Saturday, July 11

स्याङ्जामा आँगनमै आएर चितुवाले चिथोर्दा एक जना घाइते

नेपाल अखबार, पाेखरा। स्याङ्जामा आज (सोमबार) बिहान चितुवाले चिथोर्दा एक जना घाइते भएका छन्।
स्याङ्जा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले दिएको जानकारीअनुसार वालिङ नगरपालिका वडा नम्बर ११, स्वरेक टापु निवासी ६७ वर्षीय खगिसरा पंगेनी (पुरुष) लाई बिहान २ बजेतिर चितुवाले झम्टेको हो।
ब्याएको भैंसी हेरेर घरको आँगनमा बसिरहेका बेला उनलाई चितुवाले चिथोरेको हो।
डीएसपी अधिकारीका अनुसार उनको टाउको र दुवै हातमा चोट लागेको छ। स्थानीय स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि उनलाई बिहान ६ बजे गण्डकी मेडिकल कलेज (पोखरा) लगिएको प्रहरीले जानकारी दिएको छ।

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *