Friday, September 11

समाचार

सोलुखुम्बुको हुङ्‍गा खोला पहिरोले थुनियो
समाचार, समाज

सोलुखुम्बुको हुङ्‍गा खोला पहिरोले थुनियो

नेपालअखबार, विराटनगर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका– २ र ४ मा पर्ने हुङ्‍गा (हुङ्कु) खोला पहिराेका कारण थुनिएको छ । शुक्रबार बिहान गएको पहिरोका कारण खोला थुनिएको हो । गौरीशंकर हाइड्रोपावरको हेड अफिसबाट करिब १०० मिटर तल, वडा नम्बर – २ तर्फ पर्ने क्षेत्रमा करिब ३५ मिटर अग्लो पहिरो खसेर खोला थुनिएको हो । जसका कारण खोलामा करिब १०० मिटर लामो र १५ मिटर गहिरो कृत्रिम ताल बनेको सोलुखुम्बुका प्रहरी प्रमुख डीएसपी नविनराजा बुढाथोकीले जानकारी दिए । उनका अनुसार बिहानबाट बनेको ड्याममाथिबाट विस्तारै पानी बग्न थालेको छ । तल्लो क्षेत्रमा बाढीको जोखिम रहेकाले सतर्कता अपनाइएको उनले बताए । प्रहरीले नदी किनारमा बसोबास गर्ने स्थानीयबासी तथा नजिकै रहेका दुई वटा हाइड्रोपावर आयोजनालाई सतर्क रहन आग्रह गरेको छ । घटनास्थल इलाका प्रहरी कार्यालय बुङबाट करिब १० किलोमिटर दक्षिण-पूर्वमा पर्छ । पहिरोले ख...
१०८ डलरमा उक्लियो तेलको मूल्य, बढ्दै महँगीको खतरा
कर्पोरेट, विश्व, समाचार

१०८ डलरमा उक्लियो तेलको मूल्य, बढ्दै महँगीको खतरा

नेपालअखबार, काठमाडौँ । विश्व बजारमा कच्चा तेलको भाउ तीव्र रूपमा बढेको छ । इरानसँगको युद्ध र खाडी क्षेत्रमा बढ्दो तनावका कारण विश्व बजारमा लामो समयसम्म ऊर्जा आपूर्ति प्रभावित हुन सक्ने चिन्ता बढेपछि तेलको मूल्यमा उछाल आएको हो । बिहीबार लन्डनस्थित आईसी एक्सचेन्जको कोमेक्स डिभिजनमा ब्रेन्ट क्रुडको मूल्य केही समयका लागि प्रतिब्यारेल १०८ डलर नाघेको थियो । मे महिनायता पहिलो पटक ब्रेन्टको भाउले यो स्तर छोएको हो । दिनको कारोबार अन्त्य हुँदा ब्रेन्ट क्रुड ६ दशमलव ३ प्रतिशतले बढेर प्रतिब्यारेल १०७ डलर ६३ सेन्टमा पुगेको छ । उता, न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जको कोमेक्स डिभिजनमा अमेरिकी बेञ्चमार्क वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लूटीआई) क्रुडको भाउ पनि ६ अघिल्लो दिन बजार बन्द हुँदाको तुलनामा ६ दशमलव ७ प्रतिशतले बढेर प्रतिब्यारेल १०२ डलर ४८ सेन्टमा पुगेको थियो । यो पनि मे महिनापछिको उच्च हो । २०२६ ...
तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन
अर्थ, समाचार

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

नेपालअखबार, काठमाडौं । शुक्रबार एकैदिन सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख १ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ५ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । यो साताको पहिलो दिन आइतबार सुनको मूल्य ३ लाख ७ हजार ४ सय रुपैयाँ थियो ।त्यस्तै आज चाँदीको भाउ तोलामा २५५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ८५५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ६ सयमा झरेको छ । साताको पहिलो दिन आइतबार चाँदीको भाउ ४ हजार ७६५ रुपैयाँ थियो ।...
पूर्वअर्थमन्त्री कार्की सहितको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
राजनीति, समाचार

पूर्वअर्थमन्त्री कार्की सहितको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै

नेपालअखबार, काठमाडौँ । पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहितको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि विशेष अदालतमा पेसी तोकिएको छ । विशेष अदालतका न्यायाधीशत्रय  नारायणप्रसाद पौडेल, हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठको इजलासमा पेसी तोकिएको हो  । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भनिएको आर्थिक अनियमितता प्रकरणमा पूर्व अर्थमन्त्री कार्कीसहित दुई पूर्व सचिवसहित उच्च अधिकारीहरू विरुद्ध गत बैशाख २४ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको थियो । निर्माण कम्पनीलाई गैरकानुनी रूपमा कर छुट दिएर राज्य कोषमा ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ नोक्सानी पुर्‍याएको अभियोगमा आयोगले मुद्दा दर्ता गरेको थियो । अख्तियारले  विमानस्थल निर्माणको अनियमितता प्रकरणमा मुद्दा दायर गरिएका अन्य उच्च पदाधिकारीहरूमा अर्थ मन्त्रालयका तत्कालीन सचिव शङ्करप्रसाद अधिकारी, संस्कृ...
प्रतिनिधिसभाको बैठक बस्दै
राजनीति, समाचार

प्रतिनिधिसभाको बैठक बस्दै

नेपालअखबार, काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक शुक्रबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने छ । आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । यसैगरी बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।...
सर्वोच्चका न्यायाधीश रेग्मी र अख्तियार प्रमुख राईविरुद्ध महाभियोग लगाउन संसद्मा  पत्र
राजनीति, समाचार

सर्वोच्चका न्यायाधीश रेग्मी र अख्तियार प्रमुख राईविरुद्ध महाभियोग लगाउन संसद्मा पत्र

