राष्ट्रविरोधी अभिव्यक्ति दिने व्यक्ति प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैन- झलनाथ खनाल
नेपालअखबार,काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले भारतसँग सीमा विवादबारे प्रधानमन्त्री बालेन शाहले आइतबार संसदमा दिएको अभिव्यक्ति खतरनाक रहेको बताएका छन्।
सोमबार सामाजिक सञ्जालमा प्रतिक्रिया लेख्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले प्रधानमन्त्री बालेनको अभिव्यक्ति राष्ट्रविरोधी रहेको र यस्ता अभिव्यक्ति दिने व्यक्ति प्रधानमन्त्रीको कुर्सीमा बस्न नसुहाउने बताएका हुन्।
प्रधानमन्त्री बालेनको अभिव्यक्तिले ३ करोड नेपाली जनताको देशभक्तिपूर्ण भावनामाथि कुठाराघात भएको पनि खनालले बताएका छन्।
'राष्ट्र विरोधी अभिव्यक्ति दिने यस्ता व्यक्तिलाई देशको प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैन साथै, यस सम्बन्धमा प्रधानमन्त्री बालेन्द्र साहले माफी नमागेसम्म विरोध र भर्त्सना गर्न म सम्पूर्ण देशभक्त जनता र शक्तिहरुलाई जोडदार आग्रह गर्दछु,' उनले लेखेका छन्।
नेता खनाल...








