Saturday, May 9

बैंक-बिमा

राष्ट्र बैंकले विदेशमा गरेको लगानी १८ खर्ब नाघ्यो
बैंक-बिमा, समाचार

राष्ट्र बैंकले विदेशमा गरेको लगानी १८ खर्ब नाघ्यो

नेपालअखबार,काठमाडौँ । नेपाल राष्ट्र बैंकले विदेशमा गरेको लगानी १८ खर्ब नाघेको छ ।  राष्ट्र बैंकको तथ्यांक अनुसार असोज महिनासम्म विदेशी सुरक्षण पत्रमा  १८ खर्ब ११ अर्ब रुपैयाँ बराबरको लगानी पुगेको हो । असार मसान्तमा यो रकम १५ खर्ब ६ अर्ब रुपैयाँ थियो । राष्ट्र बैंकको मुख्य आम्दानीको स्रोतको रूपमा यही लगानी रहँदै आएको छ । विदेशबाट आएको रेमिटेन्स लगायत विदेशी मुद्राबापत नेपाली रकम दिएर राष्ट्र बैंकले यो रकम विदेशी ऋणपत्रहरूमा गर्ने गर्छ । राष्ट्र बैंकको आम्दानीको सबैभन्दा मुख्य स्रोत नै यही हो । यो अवधिसम्म देशमा ७ खर्ब ८८ अर्ब रुपैयाँ बराबरको नगद बजारमा प्रवाह भएको छ । असार मसान्तमा यो रकम ७ खर्ब ५० अर्ब रुपैयाँ रहेको थियो । चाडबाडको कारण यो वर्ष थप २८ अर्ब रुपैयाँको माग भएको देखिन्छ । तीन महिनाको अवधिमा राष्ट्र बैंकको ब्यालेन्स सिटको आकार २ खर्ब ९३ अर्ब रुपैयाँले बढेर २९ खर्ब  ५० अर्ब...
रसुवा बाढी पहिरोमा बीमा मागदाबी अर्ब नजिक, हिमालयन एभरेष्ट कम्पनीलाई झड्का
बैंक-बिमा, समाचार

रसुवा बाढी पहिरोमा बीमा मागदाबी अर्ब नजिक, हिमालयन एभरेष्ट कम्पनीलाई झड्का

नेपालअखबार, काठमाडौँ । रसुवा बाढी पहिरोमा बीमा मागदाबी अर्ब नजिक पुगेको छ । गत असार २३ गते नेपाल चीन सिमानास्थित रसुवागढी क्षेत्रस्थित भोटेकोशी खोलामा आएको बाढी र पहिरोका कारण भएको क्षतिबापत बीमा कम्पनीहरूमा करिब १ अर्ब रुपैयाँ बराबरको दाबी परेको हो । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार साउन २२ गतेसम्ममा विभिन्न ११ वटा निर्जीवन बीमा कम्पनीमा ७८ वटा दाबीमार्फत कुल ९८ करोड ५९ लाख ८२ हजार १५६ रुपैयाँ माग गरिएको हो । विवरणअनुसार सबैभन्दा बढी दाबी रकम हिमालयन एभरेष्ट इन्स्योरेन्समा परेको छ । सो कम्पनीमा जम्मा २ वटा दाबीमार्फत एक्लैको ५५ करोड रुपैयाँको मागदाबी परेको छ । त्यसबाहेक शिखर इन्स्योरेन्सको १६ करोड ९६ लाख, नेपाल इन्स्योरेन्सको ८ करोड ४३ लाख सानिमा जीआईसीको ५ करोड ८४ लाख, नेको इन्स्योरेन्सको ५ करोड ६७ लाख र सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २ करोड ६५ लाख रुपैयाँ रहे...
राष्ट्रिय वाणिज्य बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड रुपैयाँ सहयोग
बैंक-बिमा, समाचार, समाज

राष्ट्रिय वाणिज्य बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड रुपैयाँ सहयोग

