रुसको प्रतिबन्ध हटाउने ट्रम्पको निर्णयप्रति चौतर्फी आलोचना
नेपालअखबार,काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि लगाइएका कडा प्रतिबन्धहरू छुट दिने निर्णय गरेपछि संसद्का दुवै दलका शीर्ष नेताहरूले त्यसको कडा शब्दमा भर्त्सना गरेका छन्।
गत महिना मात्रै आफैले हस्ताक्षर गरेर पारित गराएको प्रतिबन्धसम्बन्धी कानुनलाई ट्रम्पले अचानक कार्यकारी आदेशमार्फत निलम्बन गरेपछि यसलाई नेताहरूले ’जिम्मेवारीविहीन’ र ’शैतानसँगको सम्झौता’ को संज्ञा दिएका छन्।
शुक्रबार रातिेरूपमा राष्ट्रपति ट्रम्पले ’लिन्डसे ओ. ग्राहम सान्क्सनिङ रुस एन्ड इरान एक्ट’को कार्यान्वयनलाई छूट दिने कार्यकारी आदेश जारी गरेका हुन्। सेप्टेम्बरमा पारित यो कानुनले रुसलाई मात्र नभई रुसी तेल खरिद गर्ने अन्य देशहरूमाथि समेत व्यापक प्रतिबन्ध लगाउने लक्ष्य राखेको थियो।
चुनावपछि कंग्रेसको बैठक बस्दा रुसी डिजेल सम्झौताको पहिल्यै विरोध गरिरहेका सांसदहरू अब ट्रम्पको यो नयाँ प्रतिबन्ध छुटको निर्णय...









