विचारसाहित्य \कलास्वास्थ्यहाइलाइट-समाचार

कोभिड-१९,शब ब्यवस्थापन र बुटवल घटना

Nepal Akhabar
 रहमतुल्ला मिया , गाेर्खा । कोभिड-१९,शब ब्यवस्थापन र बुटवल घटना चिनको उहान प्रान्तबाट शुरु भएको कोभिड-१९ हाल विश्वका २१७ देश सङ्गै नेपालमा पनि यसको प्रभाव दिनानुदिन बढ्दै गएको छ।चैत बैशाख तिर सरल रुपमा देखिएता पनि अहिले एकदमै कडा र सकृय अवस्थामा देखिएको छ।
यसलाइ सबै मिलेर नियन्त्रण गर्न सकिएन भने भयावह स्थिती पनि आउन सक्छ।अहिलेनै अस्पतालका वार्ड,आइसियु भरिभराउ छन भने सरकार योजनाबद्द रुपमा प्रस्तुत हुन सकिरहेको छैन।
कोरोनाको विशेषता तथा यसबाट बच्न बचाउनका लागि विभिन्न देशका विभिन्न बिज्ञहरुले भिन्नाभिन्नै कुराहरु गरिरहेता पनि ३ वटा कुरामा भने सबै सहमत रहेका छन।
१.सामाजिक दुरि कायम गर्ने।
२.मास्कको प्रयोग गर्ने।
३.साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने। नेपालमा अझै पनि अधिकांस मानिसहरु कोरोनालाइ हेपिरहेका छन,हल्का रुपमा लिइ ठूलो भुल गरिरहेका छन।
तसर्थ WHO का नियमहरु कडाइका साथ पालना गर्नु गराउनु हाम्रो कर्तव्य पनि हो।
नेपाल बहुजातीय,बहुधार्मिक बहुसांस्कृतिक देश हो।विभिन्न समुदायको परम्परा,सामाजिक मुल्यमान्यता हरु फरकफरक छन। तथापि नेपालको संविधान २०७२को धारा २६ ले धार्मिक स्वतन्त्रता प्रदान गरेको छ।
मुलुकी अपराध(संहिता)एेन २०७४ को दफा १५६ मा धार्मिक भावनामा आघात पुर्याउन नहुने र दफा १५७ मा धार्मिक रितिस्थितिमा बाधा पुर्याउन नहुने पनि उल्लेख छ।
बिश्वमा जातिय,धार्मिक समुदाय अनुसार मृतकको दाहसंस्कार गर्ने विधि र परम्परा अलगअलग छ्न।तसर्थ कोरोना संक्रमणको कारणले मृत्यु भएका मृतकको दाहसंस्कारको लागि WHO,नेपाल सरकार र प्रदेश सरकारले कार्यबिधी,निर्देशिका तयार गरिसकेका छन। WHO ले भनेको छ#:”यदि आवस्यक सावधानी अपनाइएको छ भने मृतकको शरीरबाट कोभिड-१९ सर्छ भनेर डराउनु पर्ने कुनै कारण नै छैन।” #”बिशेषगरि मानिसहरुले निकाल्ने थुक वा र्याल जस्ता कुराको छिटाहरुबाट सर्छ, बोल्दा हाच्छियु गर्दा वा खोक्दा यस्ता छिटाहरु निस्कन्छ्न। आजसम्म मृतकको शरीरबाट जिवित मान्छेमा यो भाइरस सरेको कुनै प्रमाण भेटिएको छैन।” WHO ले मार्चमा जारी गरेको निर्देशिकामा रक्तस्राव हुने खालका ज्वरोहरु(इबोला)जस्ता र हैजालाइ छोडेर आमरुपमा मृतकको शरिरबाट संक्रमण नहुने उल्लेख छ।
सामाजिक दुरि कायम राखी अन्तिम संस्कारमा सामेल हुन सकिन्छ । त्यस्तै उनिहरुले शवलाइ म्वाइखान र छुन पाउने छैनन।सव हेरिसकेपछि साबुनपानीले हात धुनुपर्नेछ र सव हेर्नको लागि कम्तिमा १मिटरको दुरि कायम राख्नुपर्नेछ।
मृतक,उनिहरुको संस्कृती र धार्मिक परम्पराका साथसाथै परिवारको पनि सम्मान राखिनुपर्नेछ।
नेपाल सरकारको कोभिड-१९ का कारण मृत्युु भएका ब्यक्तिहरुको शव ब्यवस्थापन कार्यबिधी २०७६ को ब्यवस्था…
. (ख)मृतकको कुल धर्म अनुसार सवको सम्मान गर्दै निजका उपस्थित आफन्तहरु समेतलाइ सुरक्षित राख्नुपर्छ।
(ङ)सदगत गर्नुपुर्ब आफ्नो कुल परम्परा अनुसार सबलाइ नछोइकन,जल छर्कने,पाठ गर्ने,फुलमाल चढाउने जस्ता क्रियाकलाप गर्न सकिने छ।
