्री थिए । सबै यात्रीको अवस्था सामान्य छ । गम्भीर घाइते भएका कारमा सवार सबैलाई उपचारका लागि चितवन पठाइएको गजुरीस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।...
बस र जीप ठोक्किँदा एक जनाको मृत्यु
दुर्घटना, समाचार

बस र जीप ठोक्किँदा एक जनाको मृत्यु

नेपालअखबार, कपिलवस्तु । कपिलवस्तुमा बस र जीप एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत् कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ४ झडुलामाईमा उक्त दुर्घटना भएको हो। दुर्घटनामा अन्य आठ जना घाइते भएका छन्। काठमाडौंबाट सुर्खेत जाँदै गरेको क. प्र. ०२–००१ ख ०५२५ नम्बरको यात्रुवाहक रात्रिबस र चन्द्रौटाबाट गोरूसिंगेतर्फ आउँदै गरेको लु १ च ९२८४ नम्बरको पिकअप जीप एकापसमा ठोक्किएका थिए। मंगलबार बिहान ५ः३० बजे भएको उक्त दुर्घटनामा पिकअप चालक कपिलवस्तु शिवराज नगरपालिका बस्ने हिरालाल बढईको घटना स्थलमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक अनीश भण्डारीले बताए। ठक्करपछि पिकअपमा च्यापिएका बढईलाई दुई घन्टापछि निकालिएको थियो। घाइतेहरूलाई उपचारको लागि बुटवल ल्याइएको भण्डारीले जानकारी दिए।...
मोटरसाइकल दुर्घटनामा प्रहरीका असई र सहायक हवलदारको मृत्यु
दुर्घटना, समाचार

मोटरसाइकल दुर्घटनामा प्रहरीका असई र सहायक हवलदारको मृत्यु

नेपालअखबार,।सिन्धुली सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षक (असई) र सहायक हवलदारको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे सिन्धुलीको फिकल गाउँपालिका-५ झगडेवेसीस्थित भित्री सडकमा दुई प्रहरी सवार प्रदेश ३-०२-००१ ब ४७९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा असई रविन्द्र कुमार ठाकुर र सहायक हवलदार सूर्यकुमार श्रेष्ठ गम्भीर घाइते भएका थिए। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी प्रहरी निरीक्षक केशव कुमार कटुवालका अनुसार गम्भीर घाइते भएका उनीहरूलाई खुर्कोटस्थित सुनकोशी सामुदायिक अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याउनेबित्तिकै असई ठाकुरलाई चिकित्सकले मृत घोषणा गरेका थिए। सहायक हवलदारलाई भने हेलिकप्टरबाट काठमाडौं ल्याइ प्रहरी अस्पताल पुर्‍याइएकोमा उनलाई पनि चिकित्सकले मृत घोषणा गरेको इन्सपेक्टर कटुवालले जानकारी दिए। आइतबार अपराह्न उनीहरू गस्ती गरेर प्रहरी चौकी रत्नाव...
नासिकमा भारतीय वायुसेनाको लडाकु विमान दुघर्टनाग्रस्त
दुर्घटना, विदेश, समाचार

नासिकमा भारतीय वायुसेनाको लडाकु विमान दुघर्टनाग्रस्त

नेपालअखबार, नयाँ दिल्ली । भारतीय वायुसेनाको सुखोई लडाकु विमान मंगलबार दुर्घटनाग्रस्त भएको छ । दुर्घटना महाराष्ट्रको नासिकमा भएको हो । दुर्घटनाग्रस्त विमान सुखोई एसयू–३० एमकेआई भएको र यसका पाइलट र को–पाइलट सकुशल निस्किन सकेको नासिक रेन्जका विशेष महानिरीक्षक डीआर करालेले बताए । विमान शिरसगाउँ गाउँ नजिकैको खेतमा दुर्घटना भएको थियो । विमानलाई विङ कमाण्डर बोकिल र उनका सेकेन्ड इन कमान्ड विश्वास उडाइरहेका थिए । दुवै पाइलटलाई सामान्य चोटपटक लागेको बताइएको छ । उनीहरूलाई एचएएल अस्पतालमा भर्ना गरिएको छ । दुर्घटनापछि विमानमा आगो लागेको थियो । आगो  निभाइएको बताइएको छ । सुखोई एसयु–३० एमके आईलाई भारतीय वायुसेनाको सबैभन्दा शक्तिशाली विमान मानिन्छ । भारतीय वायुसेनासँग २७२ थान सक्रिय सुखोई एसयू–३० एमकेआई विमान छ । दुई जना पाइलट बस्न मिल्ने यस विमानमा दुई ओटा इन्जिन छ । यी मध्ये केही विमानलाई सुपर...
तनहुँमा ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
दुर्घटना, समाचार, समाज