नेपालअखबार,काठमाडौँ ।  राष्ट्रिय वाणिज्य बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड रुपैयाँ सहयोग गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैंक सञ्चालक समितिका अध्यक्ष दीलिपकुमार ढुङ्गानाले उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्। प्रधानमन्त्री ओलीले बैंकप्रति कृतज्ञता व्यक्त गर्दै बाढीपहिरो र डुबानले जनता अप्ठ्यारोमा परेका वेला यस प्रकारका सहयोग र ऐक्यबद्धताले राहत मिल्ने बताए। बैँकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले संस्थागत सामाजिक उत्तारदायित्वअन्तर्गत उक्त रकम प्रदान गरिएको बताए। मन्त्रिपरिषदको सोमवारको बैठकले उक्त कोषमा १ अर्ब रुपैयाँ दाखिल गर्ने निर्णय गरेको थियो।...
बैंकले नियम विपरीत कर्जाको ब्याजमा उठाएको प्रिमियम फिर्ता गरेनन्
बैंक-बिमा, समाचार

बैंकले नियम विपरीत कर्जाको ब्याजमा उठाएको प्रिमियम फिर्ता गरेनन्

नेपालअखबार, काठमाडौं । बैंकहरूले केन्द्रीय बैंकको निर्देशन विपरीत कर्जामा प्रिमियम बढाएर उठाएको ब्याज अझै फिर्ता गरेका छैनन् । वाणिज्य बैंकहरूले ग्राहकलाई प्रदान गरेको कर्जामा ब्याजको प्रिमियम दर पटक–पटक परिवर्तन गर्ने र बढाउने गरेको महालेखा परीक्षकको कार्यालयको ६१औं वार्षिक प्रतिवेदनमा उल्लेख छ । यसरी प्रिमियम बढाएर बढी ब्याज असुल गर्ने बैंकलाई नेपाल राष्ट्र बैंक सुपरीवेक्षण विभागले ११ असोज २०७९ मा यसरी उठाएको बढी ब्याज फिर्ता गर्न निर्देशन दिएको थियो । त्यसबीच सञ्चालनमा रहेकामध्ये २५ वाणिज्य बैंकलाई अधिक दरमा लिएको ब्याजबापत ४ अर्ब ६६ करोड रुपैयाँ सम्बन्धित ऋणीलाई फिर्ता गर्न निर्देशन दिइएको थियो । राष्ट्र बैंकको निर्देशन अनुसार बैंकहरूले आंशिक रूपमा मात्रै ब्याज फिर्ता गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । बैंक तथा वित्तीय संस्थाले कर्जामा लिने गरेको अधिक प्रिमियम दरका क...
युवालाई गाउँमै रोजगारी दिन ‘श्रम बैङ्क’
बैंक-बिमा, समाचार, समाज

युवालाई गाउँमै रोजगारी दिन ‘श्रम बैङ्क’

नेपालअखबार, गण्डकी ।  विदेश पलायनलाई घटाई युवालाई गाउँमै रोजगारी दिन बागलुङको ताराखोला गाउँपालिकाले ‘सहिद विश्व श्रम रोजगार बैङ्क’ सञ्चालनमा ल्याएको छ । अर्गलस्थित गाउँपालिकाको सभाकक्षमा मङ्गलबार आयोजित समारोहमा उक्त श्रम रोजगार बैङ्कको कार्य शुभारम्भ गरिएको हो । सांसद देवेन्द्र पौडेलको उपस्थितिमा गाउँपालिकाका अध्यक्ष धनबहादुर विक ‘हिमाल’ले श्रम रोजगार बैङ्कमा आबद्ध ६७  सदस्यलाई शपथ ग्रहण गराएका थिए । युवालाई गाउँमै रोजगारी सिर्जना, स्थानीय सीप र श्रमको सदुपयोग, मानव संसाधनमार्फत गाउँपालिकाको समग्र विकासलागयत उद्देश्य राखेर श्रम रोजगार बैङ्क सञ्चालनमा ल्याइएको उनले बताए । रोजगार बैङ्कमा आबद्ध सदस्यलाई गाउँपालिकाले सञ्चालन गर्ने विकास निर्माणका आयोजना, निजी क्षेत्र, निर्माण व्यवसाय, कृषि, सहकारी र उद्यमका विकासका काममा लगाइने उनको भनाइ छ । “गाउँपालिकामा सञ्चालन हुने विकास योजना, ढुङ्ग...
एसियाली विकास बैंकले पोखरामा थप परियोजनामा सहयोग गर्ने
अर्थ, प्रशासन, बैंक-बिमा, समाचार