(८)मृतकका आफन्तले शव हेर्ने चाहेमा शबलाइ नछोइकन कम्तिमा १मिटर टाढाबाट १/१जनालाइ पालैपालो गरि हेर्न दिन सकिनेछ। माथी उल्लेखित ब्यवस्थाहरु बाट के प्रष्ट हुन्छ भने कोभिड-१९ का कारण मृत्यु भएका ब्यक्तिहरुको शब ब्यवस्थापन संक्रमणको जोखिमको सावधानी अपनाउदै जातिय,कुलपरम्परा अनुसार मृतकको परिवार वा आफन्तहरुको समन्वय र सहकार्यमा गर्नुपर्ने नैसर्गिक अधिकारको कुरामा एकमत छ। २०७७/५/१४ गते बुटवलमा अब्दुल्लाह होटेलका संचालक तौहिद अन्सारिको कोरोना भाइरसका कारण मृत्युु भएको तर सदगत गर्दा परिवारलाइ जानकारी नगराइएको खवरले मुस्लिम समुदायमा आक्रोश र शंका उत्पन्न भएको छ।
प्रदेश न.५ प्रदेश सरकारबाट प्रकाशित शब व्यवस्थापन कार्यबिधी २०७७:
३.उदेश्य (घ)पिडित/प्रभावित/ब्यक्ती/परिवार/समुदायको धार्मिक सांस्कृतिक जातिय एवम सामाजिक परम्पराको मर्यादा राखी शब ब्यवस्थापन गर्न।
(च)शव ब्यवस्थापनमा संलग्न निकायहरु बिच आवस्यक समन्वय र सुचना आदानप्रदान गरि शव ब्यवस्थापन प्रक्रियाबारे सरोकारवालालाइ जानकारी गराउने।
५. (ङ)मृतकले प्रयोग गरेको सवै लत्ताकपडाहरु उचित सावधानिका साथ Bio-hazard वा प्लास्टिकको झोलामा राख्ने
(च)शवलाइ उपचार कक्षबाट र्यापिङ गर्ने काम अस्पतालका कर्मचारीले गर्ने।
७. (ग)शब ब्यवस्थापन गर्नुपुर्ब संकट ब्यवस्थापन केन्द्र,नेपाल प्रहरी वा सम्बन्धित स्थानीय तह मार्फत मृतकका नजिकको परिवार,आफन्तसङग सम्पर्क गरि शब ब्यवस्थापनको प्रक्रियाबारे जानकारी गराउनुपर्नेछ।
यस्तो ब्यबस्था हुँदा हुँदै उक्त शब ब्यवस्थापनमा समुदायको परम्परा अनुसार अन्त्यष्टी गर्न पाउने अधिकारबाट बन्चित हुनु कस्को कमजोरी हो?प्रदेश सरकारको?,जिल्ला प्रशासनको,?समुदायको ? वा सम्बन्धित ब्यक्तिहरुको?यस्को उत्तर खोज्नु जरुरी छ।यो प्रतिनिधि घटना मात्र हुन सक्छ।
श्री लङ्का मा मुस्लिमहरुको लास जलाएर ठूलो बिबाद उत्पन्न भयो।अन्यत्र पनि धार्मिक परम्परा अनुसार शब व्यवस्थापन नभएको वा नहुने हुन सक्छ।यसकाे  अर्थ यो होइन कि शब ब्यवस्थापन गर्दा संक्रमणको जोखिम होस र यो पनि होइनकी शब ब्यवस्थापनको बहानामा अन्तर्राष्ट्रिय,रार्ष्ट्रिय एेन कानुन, कार्यबिधि ,निर्देशिका सन्धी,सम्झौताको बिपरित जातिय कुल परम्परा,धर्म सस्कृती नै नष्ट हुने स्थिती बनोस।यी र यस्ता कुराको समयमा समाधानको खोजि गरेनौ वा उल्लेखित ऐन कानुन,कार्यबिधी तथा धार्मिक विधि बिधानको संयोजनका लागि सरोकारवालाहरु बसि व्याख्या गरि पुर्ण रुपमा कार्यान्वयन गरेनौ भने जटिल भन्दा जटिल समस्याहरु उत्पन्न हुन सक्छ्न, र यस्तो विषम परिस्थितिमा बिवाद उत्पन्न हुनु कसैको हितमा हुदैन ।
तसर्थ मृतक मुसलमानहरुको शव अन्त्यष्टी गर्दाको समयमा गरिने कार्यका बिकल्पहरु के के हुन सक्छ्न।(उदाहरण स्वरुप; नुहाउदा(गुस्ल दिदा)टाढाबाट नै पाइपद्वारा जिउमाथी पानी बगाउने, र्यापिङ गर्दा नै कफन प्रयोग गर्ने, जनाजाको नमाज केही सिमित ब्यक्तिद्वारा(सामाजिक दुरि कायम गरि) पढ्ने, कवर खुद्ने र दफनाउने सम्बन्धित आफन्त ले गर्ने वा मृतकले प्रयोग गरेका सामग्रीहरुको कार्यबिधि बमोजिम ब्यबस्थापन गरि मृत शरिरलाइ स्यानिटाइजर प्रयोग गरेर सफा कपडामा र्यापिङ गरेर शव हस्तान्तरण वा सामाजिक दुरि कायम राख्दै बिभिन्न औजारहरू को सहायताले नुहाउने ,कफन पहिनाउने आदिका लागि) राष्ट्रिय स्तरमा नेपाल सरकारका प्रतिनिधि,स्वास्थ्यकर्मी , स्वास्थ्य बिज्ञ ,सुरक्षा निकायका प्रतिनिधि,मुस्लिम आयोग का प्रतिनिधि ,धर्मगुरुहरु,मुस्लिम संघसंगठनका प्रतिनिधिहरुको छलफलबाट यथाशीघ्र उपयुक्त निस्कर्ष निकाल्न र सोही बमोजिम गर्न गराउन सरोकारवालाहरुको ध्यानाकर्षण गराउदछु।
the authoradmin

Leave a Reply