Saturday, August 1

प्रशासन

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि परेका दरखास्त स्वीकृत
प्रशासन, शिक्षा, समाचार

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि परेका दरखास्त स्वीकृत

नेपालअखबार,काठमाडौँ । ​शिक्षक सेवा आयोगको अध्यक्ष तथा सदस्य पदमा नियुक्तिका लागि आवेदन दिएका उम्मेदवारहरूमध्ये मापदण्ड पुगेका आवेदकहरूको दरखास्त स्वीकृत गरिएको छ। आयोगले गत साउन  १ गते प्रकाशन गरेको सूचनाअनुसार हिजो शुक्रबारसम्म परेका दरखास्तहरूमाथि शिक्षा ऐन, २०२८ मा तोकिएका सर्तहरू बमोजिम छानबिन गरी सिफारिस समितिको निर्णयअनुसार नामावली सार्वजनिक गरेको हो । आयोगका प्रशासकीय प्रमुख हरिप्रसाद निरौलाले जारी गरेको सूचना अनुसार अध्यक्ष पदका लागि परेका ६ जना उम्मेदवारको दरखास्त स्वीकृत भएको छ। अध्यक्ष पदमा मधुसूदन अधिकारी, रघुराम विष्ट, डा.रोजनाथ पाण्डे, डा.हरिप्रसाद लम्साल, यादवप्रसाद कोइराला र सुरेश अधिकारीको दरखास्त स्वीकृत भएको छ । ​त्यसैगरी, आयोगको सदस्य पदका लागि दर्ता हुन आएका उम्मेदवारहरू मध्ये २० जनाको दरखास्त स्वीकृत भएको छ। सदस्य पदमा दरखास्त स्वीकृत हुनेहरूमा गोपीराम के.सी., ब...
२१ शाखा अधिकृतकाे सरुवा, काे कहाँ ? (सूचीसहित)
प्रशासन, समाचार

२१ शाखा अधिकृतकाे सरुवा, काे कहाँ ? (सूचीसहित)

नेपालअखबार, काठमाडाैँ । २१ शाखा अधिकृतकाे सरुवा गरिएकाे छ । शुक्रबार भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनीहरूकाे सरुवा गरेकाे हाे। सीता देवी थापालाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । प्रेम राज लुइँटेल र भविन्द्र कार्कीलाई पनि गृह मन्त्रालयमा सरुवा गरिएको छ । सन्ताेष कुमार खत्री र दीपेश कट्टेललाई पनि साेही मन्त्रालयमा सरुवा गरिएकाे छ । गौरव पन्थीलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा गरिएको छ । मन्त्रालयले शरद कुमार दाहाललाई जिल्ला समन्वय समितिकाे कार्यालय दाेलखा सरुवा गरेकाे छ । गुलशन भगत चाैरसियालाई परराष्ट्र मन्त्रालयमा सरुवा गरिएकाे छ भने साजन अधिकारीलाई सञ्चार तथा सूचना मन्त्रालयमा सरुवा गरिएकाे छ । मन्त्रालयले तीन जना शाखा अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर गाउँपालिकामा पठाएको छ । सुदिप सापकोटालाई शिवपुरी गाउँपालिका नुवाकोट...
सुदूरपश्चिमका मुख्यमन्त्रीले गरे सुरक्षा निकायसँग छलफल
प्रशासन, समाचार

सुदूरपश्चिमका मुख्यमन्त्रीले गरे सुरक्षा निकायसँग छलफल

नेपालअखबार, कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरूसँग समसामयिक सुरक्षा तथा विपद् व्यवस्थापनका विषयमा छलफल गरेका छन् । मुख्यमन्त्री शाहले शनिबार प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरूको बैठक बोलाएर समसामयिक सुरक्षा तथा विपद् व्यवस्थापनका विषयमा छलफल गरेका हुन् । बैठकमा मुलुकमा विकसित राजनीतिक तथा सामाजिक अवस्था, विभिन्न क्षेत्रमा भइरहेका आन्दोलन, सम्भावित प्रदर्शन तथा झडपका घटनाका साथै मनसुन सक्रिय भएसँगै प्रदेशका विभिन्न जिल्लामा आउन सक्ने बाढी, पहिरो र डुबानजस्ता विपद्बाट उत्पन्न हुन सक्ने चुनौतीबारे छलफल भएको छ । मुख्यमन्त्री शाहले प्रदेशमा शान्ति सुरक्षामा खलल पुग्न सक्ने सम्भाव्य घटनाको पूर्वानुमान गरी घटना हुन नदिन सुरक्षा निकायहरूबाट पूर्व सर्तकता अपनाउन र तयारी अवस्थामा रहन तथा हाल मनसुनबाट सिर्जना हुनसक्ने विपद्लाई ध्य...
धनुषामा कर्फ्यु हटाएर निषेधाज्ञा जारी
प्रशासन, समाचार

धनुषामा कर्फ्यु हटाएर निषेधाज्ञा जारी

नेपालअखबार,  जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले जारी गरेको कर्फ्यु आदेश हटाउँदै निषेधाज्ञा लागू गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलद्वारा जारी सूचनाअनुसार आज बिहान १०ः०० बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा लागू गरिएको हो । यसअघि साउन १४ गते दिउँसो ३ः३० बजेदेखि जारी गरिएको कर्फ्यु आदेश जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार आज बिहान १०ः०० बजेदेखि हटाइएको प्रशासनले जनाएको छ । कर्फ्यु हटाइए पनि शान्तिसुरक्षा तथा सामाजिक सद्भाव कायम राख्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३ क) बमोजिम चारकिल्लाभित्र एकै ठाउँमा पाँच जनाभन्दा बढी मानिस भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न रोक लगाइएको छ । प्रशासनले तोकेको चारकिल्लाअनुसार निषेधाज्ञा लागू हुने क्षेत्रहरूमा उत्तरतर्फ लक्ष्मीनिया हटबजार चोकबाट पश्चिम सिउरजोडा चोक हुँदै पूर्वमा लक्ष्मीपुर बोबासम्म, पूर्व...
निर्वाह भत्ता सुनिश्चित नभए साउन १९ देखि अनसन बस्ने इन्टर्न चिकित्सकको घोषणा
प्रशासन, समाचार

निर्वाह भत्ता सुनिश्चित नभए साउन १९ देखि अनसन बस्ने इन्टर्न चिकित्सकको घोषणा

नेपालअखबार, काठमाडौँ । एमबीबीएस तथा बीडीएस इन्टर्न चिकित्सकहरूले निर्वाह भत्ता कार्यान्वयन गर्न माग गरेका छन् । आगामी साउन १८ गतेभित्र चिकित्सा शिक्षा आयोगको पूर्ण बैठकबाट आफ्ना मागहरू निर्णय गरी कार्यान्वयन गर्न अल्टिमेटम दिएका हुन् । एमबीबीएस, बीडीएस इन्टर्न स्टाइपेन्ड एकरूपता अभियानका संयोजक डिल्ली हरिजनले यही साउन १९ सम्म माग सम्बोधन नभए नभए माइतीघरमा अनसन बस्ने घोषणा गरे । प्रधानमन्त्री तथा चिकित्सा शिक्षा आयोगका अध्यक्ष बालेन्द्र शाहलाई सम्बोधन गर्दै बुझाइएको ज्ञापनपत्रमा उनीहरूले सस्मित पोखरेलको अध्यक्षतामा गठित राय–सुझाव कार्यदलले आगामी असार ३० गते पेस गरेको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न माग गरेका छन् । प्रतिवेदनले इन्टर्न चिकित्सकहरूलाई स्वास्थ्य सेवाको आठौँ तहको प्रारम्भिक तलबमानको ५० प्रतिशत बराबर निर्वाह भत्ता सबै सार्वजनिक तथा निजी शिक्षण संस्थाले अनिवार्य उपलब...
मोरङमा १ हजार ३३ किलो गाँजा बरामद
अपराध, प्रशासन, समाचार, समाज

मोरङमा १ हजार ३३ किलो गाँजा बरामद

नेपालअखबार, विराटनगर । मोरङको रतुवामाई नगरपालिका–१० सोमबारेबाट शुक्रबार दिउँसो १ हजार ३३ किलो गाँजा बरामद भएको छ । उर्लाबारीबाट आमबारीतर्फ जाँदै गरेको को १ ख ४३७३ नम्बरको मिनी ट्रकबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले गाँजा नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय सिजुवा र सशस्त्र प्रहरी बल चुनीबारीको टोलीले दिउँसो साढे २ बजेतिर उक्त परिमाणको गाँजा बरामद गरेको मोरङ प्रहरीले जनाएको छ । प्रहरीले चालक धनकुटाको पाख्रीबास नगरपालिका–९ का अन्दाजी २८ वर्षीय उमेश तामाङलाई पक्राउ गरेको छ ।...
सप्तरीको राजविराजमा अनिश्चितकालीन कर्फ्यु
प्रशासन, समाचार

सप्तरीको राजविराजमा अनिश्चितकालीन कर्फ्यु

नेपालअखबार,सप्तरी ।  सप्तरीको राजविराजमा कर्फ्यु आदेश जारी भएको छ। सप्तरीका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले शुक्रबार बिहान  ८ बजेदेखि लागू हुने गरी राजविराज क्षेत्रमा अनिश्चितकाली कर्फ्यु आदेश जारी गरेका हुन्। राजविराज नगरपालिकाभित्र पूर्वमा खाडो खोला, पश्चिममा हुलाकी राजमार्गको जमुनी थलही, उत्तरमा रूपनी रोडको बसविट्टी चोक र दक्षिणमा विष्णुपुर गाउँपालिकाको कोशी पश्चिम मूल नहरसम्म चार किल्ला तोकेर कर्फ्यु आदेश जारी गरिएको हो। जिल्लाको पछिल्लो सुरक्षा स्थितिको विश्लेषणका आधारमा आन्दोलन वा हुलदंगा भई शान्ति सुरक्षा भंग हुन जान देखिएकाले कर्फ्यु जारी गरिएको प्रशासनले जनाएको छ। जिल्ला सुरक्षा समितिको शुक्रबार नै बसेको बैठकले कर्फ्यु आदेश जारी गर्ने निर्णय गरेको थियो कर्फ्यु अर्को आदेश नभएसम्म जारी रहने प्रजिअ थापाले जानकारी दिएका छन्। कर्फ्यु आदेश उल्लंघन गरिए नियमानुसार...
देवानगन्ज घटनामा सरकार र मृतकका आफन्तबीच ७ बुँदे सहमति
प्रशासन, समाचार, समाज

