Wednesday, March 4

पर्यटन

पोखराको लेकसाइडलाई पर्यटनमैत्री बनाउन अभियान सुरु
पर्यटन, समाचार, समाज

पोखराको लेकसाइडलाई पर्यटनमैत्री बनाउन अभियान सुरु

नेपालअखबार,पोखरा । पर्यटकीय राजधानी पोखराको मुख्य गन्तव्य लेकसाइड क्षेत्रलाई थप सुरक्षित र पर्यटनमैत्री बनाउन पोखरा पर्यटन परिषद्ले विशेष अभियान सुरु गरेको छ। लेकसाइडमा आउने पर्यटकहरूले पूर्ण रूपमा सुरक्षित महसुस गरून् र यहाँको वातावरण शान्त रहोस् भन्ने उद्देश्यले सरोकारवाला निकायहरूसँगको समन्वयमा यो कार्य थालिएको हो। परिषद्ले वडा प्रहरी कार्यालय बैदाम, पर्यटन प्रहरी, महानगर प्रहरी, वडा प्रतिनिधि र पर्यटन सम्बद्ध विभिन्न सङ्घसंस्थाहरूसँग साझेदारी गर्दै अभियान अघि बढाएको छ। पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीका अनुसार लेकसाइड क्षेत्रमा कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन र तत्काल सूचना आदानप्रदान गर्न एउटा ‘ह्वाटस् एप’ ग्रुप समेत तयार गरिएको छ। अवाञ्छित गतिविधि भएको देख्नासाथ ग्रुपमा वा सम्बन्धित निकायमा खबर गरी तत्काल एक्सन लिने व्यवस्था मिलाइएको छ। परिषद्का महासचिव जीवनराज सा...
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटन, समाचार, समाज

पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी

नेपालअखबार, सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाको लिस्तिकोटस्थित यार्मासिङ गाउँमा रहेको ऐतिहासिक युद्धकिल्ला दुगुनागढी किल्लामा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको बढ्दै गएको छ। विसं २०७२ को विनाशकारी भूकम्पले भत्काएको नेपाल–चीन सिमाना नजिक रहेको ऐतिहासिकस्थल दुगुनागढी नेपाली सेनाको अगुवाइमा मौलिक स्वरुपमा पुनर्निर्माण गरिएको छ। करिब २०० रोपनी क्षेत्रमा फैलिएको युद्धकिल्ला दुगुनागढी समुद्री सतहबाट करिब दुई हजार २०० मिटर उचाइमा रहेको दुगुनागढीमा इतिहासको अध्ययनसँगै आनन्दको समय बिताउन स्वदेशीदेखि विदेशी पर्यटक दुगुनागढी पुग्ने गरेका छन्। आन्तरिक पर्यटक अमृतमान श्रेष्ठ इतिहास बुझ्दै गाउँले परिवेशमा रम्दै मनोरम वातावरणमा आनन्द लिन पाइने भएकाले पनि सिन्धुपाल्चोकको दुगुनागढी पर्यटकको रोजाइमा पर्न थालेको बताउँछन्। स्थानीय वृद्ध कृष्णबहादुर प्रधानका अनुसार प्रधानमन्त्री भ...
मुस्ताङ पुगे साढे २५ हजार विदेशी पर्यटक, १९ प्रतिशत वृद्धि
पर्यटन, समाचार, समाज

मुस्ताङ पुगे साढे २५ हजार विदेशी पर्यटक, १९ प्रतिशत वृद्धि

नेपालअखबार,  मुस्ताङ । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जनाएको छ । सन् २०२५ मा समग्रमा गत वर्षभन्दा १८.७१ प्रतिशतले पर्यटकको आवागमन वृद्धि भएको जनाइएको छ । उक्त वर्षको जनवरीदेखि डिसेम्बर ३१ तारिखसम्म यहाँ कुल एक लाख ६१ हजार १२२ जना विदेशी पर्यटक भित्रिएको एक्याप जोमसोम कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिए । उनका अनुसार सन् २०२४ मा एक लाख ३५ हजार ७१९ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए । गत वर्ष यहाँ आउने पर्यटकमध्ये सार्क राष्ट्रबाट एक लाख ३२ हजार ८४७ र अन्य राष्ट्रबाट २८ हजार २७५ जना रहेका छन् । त्यसअघि सार्क राष्ट्रबाट एक लाख नौ हजार ५४९ र अन्य राष्ट्रबा...
पुस १३ देखि चितवनमा हात्ती तथा पर्यटन महोत्सव हुने
पर्यटन, समाचार

