Friday, October 31

Author: admin

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता खनालले अर्को पार्टी बनाउने
राजनीति, विचार, समाचार

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता खनालले अर्को पार्टी बनाउने

नेपालअखबार,काठमाडौँ ।  नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अर्को पार्टी बनाउने बताएका छन्। केन्द्रीय कमिटी बैठकले माओवादी केन्द्रसहित समाजवादी मोर्चा घटक दलसँग एकता गर्ने निर्णय गरेपछि सम्मानित नेता खनालले समयले एकीकृत समाजवादी पुनः गठनको माग गरेको बताएका हुन्। 'अब हामी अर्को पार्टी बनाउँछौं। यसको स्वरूप कस्तो हुन्छ, त्यो अहिले नै तय भएको छैन। तर पार्टी पुनः गठन गर्छौं नै,' उनले भने। क्रान्तिकारी चेतना र जागरणसहितको पार्टी बनाउने पनि उनले बताए। अध्यक्ष माधवकुमार नेपालले एकता प्रस्ताव अनुमोदनका लागि आग्रह गरेलगत्तै आफूले बोल्न खोज्दा समय उपलब्ध नगराइएको उनले बताए। 'यस्तो तानाशाही तरिकाले पार्टी चल्दैन। क्रान्तिकारी पार्टी निर्माण गर्ने अवसर आएको छ। हामी त्यो कार्यभार पूरा गर्छौं,' उनले भने। शुक्रबार सकिएको केन्द्रीय कमिटी बैठकले माओवादी केन्द्र, महिन्द्रराय ...
नेकपा एकीकृत समाजवादीले एकताको गर्ने : अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार

नेकपा एकीकृत समाजवादीले एकताको गर्ने : अध्यक्ष नेपाल

नेपालअखबार,काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्र र महिन्द्र राय यादव नेतृत्वको नेसपासँगको एकतालाई अनुमोदन गरेको छ । बुधवारदेखि धुम्बाराहीमा जारी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकको निष्कर्ष सुनाउँदै पार्टी अध्यक्ष नेपालले एकता प्रस्ताव सर्वसम्मतले अनुमोदन भएको सुनाएका हुन् । यद्यपि, बैठकमा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीसहित ६० भन्दा बढी नेताले पार्टी पुनर्गठन र एकताविरुद्ध धारणा राखेका थिए ।...
एमालेमा ६ लाख ६० हजार सदस्यबाट प्रतिनिधि चयन हुने
राजनीति, समाचार

एमालेमा ६ लाख ६० हजार सदस्यबाट प्रतिनिधि चयन हुने

नेपालअखबार,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनका लागि छ लाख ६० हजार सङ्गठित सदस्यबाट प्रतिनिधि चयन हुनेछन् । एमाले सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीले महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्ने ती सङ्गठित सदस्यले २०८२ चैत मसान्तसम्म सदस्यता नवीकरण गरिसकेको बताए। उनले भने, ‘हामीले सबै सङ्गठित सदस्यको प्रमाणीकरण गर्ने काम अन्तिम चरणमा पुर्‍याएका छौँ । करिब छ लाख ६० हजार सङ्गठित सदस्यबाट नै प्रतिनिधि छनोट हुनेछन्।’ भोलि बस्ने सचिवालय बैठकले सङ्गठित सदस्यबाट प्रतिनिधि छनोट गर्ने मापदण्ड बनाउने विभाग प्रमुख अधिकारीले जानकारी दिए । यसअघि पार्टीको १०औँ महाधिवेशनका लागि आठ लाख ५० हजार सङ्गठित सदस्यबाट प्रतिनिधि छनोट गरिएका थिए। एमालेको १ औ महाधिवेशन आगामी मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा तोकिएको छ।...
मुस्ताङको सरिबुङ पासमा विदेशी पदयात्रीसहित १४ जना सम्पर्कविहीन
समाचार, समाज

मुस्ताङको सरिबुङ पासमा विदेशी पदयात्रीसहित १४ जना सम्पर्कविहीन

नेपालअखबार, मुस्ताङ । मुस्ताङ र मनाङ जोड्ने पर्यटकीय पदमार्ग सरिबुङ पास गएका १४ जना पदयात्री तीन दिनदेखि सम्पर्कविहीन भएका छन् । यहाँको लोघेकर दामोदरकुण्ड-४ याराबाट दामोदरकुण्ड हुँदै सरिबुङ पास हुँदै मनाङको फुगाउँ निस्किने क्रममा हिमपातका कारण मङ्गलबारदेखि तीन जना अष्ट्रियन नागरिकसहित ११ जना नेपाली पथप्रदर्शक सम्पर्कविहीन भएका हुन् । मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले उनीहरू बिहीबार साँझ सम्पर्कविहीन भएको सूचना प्राप्त भएको बताए । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको सीमावर्ती दामोदरकुण्ड क्षेत्रको मुस्ताङ-मनाङ सरिबुङ पास समुन्द्री सतहदेखि ६ हजार मिटर उचाइमा पर्दछ। त्यहाँ भारी हिमपात भएकाले विदेशी पदयात्रीसहित १४ जनाको टोली सम्पर्कविहीन भएको उनले उल्लेख गरे । यसैबीच, जिल्ला प्रशासन कार्यालय मुस्ताङले सम्पर्कविहीन रहेका पदयात्रीहरू दामोदरकुण्डस्थित तीर्...
अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह
प्रशासन, समाचार

अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह

नेपालअखबार,काठमाडौँ । जिल्ला प्रशासन कार्यालय चितवनले अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह गरेको छ । कार्यालयले  शुक्रबार एक विज्ञप्ति जारी गर्दै वर्षा नरोकिएको खण्डमा पहिरोको जोखिम थप बढ्न सक्ने भन्दै सकभर आज यात्रा नगर्न आग्रह गरेको हो । 'मुग्लिङ सडक खण्डको तुइनखोला लगायत पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ मलेखु खण्डका विभिन्न स्थानहरूमा हिजो साँझदेखि लगातार स–सानो पहिरो गइरहेको र त्यस्तो पहिरो पन्छाई सवारी आवागमन सुचारु गरिएको छ,जारी सूचनामा भनिएको छ, 'वर्षा नरोकिएको खण्डमा पहिरोको जोखिम थप बढ्न सक्ने अवस्था समेत रहेकोले उक्त सडक खण्ड भएर यात्रा गर्नुहुने यात्रु महानुभावहरूले अत्यावश्यक परेको अवस्था बाहेक सकभर आज यात्रा नगर्नुहुन अनुरोध छ ।'...
राष्ट्रपति पौडेल कात्तिक १७ गते कतार भ्रमणमा जाने
राजनीति, समाचार

राष्ट्रपति पौडेल कात्तिक १७ गते कतार भ्रमणमा जाने

नेपालअखबार,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुने भएका छन् । कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी सम्मेलनमा सहभागी हुन लागेका परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिए । सो औपचारिक भ्रमणका लागि उनी यही कात्तिक १७ गते त्यसतर्फ प्रस्थान गर्ने उनले बताए । राष्ट्रपति पौडेलले सम्मेलनको मुख्य सत्रलाई कात्तिक १८ गते सम्बोधन गर्नेछन् । संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार हुन लागेको उक्त सम्मेलन सदस्य राष्ट्रका लागि धेरै महत्त्वपूर्ण हुने विश्वास लिइएको छ । भ्रमणबारेमा जानकारी दिन आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव राईले ३० वर्षपछि हुन लागेको सो दोस्रो सम्मेलनको महत्त्व ...
हिमपातपछि उपल्लो डोल्पामा सञ्चार अवरुद्ध
समाचार, समाज

हिमपातपछि उपल्लो डोल्पामा सञ्चार अवरुद्ध

नेपालअखबार,सुर्खेत । लगातारको हिमपात पछि उपल्लो डोल्पामा चार दिनदेखि सञ्चार सेवा अवरुद्ध भएको छ । हिमपातका कारण नेपाल टेलिकमको टेलिफोन सेवा चार दिन देखि अवरुद्ध भएको स्थानीयले बताएका छन् । पछिल्लो समय पाँच दिन देखि लगातार परेको हिमपातका कारण जनजीवन कष्टकर बन्नुका साथै सञ्चार सेवा समेत अवरुद्ध भएको शे–फोक्सुन्डो गाउँपालिकाका–५, भिरेलकी पेमा गुरुङले जानकारी दिइन् । ‘नेपाल टेलिकमका टावरले घाम लागेपछि मात्रै काम गर्छन् । चार दिन देखि गाउँमा फोनको नेटवर्क छैन,’ गुरुङले अनलाइनखबरसँग भनिन, ‘म आजै सदरमुकाम दुनै झरेको छु । गाउँमा त कतै पनि सम्पर्क हुन सकेको छैन ।’ माथिल्लो डोल्पामा वर्षौं पुराना टेलिकमका टावरले राम्रोसँग सेवा नदिएको उनले गुनासो पोखिन् । अहिलेको समयमा गाउँमा मोटर बाटो पुग्नु त परको कुरा सामान्य सञ्चार सेवा समेत पुग्न नसकेको उनले बताइन् । जसले गर्दा वर्षौँदेखि सर्वसाधारणहरू मारमा ...
लगातारको वर्षाले महोत्तरीका किसानले थन्काउन पाएनन् धान
कृषि, समाचार, समाज

लगातारको वर्षाले महोत्तरीका किसानले थन्काउन पाएनन् धान

नेपालअखबार,महोत्तरी । दीपावली र छठसहितका मुख्य पर्व मनाएका महोत्तरीका किसान अहिले मुख्यबाली धान थन्क्याउन नपाएर बेचैन भएका छन् । चाडपर्व सकेर धान काट्ने, चुट्ने र थन्क्याउने मेसोमा लागेका किसानलाई बुधबार मध्यरातपछि लगातार परेको पानीले आकुलव्याकुल बनाएको हो। आज पनि बिहानभरि झमझम वर्षा भइरहेको छ । महोत्तरीसहितका मधेसमा गत मङ्गलबार बिहानदेखि मौसम धुम्मिएर बुधबार बिहान सिमसिम पानी परेको थियो । बुधबार दिउँसो घाम लागे पनि मध्यरात कटेपछि झमझम पानी परिरहेपछि खेतमा पाकेको धान काट्न, चुट्न र थन्क्याउन नपाएपछि किसानको चिन्ता बढेको हो। खासगरी महोत्तरीका उत्तरी क्षेत्रका बर्दिबास, गौशाला र भङ्गाहा नगरपालिका क्षेत्रका किसान अहिले मुखको पाकेको बाली थन्क्याउन नपाउँदा चिन्तामा परेका छन् । बुधबार मध्यरातपछि पर्न थालेको पानी छिनछिन रोकिँदै अझै पर्दैछ। बिहीबारदेखि परेको चोटिलो पानीले पाकेको धान बोटबा...
बेलायती राजकुमार एन्ड्रयूको शाही पद खोस्ने प्रक्रिया सुरु
राजनीति, विश्व, समाचार

बेलायती राजकुमार एन्ड्रयूको शाही पद खोस्ने प्रक्रिया सुरु

नेपालअखबार, लन्डन । बेलायतका राजा चार्ल्सका भाइ राजकुमार एन्ड्रयूलाई राजकुमारको उपाधिबाट वञ्चित गर्ने प्रक्रिया सुरु गरिएको छ । योसँगै उनलाई विन्डसरको रोयल लजबाट हटाइने भएको छ । बकिङ्घम दरबारले बिहीबार राति यससम्बन्धी एउटा विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिका अनुसार राजा चार्ल्सले एन्ड्रयूका सबै शाही पद, उपाधि र सम्मान औपचारिक रूपमा हटाउने प्रक्रिया सुरु गरेका छन् । एन्ड्रयूले यो महिनाको सुरुमा ड्यूक अफ यर्क समेतका सबै शाही पद छाडेका थिए । अमेरिकी व्यापारी जेफ्री एप्स्टिन प्रकरणसँग उनको नाम जोडिएपछि उनी विवादमा आएका थिए । यसैबिच चार्ल्सले यो कदम चालेका हुन् । यस महिनाको सुरुमा प्रकाशित भएको भर्जिनिया गिफ्रेको मरणोपरान्त संस्मरणमा उनले किशोरावस्थामै हुँदा आफूले राजकुमार एन्ड्रयूसँग अलग–अलग तीन अवसरमा यौनसम्पर्क गरेको आरोप दोहोर्‍याएकी थिइन् । एन्ड्रयूले सधैँ ती दाबीहरूलाई अस्वीकार ...
बाढीले तेताङमा १२ च्याङ्ग्रा मरे, सिँचाइ कुलो र खानेपानीमा क्षति
समाचार, समाज

बाढीले तेताङमा १२ च्याङ्ग्रा मरे, सिँचाइ कुलो र खानेपानीमा क्षति

नेपालअखबार,मुस्ताङ । वारागुङ मुक्तिक्षेत्र–३ तेताङ गाउँमा बाढीले बगाएर १२ च्याङ्ग्रा मरेका छन् । वर्षासँगै तेताङ गाउँबीचको मङ्च खोलाको बाढी बगाएर चार खसी र आठ च्याङ्ग्रा मरेका हुन् । मुस्ताङका प्रहरी नायब उपरीक्षक छिरिङकिप्पा लामाका अनुसार बिहीबार तेताङ गाउँमाथिबाट बाढीले पुर्‍याएको क्षति विवरण संकलन गर्न तथा उद्धारका लागि इलाका प्रहरी कार्यालय छुसाङको प्रहरी टोली तेताङ पुगेको छ । अहिले प्रहरी टोली तेताङ गाउँ पुगिसकेको र विवरण आउन बाँकी रहेको उनले बताए । यसैगरी मङ्च खोलाको बाढीले तेताङ गाउँकाको सिँचाइ कुलो र खेतका पर्खालमा क्षति पुगेको स्थानीय सोनाम छिरिङ गुरुङले जानकारी दिए । तेताङमा करिब १५ मिटरभन्दा बढी सिँचाइ कुलो बाढीले बगाएको छ । तेताङ गाउँमा खानेपानी सेवा अवरुद्ध भएको । यसैगरी जिल्ला ट्राफिक कार्यालय जोमसोमदेखि तल रहेको कार्यालय भवनमा वर्षाका कारण ढुंगा खस्दा कार्यालय भव...