देवानगन्ज घटनामा सरकार र मृतकका आफन्तबीच ७ बुँदे सहमति

नेपालअखबार,सुनसरी ।  सुनसरीको देवानगञ्ज घटनामा ज्यान गुमाएकाहरुका परिवार र सरकारबीच ७ बुदे सहमति भएसगै परिवारले शव बुझ्ने भएका छन। कप्तानगञ्जमा आइतबार  भएको गोलीकाण्डका पीडितसग वार्ता गर्न गृहमन्त्री सुधन गुरुङ मध्यरातमा देवानगन्ज पुगेका थिए। रातभरि चलेको वार्तापछि सरकार र पीडित पक्षबीच ७ बुँदे सहमति भएको हो। सहमति पत्रमा  शुक्रबार बिहान ५ बजे दुवै पक्षले हस्ताक्षर गरेको गाउँपालिका अध्यक्ष वेचन मेहताले जानकारी दिए। सम्झौतापत्रमा गृहमन्त्री सुधन गुरुङ र मृतकका तर्फबाट ओमप्रकाश मेहताका बुबा कुशदेव मेहता तथा जयप्रकाश मेहताका बुबा नरेश मेहताले हस्ताक्षर गरेका छन् । सहमति भएसँगै  परिवारले अस्पतालमा रहेका मृतक ओमप्रकाश र जयप्रकाशको शव बुझ्ने भएका छन्। सहमति अनुसार  मृतक दुवै जनालाई शहीद घोषणा गर्न सरकारले तत्काल प्रक्रिया थाल्नेछ। साथै, दुवै परिवारलाई जनही १० लाख  रूपैयाँ रा...
गृह मन्त्रालयमा मुस्लिम आयोग र हिन्दु संस्थाका पदाधिकारीबीच छलफल
प्रशासन, समाचार

गृह मन्त्रालयमा मुस्लिम आयोग र हिन्दु संस्थाका पदाधिकारीबीच छलफल

नेपालअखबार,काठमाडौं । गृह मन्त्रालयमा मुस्लिक आयोग र हिन्दु संघसंस्थाका पदाधिकारीबीच छलफल सुरु भएको छ । गृहसचिव राजकुमार श्रेष्ठको उपस्थितिमा छलफल जारी रहेको मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले जानकारी दिइन् ।उनका अनुसार पछिल्लो केही दिन यता तराई-मधेशमा देखा परेका तनाव अन्त्य गर्ने विषयमा छलफल केन्द्रित रहेको छ ।...
सार्वजनिक स्थानमा कार्यक्रम गर्न अनिवार्य स्वीकृति लिन कास्की प्रशासनको आग्रह
प्रशासन, समाचार

सार्वजनिक स्थानमा कार्यक्रम गर्न अनिवार्य स्वीकृति लिन कास्की प्रशासनको आग्रह

नेपालअखबार,कास्की । जिल्ला प्रशासन कार्यालय, कास्कीले सार्वजनिकस्थलमा कुनै पनि  कार्यक्रम सञ्चालन गर्नुपूर्व स्थानीय प्रशासनको अनिवार्य स्वीकृत लिन सबैमा आग्रह गरेको छ। कार्यालयले बुधबार जारी गरेको सार्वजनिक सूचनामा पूर्वस्वीकृति नलिई सभा, जुलुस, प्रदर्शन तथा अन्य गतिविधि सञ्चालन गरेमा कानुनबमोजिम कारबाही हुने उल्लेख छ। सूचनामा विभिन्न व्यक्ति, संस्था वा समूहले आफ्नो विचार, प्रदर्शन तथा कार्यक्रमको प्रचार–प्रसारका लागि सार्वजनिकस्थल प्रयोग गर्दा स्थानीय प्रशासनको अनुमति लिनुपर्ने उल्लेख गरिएको छ । ‘शान्तिपूर्ण रूपमा भेला हुन पाउने नागरिकको संविधान प्रदत्त अधिकारको सुनिश्चिततता गर्दै जिल्लामा सार्वजनिक प्रदर्शन, सभा, जुलुस वा यस्तै प्रकृतिका राजनीतिक तथा धार्मिक गतिविधि सञ्चालन गर्नुअघि’ स्थानीय प्रशासनको स्वीकृति लिएर आयोजना गर्न प्रशासनले अनुरोध गरेको हो।...