पुस १३ देखि चितवनमा हात्ती तथा पर्यटन महोत्सव हुने

नेपालअखबार,काठमाडौं । चितवनको सौराहामा १९औं हात्ती तथा पर्यटन महोत्सव हुने भएको छ । क्षेत्रीय होटल संघ चितवनको आयोजनामा पुस ११ देखि १३ गतेसम्म हुने महोत्सवमा हात्तीको शोभायात्रासहित विभिन्न प्रतियोगिता हुनेछन् । हात्ती महोत्सवले पर्यटकीय क्षेत्र चितवनको पर्यटकीय गतिविधिमा सहयोग पुग्ने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी गराइने हात्तीलाई जिम्मेवार व्यवहारका लागि आयोजक समिति, चितवन राष्ट्रिय निकुञ्ज र पशु चिकित्सकहरुको सहकार्यमा कडा मापदण्ड लागु गरिने जनाइएको छ । महोत्सवमा धारिलो र हानिकारक उपकरणको प्रयोग पूर्णरुपमा निषेध गरिने आयोजकले बताएको छ । प्रतियोगिता अघि र पछि सबै हात्तीको स्वास्थ्य परीक्षणले पशु चिकित्सकहरुले गर्नेछन् । करिब ८० वटा हात्तीलाई विभिन्न प्रतियोगितामा सहभागी गराइनेछ । जसमा हात्तीको शोभा यात्रा, विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शन, हात्तीको श्रृंगार प्रतियो...
चार महिनामा १६ हजार पर्यटक मनाङमा
पर्यटन, समाचार, समाज

चार महिनामा १६ हजार पर्यटक मनाङमा

नेपालअखबार,काठमाडौं ।  चालु आर्थिक वर्षको प्रथम चार महिनामा १६ हजार २९६ पर्यटकले मनाङ भ्रमण गरेका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालयका प्रमुख ढकबहादुर भुजेलका अनुसार उक्त अवधिमा १०७ देशका नागरिकले मनाङ भ्रमण गरेका हुन्। मनाङ आएका पर्यटकमध्ये सार्क राष्ट्रका ८१२ पुरुष र १७७ महिला तथा अन्य मुलुकका पर्यटकमध्ये नौ हजार ६९५ पुरुष, छ हजार ६०१ महिला हुन्। इसरायलका एक हजार ९१०, फ्रान्सका एक हजार ३९२ र जर्मनीका एक हजार २०८ नागरिकले मनाङ भ्रमण गरेका छन्।...
जंगल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो
पर्यटन, समाचार, समाज

जंगल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

नेपालअखबार,नेपालगञ्ज । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीसँगै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । बैजनाथ–१ चिसापानीमा रहेका गाभर भ्याली र मिनी गाभर सामुदायिक होमस्टेले छुट्टाछुट्टै दुई जङ्गल सफारी जीप सञ्चालनमा ल्याएपछि सफारी गर्न पर्यटकको घुइँचो लाग्न थालेको पर्यटन व्यवसायीले बताएका छन् । यहाँ आउने पर्यटकलाई लक्षित गरेर नेपालगञ्ज र कोहलपुर क्षेत्रमा खुलेका तारे होटल तथा बैजनाथ र राप्तीसोनारी गाउँपालिका क्षेत्रमा सञ्चलनमा रहेका होमस्टे तथा रिर्सोटमा समय बिताएर अधिकाँश पर्यटक बाँके राष्ट्रिय निकुञ्जमा घुम्ने गर्छन् । ‘हामीसँग सीमित जीप मात्रै छन्, त्यसैले जसले पहिला खबर गरेको हुन्छ उसैलाई घुमाउछौँ’, मिनी गाभर सामुदायिक होमस्टेका सञ्चालक बाबुराम चौधरीले भने। उनले खास गरी शनिबार आन्तरिक पर्यटकको रोजाइमा निकुञ्ज परेको उल्लेख गर्दै विदेशीले बाघ देख्न पाउँदा निकै खुशी ह...
बन्दीपुरका होटलमा पर्यटक भरिभराउ
पर्यटन, समाचार, समाज

बन्दीपुरका होटलमा पर्यटक भरिभराउ

नेपालअखबार,तनहुँ ।  बन्दीपुरमा सात महिनामा २१ हजार बढी विदेशी पर्यटकले भ्रमण गरेका छन् । गत वर्षको वैशाखदेखि चालु आर्थिक वर्षको कात्तिकसम्ममा २१ हजार ७२५ जना विदेशी पर्यटकले भ्रमण गरेका हुन् । पछिल्लो समय ‘पहाडकी रानी’ले चिनिएको सो स्थानमा घुम्न आउने विदेशी पर्यटकको आकर्षण बढ्दै गएको अस्थायी पर्यटक प्रहरी पोष्टका प्रमुख प्रहरी सहायक निरीक्षक गोविन्द रानाले जानकारी दिए । उनले भने, ‘यसरी आउने विदेशी पर्यटकमा चिनियाँ नागरिक अत्यधिक हुने गरेका छन् । सात महिनामा पाँच हजार ५१ जना चिनियाँ पर्यटकले भ्रमण गरेका छन् । त्यसपछि भियतनाम, भारत र स्पेनका पर्यटक रहेका छन् । चिनियाँ पर्यटक बास बस्नेगरी भन्दा घुमफिरका लागि आउने गरेका छन्, बास बस्नका लागि अधिकांश पोखरा र चितवन जाने गर्दछन् ।’ उनका अनुसार वैशाखमा तीन हजार २९७, जेठमा तीन हजार ३४२, असारमा दुई हजार ७६६, साउनमा दुई हजार ७५, भदौमा एक हजार ८३...
३२ सय मिटर उचाइमा रहेको जलजलामा ताल बनाउन सम्भाव्यता अध्ययन
पर्यटन, समाचार