तनहुँमा ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नेपालअखबार,तनहुँ। तनहुँमा ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। सोमबार दिउँसो २ बजेतिर व्यास नगरपालिका वडा नम्बर १ स्थित पृथ्वी राजमार्गमा दमौली तर्फ जाँदै गरेको मोटरसाइकललाई सडक निर्माण गर्न पानी हाल्दै गरेको ट्यांकरले ठक्कर दिएको हो। बागमती प्रदेश ०१-००१ अ य ००३९ नम्बरको ट्यांकरले ग १९ ब ८३०३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक दिलिपकुमार हुमागाईंले जानकारी दिए। दुर्घटनामा मोटरसाइकल चालक व्यास नगरपालिका वडा नम्बर १२ बस्ने २९ वर्षीय प्रविन कैनीको मृत्यु भएको हो। उनी दमौलीतर्फ जाँदै थिए। ट्यांकरको ठक्करपछि गम्भीर घाइते भएका कैनीलाई उपचारका लागि अस्पताल लगिएको थियो। अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। दुर्घटनापछि राजमार्ग अवरूद्ध बनेको छ। प्रहरीले राजमार्ग खुलाउने प्रयास गरिरहेको छ।...
जम्मुमा बस दुर्घटना, २१ जनाको मृत्यु
दुर्घटना, समाचार

जम्मुमा बस दुर्घटना, २१ जनाको मृत्यु

नेपालअखबार, काठमाडौँ ।जम्मु । भारतको जम्मुमा बस दुर्घटना भएको छ । त्यहाँको पूंछको अखनूरमा टूंगी मोड क्षेत्रमा यात्रु भरिभराउ रहेको एक बस भिरबाट खसेको हो । सो दुर्घटनामा अहिलेसम्म २१ जनाको मृत्यु भएको बताइएको छ । बसमा करिब ७५ जना यात्रु सवार थिए । अरू ४० यात्रु घाइते भएका छन् । यीमध्ये २० जनालाई जीएमसी जम्मुमा रिफर गरिएको छ । प्रहरी र स्थानीय बासिन्दाहरूले बचाउ अभियान चलाइरहेका छन् । भिरबाट उद्धार गरिएका घाइतेहरूको अखनूर उपजिल्ला अस्पतालमा उपचार भइरहेको बताइएको छ । गम्भीर घाइतेहरूलाई जम्मु मेडिकल कलेज पठाइएको छ । बसको नम्बर प्लेट उत्तर प्रदेशको भएको बताइएको छ । बस बिवखोडी धामतर्फ गइरहेको थियो ।...
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
दुर्घटना, समाचार

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

नेपालअखबार,दाङ । दाङ र रुपन्देहीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दाङको तुल्सीपुर उपमहानगरपालिका-९ अटोभिलेजस्थित सडकमा रा.१ क ५९६ नम्बरको ट्रकको ठक्करबाट सोही उपमहानगरपालिका-९ बेलुवा घर भएका ३८ वर्षीय सेफ अलि खानको आइतबार बिहान मृत्यु भएको छ । सोही ठाउँस्थित आफ्नै इलेक्ट्रोनिक पसल अगाडि ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको  छ । यता रूपन्देहीको सैनामैना नगरपालिका-१  बर्माचोकस्थित सडकमा लु.१ ख ७४०९ नम्बरको माइक्रो बस र लु.९ प ९५२४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक कपिलवस्तु बाणगंगा नगरपालिका-२ पिपरा बस्ने ७० वर्षीय शिवलाल पोख्रेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक...
जिप र माइक्रोबस ठोक्किंदा ८ चिनियाँ नागरिक घाइते
दुर्घटना, समाचार

जिप र माइक्रोबस ठोक्किंदा ८ चिनियाँ नागरिक घाइते

नेपालअखबार, पोखरा । कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । शहीदचोकबाट मुस्ताङचोक तर्फ जाँदै गरेको बा १३ च ५१३७ नम्बरको स्कार्पियो जिप र ड्याम साइडबाट रत्नचोक तर्फ जाँदै गरेको हाइस माइक्रोबस आज बिहान ४ः४० बजे राष्ट्रक बैंक चोकमा ठोक्किएका थिए । दुर्घटनामा माइक्रोबसमा सवार १३ जना चिनियाँ नागरिकहरुमध्ये ८ जना घाइते भएका हुन् । घाइतेहरुको अवस्था मध्यम रहेको र उनीहरुलाई गण्डकी मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएको प्रहरीले जनाएको छ । स्कार्पियो चालक धादिङको नेत्रावती–१ बोराङ बस्ने ४३ वर्षीय राज कुमार अधिकारी र माइक्रो बस चालक पोखरा–९ पृथ्वीचोक बस्ने ४१ वर्षीय तुल बहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार स्कार्पियोमा चालकमात्र थिए । दुर्घटनामा पार्किङमा रोकिराखेको बा २१ प ११५२ नम्बरको स्कुटर र श्याम सुन्दर बरालको घ...