एसियाली विकास बैंकले पोखरामा थप परियोजनामा सहयोग गर्ने

नेपालअखबार, पाेखरा । एसियाली विकास बैंक (एडिबी)ले कास्कीको पोखरामा थप परियोजनामा सहयोग गर्ने भएको छ । पोखराको पर्यटन, पूर्वाधार विकास, ढल निकासलगायत क्षेत्रमा सहयोग गरेको बैंकले थप परियोजनामा लगानी गर्ने चाहना राखेको हो ।एसियाली विकास बैंकका वरिष्ठ सार्वजनिक व्यवस्थापन विशेषज्ञ अरुण राममूर्तिले बिहीबार महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग उनको कार्यकक्षमा भेटवार्ता गर्दै सहयोगको प्रतिबद्धता व्यक्त गरे । राममूर्ति बैंकको दिगो विकास र जलवायु परिवर्तन विभागका समेत विशेषज्ञ हुन् । भेटवार्ताका क्रममा राममूर्तिले एडिबीको सहयोगमा सञ्चालित विभिन्न परियोजनाका बारेमा जिज्ञासा राख्नुका साथै सहकार्यका नयाँ सम्भावनाका विषयमा छलफल गरेको महानगर प्रमुख आचार्यले बताए । उनका अनुसार पूर्वाधार निर्माणसहित दिगो पर्यटन विकासका लागि सञ्चालित विभिन्न परियोजनामा एडिबीको सहयोग रहेको छ । “हाल सञ्चालित परियोजनाका...
कृषि विकास बैंकले माग्यो कर्मचारीका लागि आवेदन
बैंक-बिमा, समाचार, समाज

कृषि विकास बैंकले माग्यो कर्मचारीका लागि आवेदन

नेपालअखबार, काठमाडौँ । कृषि विकास बैंकले नयाँ कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । नवौँदेखि चौथो तहसम्मका १७९ रिक्त पदका लागि बैंकले आवेदन आह्वान गरेको हो। आजदेखि असार ७ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर असार १४ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।
ब्याजदर घटाउनुपर्ने मागसहित पोखरा चेम्बरको राष्ट्र बैंकलाई ज्ञापनपत्र
अर्थतन्त्र, बैंक-बिमा, समाचार

ब्याजदर घटाउनुपर्ने मागसहित पोखरा चेम्बरको राष्ट्र बैंकलाई ज्ञापनपत्र

नेपालअखबार, पोखरा ।  पोखरा चेम्बर अफ कमर्स कास्कीले बैंक तथा वित्तिय संस्थाहरुमा वृद्धि भएको ब्याजदर घटाउन माग राख्दै नेपाल राष्ट्र बैंकलाई ज्ञापनपत्र पठाएको छ । चेम्बर कास्कीले आज (मंगलबार) बैंक तथा वित्तियसंस्थाहरुमा वृद्धि गरिएको ब्याजदरको विरोध गर्दै नेपाल राष्ट्र बैंकका गर्भनरलाई ६ बुदेँ माग राख्दै नेपाल राष्ट्र बैंक गण्डकीका प्रमुख रामशरण खरेलमार्फत ज्ञापनपत्र पठाएको हो । ज्ञापनपत्र खरेललाई हस्तान्तरणपश्चात बोल्दै पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष यामनाथ पौडेलले कोरोना, रुस र युक्रेनको युद्धले थलिएको व्यवसायले बैंक तथा वित्तिय संस्थाहरुमा ब्याजदर बढाएर थप पिडा दिएको बताए । ‘कोभिड १९ ले व्यवसायीहरुसमेत अछुत रहन सकेन’, उनले भने, ‘कोभिडपछि रुस र युक्रेनको युद्धका कारण धरापमा परेको नेपाली व्यवसायीहरुलाई नेपाल राष्ट्र बैंकले ब्याजदर वृद्धि गरेर व्यवसायीलाई थप पिडामा राखेको छ । य...