३२ सय मिटर उचाइमा रहेको जलजलामा ताल बनाउन सम्भाव्यता अध्ययन

नेपालअखबार,कास्की । म्याग्दी, पर्वत र कास्की जिल्लाको सिमानामा रहेको प्राकृतिक एवम् धार्मिक पर्यटकीयस्थल कालाञ्जर हम्पालको जलजला क्षेत्रमा ताल निर्माण गर्न सम्भाव्यता अध्ययन थालिएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका, पर्वतको जलजला गाउँपालिका, मोदी गाउँपालिका र कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकासम्म फैलिएको जलजला क्षेत्रमा पर्यटकलाई आकर्षित ताल निर्माणका लागि अध्ययन थालिएको हो। जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले तीन हजार दुई सय मिटर उचाइमा रहेको खुला घाँसे मैदान र पहाडी भू–आकृतिले भरिपूर्ण उक्त क्षेत्रलाई दीर्घकालीन रुपमा धार्मिक तथा पर्यटकीयस्थलका रुपमा विकास गर्न अध्ययन सुरु गरिएको जानकारी दिए। चालु आर्थिक वर्षमा सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखराबाट सम्भाव्यताको अध्ययन र विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार पार्न रु ४० लाख बजेट विनियोजन भएको छ । ...
बर्खामा पर्यटकले गुल्जार बनेको बुकीपाटन हिउँदमा सुनसान
पर्यटन, समाचार, समाज

बर्खामा पर्यटकले गुल्जार बनेको बुकीपाटन हिउँदमा सुनसान

नेपालअखबार,ढोरपाटन ।  बर्खामा आन्तरिक पर्यटकले गुल्जार बनेको बागलुङको बुकीपाटन चिसो बढेपछि सुनसान भएको छ। सयौँ गोठाला र हजारौँ वस्तुभाउसँगै पर्यटकले चहलपहल हुने बुकीपाटन कात्तिक पहिलो सातादेखि सुनसान बनेको हो । अग्ला पहाड पनि हरियो घाँस सुक्दै गएपछि उराठिला बनेका छन् । पहिले गोठालाले रचन क्षेत्रका रुपमा प्रयोग गर्दै आएको बुकीपाटन पछिल्लो दुई वर्षदेखि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको छ । असारदेखि असोजसम्म बुकीपाटनमा पर्ने गर्पाछेडा, दहखर्क, टीकाधारा, राजवन, स्याचुन, फुर्से देउराली, फागुने देउरालीलगायतका क्षेत्रमा गोठलाको बाक्लो बसाइँ हुने गर्छ । गोठालाले गोठ बेसी झारेपछि बुकीपाटन सुनसान छ । चिसो बढेका कारण पर्यटकसमेत पुग्न सकेका छैनन् । समुन्द्री सतहदेखि करिब चार हजार ५०० मिटरको उचाइमा पर्ने बुकीपाटन पदयात्राका लागि उत्कृष्ट गन्तव्य बनेको छ। बर्खायाममा बेसी क्षेत्रमा गर्मी ह...
धार्मिक पर्यटकीयस्थल तिनचुलेमा पूर्वाधार निर्माण
धर्म/संस्कृति, पर्यटन, समाचार, समाज

धार्मिक पर्यटकीयस्थल तिनचुलेमा पूर्वाधार निर्माण

नेपालअखबार,म्याग्दी । मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा अवस्थित धार्मिक पर्यटकीयस्थल तिनचुलेमा पूर्वाधार निर्माण भएको छ । समुद्र सतहदेखि दुई हजार ९३२ मिटर उचाइमा अवस्थित तिनचुले पुग्ने सडक, पदमार्ग, खानेपानी र आश्रयस्थलको व्यवस्था भएपछि त्यहाँको शिवालय मन्दिर, बराह तालमा पूजाआजा, हिमशृङ्खला, सूर्योदय र पहाडी भूगोलको दृष्यावलोकन गर्न आउनेको चहलपहल बढेको छ । पर्यटकीय क्षेत्र तिनचुले संरक्षण तथा प्रवद्र्धन समितिका अध्यक्ष धनबहादुर घर्तीले पूर्वाधार निर्माण भएपछि कात्तिक पूर्णिमाका दिन तिनचुले बराहमा तोरण तार्ने धार्मिक मेला भर्न र अन्य समय प्राकृतिक सौन्दर्यमा रमाउन आउनेको सङ्ख्या बढेको जानकारी दिए । “गण्डकी प्रदेश सरकार, ताराखोला, मङ्गला गाउँपालिका र समुदायको साझेदारीमा यहाँ पूर्वाधार निर्माण भएको हो”, उनले भने, “केही वर्षअघिसम्म सुनसान तिनचुलेमा स्वदे...