नेपालअखबार, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईमाथि महाभियोगको प्रस्ताव दर्ता हुनुपर्ने माग गर्दै संघीय संसद् सचिवालयमा निवेदन परेको छ । शंकर रजकले रेग्मी र राईमाथि महाभियोगको प्रस्ताव दर्ता हुनुपर्ने माग गरी संघीय संसद् सचिवालयमा सूचित गरेका हुन् । संघीय संसद् सचिवालय स्रोतले निवेदन प्राप्त भएको पुष्टि गर्‍यो । स्रोतले भन्यो, ‘केही साताअघि नै उजुरी दर्ता भएको हो ।’ नेपालको संविधानमा सर्वोच्च अदालतका न्यायाधीश र संवैधानिक पदाधिकारीहरूमाथि दुई तरिकाबाट महाभियोगको प्रस्ताव दर्ता हुने परिकल्पना छ । संविधानको धारा १०१(१) मा प्रतिनिधिसभाका एक चौथाइ सदस्यले महाभियोगको प्रस्ताव पेस गर्नसक्ने व्यवस्था छ । त्यस्तो प्रस्तावमा ‘प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाइ बहुमतबाट पारित भ...
कांग्रेसको संसदीय दलको बैठक बस्दै
राजनीति, समाचार

कांग्रेसको संसदीय दलको बैठक बस्दै

नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ । नेता भीष्मराज आङ्देम्बेले बिहीबार बिहानका लागि दलको बैठक बोलाएका हुन् । सिंहदरबारस्थित दलको कार्यालय बिहान ११ बजे बैठक बस्ने आङ्देम्बेको सचिवालयले जनाएको छ ।सचिवालयका अनुसार बैठक अघि बस्ने संसदीय दल कार्यसमिति बैठकले एजेन्डाहरू तय गर्ने छ ।...
गृहमन्त्री गुरुङको अभिव्यक्तिप्रति नागरिक अगुवाहरूको आपत्ति : शब्द फिर्ता लिएर माफी माग्न माग
राजनीति, समाचार, समाज

गृहमन्त्री गुरुङको अभिव्यक्तिप्रति नागरिक अगुवाहरूको आपत्ति : शब्द फिर्ता लिएर माफी माग्न माग

नेपालअखबार,काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले पत्रकारहरूलाई लक्षित गरी दिएको धम्कीपूर्ण अभिव्यक्तिप्रति नागरिक अगुवाहरूले गम्भीर आपत्ति जनाएका छन्। गृहमन्त्रीको अराजक शैली र वचनले शासनप्रणालीको वजन घटाएको उल्लेख गर्दै उनीहरूले अभिव्यक्ति तत्काल फिर्ता लिन र सार्वजनिक रूपमा माफी माग्न माग गरेका हुन्। भदौ २३ मा गृहमन्त्री गुरुङले दिएको समग्र अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै अधिकारकर्मी तथा सरोकारवालाहरूले त्यसको विरोध गरेका छन्। देशमा शान्ति सुरक्षा कायम गर्ने र विपद् व्यवस्थापनको अभिभारा बोकेको संवेदनशील पदमा रहेका व्यक्तिको आक्रामक टिप्पणीले पदको मर्यादा, संयम र गाम्भीर्य बुझ्न नसकेको देखिएको हस्ताक्षरकर्ताहरूको निष्कर्ष छ। गृहमन्त्रीको चयन तथा उनीमाथि लागेका आरोपको अनुसन्धान नै शंकाको घेरामा रहेको सन्दर्भमा प्रेसमाथिको आक्रमण सैह्य नहुने उनीहरूको भनाइ छ। राज्यसंयन्त्रलाई जवाफदे...
प्रधानमन्त्रीले बोलाए मन्त्रीपरिषद् बैठक
राजनीति, समाचार

प्रधानमन्त्रीले बोलाए मन्त्रीपरिषद् बैठक

नेपालअखबार, काठमाडौँ ।  प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउँसो ३ बजे बस्ने गरी मन्त्रीपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने गरी उक्त बैठक बोलाइएको हो। बैठकमा समसामयिक विषयहरूमा छलफल हुने प्रधानमन्त्रीकाे सचिवालयले जानकारी दियो। भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी प्रभावित क्षेत्रको खोज, उद्धार, राहत  र पुरस्थापनालाई थप प्रभावकारी बनाउन र आवश्यक निर्णय गर्न यो बैठक बोलाइएको सचिवालयकाे भनाइ छ ।...
संखुवासभामा चट्याङ लागेर एक जनाको मृत्यु, दुई गम्भीर
समाचार, समाज

संखुवासभामा चट्याङ लागेर एक जनाको मृत्यु, दुई गम्भीर

नेपालअखबार,संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिका–८ पोख्राङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । पाँचखपन नगरपालिका–८ पोख्राङमा गएराति वर्षासँगै आएको चट्याङ लागेर अलैँची भट्टीमा अलैँची केलाउँदै गरेका एक जनाको मृत्यु भएको छ, भने दुई जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा पाँचखपन –८ पोख्राङका २८ वर्षीय उमेश दाहाल रहेको प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए । चट्याङ लागेर गम्भीर घाइते भएका दाहाललाई उपचारका लागि पाँचखपन आधारभूत अस्पताल वानामा पुर्‍याइएको थियो । तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । चट्याङ लागेर सोही ठाउँका ६४ वर्षीय पुष्पलाल कटवाल र ६२ वर्षीय छत्रबहादुर दाहाल गम्भीर घाइते भएको राजवंशीले बताए । घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो ।  घाइते दुवै जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । घटनाबार...