Saturday, October 17

खेलकुद

धरानमा बढ्दै साइक्लिङको क्रेज, खेलकुददेखि पर्यटनसम्म जोडिँदै युवा
खेलकुद, समाचार

धरानमा बढ्दै साइक्लिङको क्रेज, खेलकुददेखि पर्यटनसम्म जोडिँदै युवा

नेपालअखबार, सुनसरी । धरान ‘लाहुरेको सहर’का रूपमा परिचित छ । आधुनिक जीवनशैली र फेसनेबल सहरका रूपमा समेत चिनिएको धरान पछिल्लो समय साइक्लिङका लागि पनि परिचित हुँदै गएको छ । धरानका सडकदेखि आसपासका डाँडाकाँडा र ग्रामीण क्षेत्रसम्म साइकल चलाउने युवाको सङ्ख्या बढ्दो छ । साइकललाई मनोरञ्जन र यात्राको साधनका रूपमा मात्र नभई खेलकुद, साहसिक यात्रा र पर्यटनसँग जोडेर अघि बढाउने युवाहरू पनि धरानमा उत्तिकै छन् । धरान–११ का १८ वर्षीय दीपसागर तामाङको साइकल यात्रा अहिले साहसिक तथा प्रतिस्पर्धात्मक साइक्लिङसम्म पुगेको छ । सानै उमेरदेखि साइकल चलाउन रुचि राख्ने तामाङ जुनियर नेसनल च्याम्पियनसमेत भइसकेका छन् । बाल्यकालमा साथीहरूले साइकल चलाएको देखेर उनलाई पनि चलाउन रहर जाग्यो । सामान्य साइकलबाट सुरु भएको उनको यात्रा अहिले नेपालका विभिन्न स्थान हुँदै भारतको आसामसम्म र माउन्टेन बाइकिङ प्रतियोगितासम्म पुगेको छ । ...
पुम्दीको महादेवलाई परिक्रमा गर्दै २४ गते ‘पर्वतीय दौड’को तयारी
खेलकुद, समाचार, समाज

पुम्दीको महादेवलाई परिक्रमा गर्दै २४ गते ‘पर्वतीय दौड’को तयारी

नेपालअखबार, पोखरा । सञ्चार र पर्यटनसँग खेल पर्यटनलाई जोड्दै पोखरामा तेस्रो पर्वतीय दौड प्रतियोगिता आयोजना हुने भएको छ। पर्यटकीय राजधानी पोखराको आर्थिक समृद्धिका लागि खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले विश्व पर्यटन दिवसको सन्दर्भ पारेर आगामी असोज २४ गते शनिबारप्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रतियोगिता विश्वशान्ति स्तूपबाट सुरु भई पुम्दीकोटस्थित विशाल महादेवको मूर्ति परिक्रमा गर्दै पोखरा–२२ वडा कार्यालय हुँदै न्यालडाँडास्थित कालाबाङ घरेडी बुद्ध पार्कमा पुगेर समापन हुनेछ। प्रतियोगिता ८ किलोमिटर दूरीको हुने आयोजकले जनाएको छ। प्रतियोगितामा खुला, वडास्तरीय खुला, महिला, यू–१६, विदेशी र भेट्रान गरी छ वटा इभेन्ट समावेश गरिएको छ। पहिलो संस्करणमा बेलायत र ब्राजिलसहित विभिन्न देशका ७१ पुरुष र ३३ महिला गरी १०४ जनाले अनलाइन फाराम भरेका थिए। प्रतिकूल मौसमका कारण ७९ जना सहभागी भएका थिए। दो...
पोखरा विश्वविद्यालयमा सुपरकप फुटबल हुने, विजेतालाई १ लाख १५ हजार
खेलकुद, समाचार

