मतदाताको संख्या एक करोड ९० लाख ५ हजार ३२४ पुग्यो
नेपालअखबार, काठमाडौं । मतदाताको संख्या एक करोड ९० लाख ५ हजार ३२४ पुगेको छ । निर्वाचन आयोगका अनुसार गत कात्तिक १६ गतेसम्म मतदाताको संखया एक करोड ८१ लाख, ६८ हजार २३० जना रहेको थियो ।
छुटेका मतदाताका लागि भनेर सरकारले अध्यादेश ल्यायो । अध्यादेश अनुसार ९ असोज देखि ५ मंसिरसम्म मतदाता नामावलीमा नाम दर्ता र अद्यावधिक गरिएको थियो ।थपिएको समयमा ८ लाख ३७ हजार ९४ जना नयाँ मतदाता थपिएका छन् ।
निर्वाचन आयोगका अनुसार ९ असोजदेखि ५ मंसिरसम्म खुला गरिएको मतदाता नामावली संकलनमा झण्डै साढे ८ लाख मतदाता थपिएका हुन् । जसमा पुरूष चार लाख ७३ हजार ३४५ र महिला ३ लाख ६३ हजार ७७८ रहेका छन् । अन्य ६१ रहेका छन् ।
आयोगको नियमित प्रक्रियाबाट तीन लाख ४४ हजार ९१४ र राष्ट्रिय परिचयपत्रको बायोमेट्रिकबाट चार लाख ९२ हजार १८० मतदाता थपिएको आयोगले जनाएको छ ।
यो सँगै कुल मतदाताको संख्या एक करोड ९० लाख ५ हजार ३२४ पुगेको हो ।...








