पोखरामा कात्तिक १३ गते बिपुल क्षेत्रीको लाइभ कन्सर्ट हुँदै
नेपालअखबार, पोखरा । नेपाली संगीतप्रेमीहरूका लागि चर्चित गायक तथा गीतकार बिपुल क्षेत्री पोखरामा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिने भएका छन्। बिपुल क्षेत्री तथा उनको ब्यान्डको प्रस्तुति रहने ‘बिपुल क्षेत्री लाइभ इन पोखरा’ आगामी कात्तिक १३ गते शुक्रबार पोखराको लेकसाइडस्थित बाराहीघाट मैदानमा आयोजना हुने भएको हो।
एक्सट्रिम इनर्जी ड्रिंक्सको प्रस्तुतिमा हुन लागेको उक्त कार्यक्रम प्रचार नेपाल प्रालिको आयोजनामा हुन लागेको हो। बिपुलको नेपाल भ्रमणअन्तर्गत सञ्चालन भइरहेको ‘प्रवाह नेपाल टुर २०२६’ को यो एक महत्त्वपूर्ण प्रस्तुति हो। उक्त टुरको व्यवस्थापन तथा सञ्चालन ताक्षक इन्टरटेनमेन्ट र प्रोजेक्ट स्टुडियोले गरिरहेका छन्।
कार्यक्रमका लागि प्रारम्भिक चरणका टिकट बिक्री खुला भइसकेका छन्। दर्शकले खल्ती एप तथा अनलाइन प्लेटफर्ममार्फत टिकट खरिद गर्न सक्नेछन्।
पोखरामा सांगीतिक माहोल बनाउने तयारी बिपुल ...