पोखरा विश्वविद्यालयमा सुपरकप फुटबल हुने, विजेतालाई १ लाख १५ हजार

नेपालअखबार,पोखरा । पोखरा विश्वविद्यालयमा सुपरकप फुटबल हुने भएको छ। विश्वविद्यालय अन्तर्गतकै फुटबल क्लबले जेठ २९ गतेदेखि असार ५ गतेसम्म तेस्रो संस्करणको प्रतियोगिता आयोजना गर्न लागेको हो । लेखनाथको भण्डारढिक खेल मैदानमा हुने उक्त प्रतियोगिताको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ । नेपालभरका विश्वविद्यालयस्तरीय कलेजहरूलाई खेलकुदको माध्यमबाट जोड्ने र विद्यार्थीहरूमा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष बिमान प्रधानले जानकारी दिए। उनका अनुसार प्रतियोगितामा पहिलो हुने टोलीले नगद १ लाख १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।त्यसैगरी उपविजेताले नगद ७० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको उनले बताए । उत्कृष्ट खेलाडीलाई ३ हजार ३ सय ३३, उत्कृष्ट डिफेन्...
नयाँ बर्षको अवसरमा आयोजित रात्रिकालीन सडक दौडको तयारी अन्तिम चरणमा
खेलकुद, समाचार

नयाँ बर्षको अवसरमा आयोजित रात्रिकालीन सडक दौडको तयारी अन्तिम चरणमा

नेपालअखबार,पोखरा । नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर आयोजना हुन लागेको “पोखरा नाइट स्ट्रिट रेस–२०८३” (रात्रिकालीन सडक दौड) को तयारी अन्तिम चरणमा पुगेको छ। पोखरा क्लिक र पोखरा प्रवर्द्धन केन्द्रको संयुक्त आयोजनामा यही चैत २८ गते हुने प्रतियोगिताबारे शनिबार फिस्टेल ड्रिम पार्कमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो। पाँच किलोमिटर दूरीको उक्त दौड सोही दिन बेलुका ७ बजे बाराहीघाटबाट सुरु भई सेन्टर प्वाइन्ट, हल्लनचोक, जिरो कि.मि., सिर्जनाचोक, सभागृहचोक, न्यूरोड र चिप्लेढुङ्गा हुँदै महेन्द्रपुलस्थित झण्डा पार्कमा पुगेर समापन हुनेछ। कार्यक्रमका संयोजक दीननाथ बरालका अनुसार रात्रिकालीन व्यवसाय प्रवर्द्धन, शान्ति–सुरक्षा सन्देश प्रवाह तथा खेलकुदमार्फत पर्यटन विस्तार गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको हो। “जाग्छ पोखरा, दौडाउँछ पोखरा” भन्ने नारासहितको यो कार्यक्रमले सहरलाई २४ सै...
टाइगर कपः न्यू डायमण्डसँग थाइल्याण्ड पराजित, पुलिस फाइनलमा प्रवेश
खेलकुद, समाचार

टाइगर कपः न्यू डायमण्डसँग थाइल्याण्ड पराजित, पुलिस फाइनलमा प्रवेश

नेपालअखबार,पोखरा । छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ न्यू डायमण्ड स्पोट्स क्लबले थाइल्याण्ड क्विन्सलाई सोझो सेटमा पराजित गरेसँगै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा जारी च्याम्पियनसिपअन्तर्गत आजको दोस्रो खेलमा न्यू डायमण्डले थाइल्याण्डलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । न्यू डायमण्डले पहिलो सेट २५–२१, दोस्रो सेट २५–२३ र तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पारेको हो । न्यू डायमण्ड अपराजित रहँदै फाइनलमा पुगेको हो । थाइल्याण्ड पराजित भएसँगै ४ खेलबाट ७ अंक जोडेको पुलिस फाइनलमा प्रवेश गरेको हो । थाइल्याण्डले ४ खेलबाट ६ अंक प्राप्त ग¥यो । अब महिलातर्फको उपाधिका लागि न्यू डायमण्ड र नेपाल पुलिस क्लब भिड्नेछन् । तेस्रो स्थानका लागि थाइल्याण्ड क्विन्स र सशस्त्र प्रहरी बल एपीएफबिच प्रतिष्पर्धा हुनेछ । ...
आइटिएफ जे३० वर्ल्ड टेनिस टुर पोखरा, सिभालीलाई दोहोरो उपाधि, रचिन दोहोरो इतिहास
खेलकुद, समाचार

