पुम्दीको महादेवलाई परिक्रमा गर्दै २४ गते ‘पर्वतीय दौड’को तयारी
नेपालअखबार, पोखरा । सञ्चार र पर्यटनसँग खेल पर्यटनलाई जोड्दै पोखरामा तेस्रो पर्वतीय दौड प्रतियोगिता आयोजना हुने भएको छ।
पर्यटकीय राजधानी पोखराको आर्थिक समृद्धिका लागि खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले विश्व पर्यटन दिवसको सन्दर्भ पारेर आगामी असोज २४ गते शनिबारप्रतियोगिता आयोजना गर्न लागिएको हो।
प्रतियोगिता विश्वशान्ति स्तूपबाट सुरु भई पुम्दीकोटस्थित विशाल महादेवको मूर्ति परिक्रमा गर्दै पोखरा–२२ वडा कार्यालय हुँदै न्यालडाँडास्थित कालाबाङ घरेडी बुद्ध पार्कमा पुगेर समापन हुनेछ। प्रतियोगिता ८ किलोमिटर दूरीको हुने आयोजकले जनाएको छ।
प्रतियोगितामा खुला, वडास्तरीय खुला, महिला, यू–१६, विदेशी र भेट्रान गरी छ वटा इभेन्ट समावेश गरिएको छ।
पहिलो संस्करणमा बेलायत र ब्राजिलसहित विभिन्न देशका ७१ पुरुष र ३३ महिला गरी १०४ जनाले अनलाइन फाराम भरेका थिए।
प्रतिकूल मौसमका कारण ७९ जना सहभागी भएका थिए। दो...