आइटिएफ जे३० वर्ल्ड टेनिस टुर पोखरा, सिभालीलाई दोहोरो उपाधि, रचिन दोहोरो इतिहास

नेपालअखबार, पोखरा । पोखरामा सम्पन्न आइटिएफ जे३० वर्ल्ड टेनिस टुर सर्किट २ मा सिभाली गुरूङले दोहोरो उपाधि रच्दै आफ्नो उमेर समुहमा इतिहास रचेकी छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा गत शनिबार पोखरामा सम्पन्न सर्किट १ मा समेत सिभालीले दोहोरो उपाधि जितेकी थिइन् । १४ वर्षको उमेरमा नै गर्ल्स सिंगल्स र डबल्समा जे३० सर्किट १ र २ मा दोहोरो उपाधि जितेर इतिहास रच्दै आफूले ७५ अंक समेत बटुल्न सफल भएकी छन् । जनवरीमा आयोजना हुने अस्ट्रेलियन ओपन इलाइट ट्रफीको समेत तयारीमा रहेकी सिभालीले शनिबार सम्पन्न फाइनलमा ताइपेइकी के–ची सुलाई सोझो सेटमा पराजित गरी उपाधि हात पारिन । पहिलो सेट ६–२ ले जित्दै ताइपेइकी खेलाडीलाई दबाबमा राख्न सफल उनले दोस्रो सेटमा आफ्नो दबदवा कायम गर्दै ६–१ ले जितिन् । यस्तै गर्ल्स डबल्समा नेपालकी शिभाली गुरूङ र ताइपेईकी के–ची सुको जोडीले फाइनलमा भारतकी तेजस्वी मन्नेनी र न्युजिल...
सिद्धार्थ बैंकद्वारा ‘ग्रासरुट टेनिस’लाई सहयोग
खेलकुद, समाचार

सिद्धार्थ बैंकद्वारा ‘ग्रासरुट टेनिस’लाई सहयोग

नेपालअखबार,पोखरा । सिद्धार्थ बैंकले गण्डकी प्रदेश टेनिस संघद्वारा सञ्चालित ‘ग्रासरुट टेनिस’ प्रशिक्षण कार्यक्रमलाई सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग गरेको हो । गण्डकी प्रदेश टेनिस संघले विगत दुई वर्ष देखि निरन्तर रुपमा सञ्चालन गर्दै आएको सो प्रशिक्षण कार्यक्रम गरिव तथा विपन्न वर्गका बालबालिकाहरुलाई लक्षित गरेको गण्डकी प्रदेश टेनिस संघका महासचिब नविन चालिसेले बताएका छन् । सिद्धार्थ बैंकले हरेक वर्ष २ लाख सहयोग गर्दै आएको बताउँदै महासचिब चालिसेले यो सहयोग गरिब तथा विपन्न वर्गका बालबालिकाहरुको टेनिस मार्फत जिवनस्तर माथी उठाउनसँगै सामाजमा अनुशासित नागरिक उत्पादन समेत सहयोग पुग्ने बताए । शनिबार पोखरा रंगशालामा आयोजित एक कार्यक्रमका बीच लेकसाइडस्थित बैंकका शाखा प्रवन्धक अनिरुद्र बरालले ग्रासरुट प्रशिक्षणमा रहेका ३० जना बालबालिका लाई न्यानो पोशाक अन्तर्ग...
दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौडको उपाधि सुदूरपश्चिमका राउतलाई
खेलकुद, समाचार, हाइलाइट-समाचार

दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौडको उपाधि सुदूरपश्चिमका राउतलाई

नेपालअखबार, पोखरा। दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिताको उपाधि नरेन्द्रसिंह रावतले जितेका छन् । सुदूरपश्चिमका राउतले निर्धारित आठ किमी दूरी ३५ मिनेट ४४ सेकेण्डमा पूरा गर्दै नगद ५० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । सुदूरपश्चिमकै करन रावल दोस्रो र कर्णालीका दलबहादुर कुँवर तेस्रो भए । करनले निर्धारित दूरी ३६ मिनेट ३३ सेकेण्डमा पार गर्दा दलबहादुरले ३७ मिनेट १६ सेकेण्ड लगाएको निर्णायक ओमबहादुर गुरुङले जानकारी दिए । दोस्रोले ३० हजार र तेस्रोले १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । गौतम श्रेष्ठ चौथो हुँदै सात हजार जिते भने पाँचौं भएका सफल लामाले तीन हजार प्राप्त गरे । छैटौंदेखि दशौंसम्म क्रमशः पञ्चराम बुढा, बुद्धिराम गुरुङ, जोगेन्द्र बुढा, तेञ्जोन रोका मगर र इमोन गुरुङले जनही एक हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । विदेशी पर्यटकतर्फ फ्रान्सका थियो डनेटले ४९ः५१ मिन...
दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड : ६ वटा प्रदेशबाट १ सय जनाको नाम दर्ता
खेलकुद, समाचार

दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड : ६ वटा प्रदेशबाट १ सय जनाको नाम दर्ता

नेपालअखबार, पोखरा । विश्व पर्यटन दिवस (२७ सेप्टेम्बर) अवसरमा पोखरामा हुने दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगितामा भाग लिने धावकको नाम दर्ता जारी छ । हालसम्म मधेश प्रदेशबाहेक ६ वटा प्रदेशबाट १ सय जना खेलाडीहरुले नाम दर्ता गराएका छन् । प्रतियोगिता संयोजक दीननाथ बरालका अनुसार असोज ११ गते हुने ८ किमी दूरीको उक्त प्रतियोगितामा भाग लिन नेपालसहित बेलायती नागरिकले पनि नाम दर्ता गराएका छन् । कम्तीमा २ सयदेखि २५० जना खेलाडीहरु सहभागी गराउने लक्ष्य रहेकाले दर्ता अझै केही दिन रहने उनले बताए । फष्ट कम फष्ट सर्भिस आधारमा २५० जना खेलाडीहरुको नाम दर्ता पुग्नसाथ फर्म बन्द गरिनेछ । फर्म भर्न चाहनेले पोखरा क्लिक अनलाइनमा गई भर्नुपर्नेछ । खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा प्रवर्धन केन्द्र र पोखरा क्लिक प्रालिको संयुक्त आयोजनामा हुने उक्त प्रतियोगिता यसअघि असोज ४ मा हुने भनिए पनि जेनजी ...
पर्वतीय दौड एक साता पछि सर्यो, अब असोज ११ गते
खेलकुद, समाचार

पर्वतीय दौड एक साता पछि सर्यो, अब असोज ११ गते

नेपालअखबार,पोखरा ।  दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिता निर्धारित मिति भन्दा एक साता पछि सरेको छ । अब सो प्रतियोगिता विश्व पर्यटन दिवसकै दिन असोज ११ गते शनिबार हुनेछ । जेन–जीको आन्दोलनसँगै मुलुकमा उत्पन्न पछिल्लो परिस्थितिका कारण आयोजकले उक्त निर्णय गरेको प्रतियोगिता संयोजक दीननाथ बरालले बताए । खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा प्रवर्धन केन्द्र र पोखरा क्लिक प्रालिको संयुक्त आयोजनामा असोज ४ गते प्रतियोगिताको तयारी गरिएको थियो । मिति सार्नुपरेकोमा यसबाट पर्न गएको असुविधाप्रति आयोजकले सम्पूर्ण खेलाडी, खेलकुदकर्मी, उद्योगी व्यवसाय, अतिथि महानुभावसहित शुभेच्छुकमा क्षमायाचना गरेको छ । पोखरा–२२ स्थित विश्व शान्ति स्तुपदेखि कालाबाङ घरेडी बुद्धपार्कसम्मको ८ किमी दूरीमा विभिन्न ६ इभेन्टमा प्रतियोगिता हुनेछ । हालसम्म ७५ जना धावकले दौडमा भाग लिन अनलाइन फर्म भरेका छन् ।...