Sunday, October 4

समाचार

देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा
राजनीति, समाचार

देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा

नेपालअखबार,काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेसको सबैभन्दा ठुलो शक्ति उसको लामो राजनीतिक इतिहास भएको बताएका छन् । कांग्रेसले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानको आफूले सधैँ सम्मान गर्ने भन्दै उनले कांग्रेसको इतिहासबाट पाठ सिकेर अघि बढ्नुपर्ने बताए । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले आफू अहिलेको मञ्चमा सत्तापक्षको भए पनि एक्लो प्रतिपक्षीजस्तो देखिएको बताए। उनले आफू प्रायः एक्लै रहने बानी परेको भन्दै त्यसलाई समेत राजनीतिक प्रसङ्गसँग जोडेर व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरे । ‘खुलामञ्च १० वर्षपछि खुलेको छ। यो काठमाडौंको चौर मात्रै होइन,’ थापाले भने, ‘यहाँ बसेर ठूला दल बनेका छन्, यहीँबाट साना पनि बनेका छन्।’ जननायक बीपी कोइराला, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाले समेत यही खुला...
लामिछानेको चुनौती :  लोकतन्त्रको ठेक्का नलिनुस्, हामीले काम गर्न नसके डाँडो कटाउनुस्
राजनीति, समाचार

लामिछानेको चुनौती : लोकतन्त्रको ठेक्का नलिनुस्, हामीले काम गर्न नसके डाँडो कटाउनुस्

नेपालअखबार, काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेसको सबैभन्दा ठुलो शक्ति उसको लामो राजनीतिक इतिहास भएको बताएका छन् । कांग्रेसले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानको आफूले सधैँ सम्मान गर्ने भन्दै उनले कांग्रेसको इतिहासबाट पाठ सिकेर अघि बढ्नुपर्ने बताए । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले आफू अहिलेको मञ्चमा सत्तापक्षको भए पनि एक्लो प्रतिपक्षीजस्तो देखिएको बताए। उनले आफू प्रायः एक्लै रहने बानी परेको भन्दै त्यसलाई समेत राजनीतिक प्रसङ्गसँग जोडेर व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरे । ‘आज यो मञ्चको एक्लो प्रतिपक्षी भएछु। सत्तापक्ष तर यो मञ्चको एक्लो प्रतिपक्ष। प्रायः एक्लो हुने बानी पनि छ मलाई,’ लामिछानेले भन । लामिछानेले नेपाली कांग्रेसको लामो राजनीतिक इतिहासलाई उसको ठुलो राजनीतिक पुँजीका...
कांग्रेस महाधिवेशनमा देउवालाई प्रमुख अतिथिको निम्ता
राजनीति, समाचार

कांग्रेस महाधिवेशनमा देउवालाई प्रमुख अतिथिको निम्ता

नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेसले भोलिबाट सुरु हुने १५ औं महाधिवेशनको प्रमुख अतिथिका लागि पूर्वसभापति शेरबहादुर देउवालाई निमन्त्रणा दिएको छ । सभापति गगनकुमार थापाको हस्ताक्षरसहितको पत्र पूर्वसभाति देउवाको निवासमा पुर्‍याइएको हो । पार्टीका तर्फबाट सहमहामन्त्री योगेन्द्र चौधरी नेतृत्वको टोली देउवालाई निमन्त्रणा दिन चुनदेवीस्थित देउवा निवास पुगेको थियो । शनिबार साँझ देउवानिवास पुग्दा पूर्वसभापति देउवासँग भेट भने हुन नसकेको सहमहामन्त्री चौधरीले बताए । ‘भेट भएन, घरभित्रसम्म गयौं । हामीले भानुजी(देउवाका स्वकीय सचिव भानु देउवा)लाई फोन गर्दा भेट्टाउन सकेनौं । त्यसपछि घरमा गएर सुरक्षाकर्मीलाई दिएर आयौं,’ चौधरीले भने ।...
खुलामञ्चमा सुरू हुँदैछ कांग्रेसको १५ औं महाधिवेशन, आज उद्घाटन समारोह
राजनीति, समाचार

खुलामञ्चमा सुरू हुँदैछ कांग्रेसको १५ औं महाधिवेशन, आज उद्घाटन समारोह

नेपालअखबार, काठमाडौँ ।  नेपाली कांग्रेसको १५ औं महाधिवेशन आजदेखि सुरू हुँदै छ। काठमाडौंको खुलामञ्चमा असोज २२ गतेसम्म चल्ने महाधिवेशनको उद्घाटन समारोह दिउँसो २ बजे सुरू हुनेछ। उद्घाटन समारोहमा विभिन्न दलका शीर्ष नेताहरूलाई निम्ता गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' लगायत विभिन्न दलका शीर्ष नेतृत्वलाई कांग्रेसले महाधिवेशनको उद्घाटन समारोहमा निमन्त्रणा गरेको छ। महाधिवेशनमा करिब ७ हजार ५ सय बढी प्रतिनिधि सहभागी हुनेछन्। कांग्रेसको १४औँ महाधिवेशनमा ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि सहभागी भएका थिए। त्यसबेला प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट २५ जनाका दरले महाधिवेशन प्रतिनिधि आउने व्यवस्था थियो। यसपटक भने प्रत्येक निर्वाचन क्षेत्रबाट ३३ ...
स्मार्ट घर बनाउन नागरिकलाई सरकारले सघाउने
प्रशासन, समाचार

स्मार्ट घर बनाउन नागरिकलाई सरकारले सघाउने

नेपालअखबार,काठमाडौं । आफ्नै घर बनाउने सपना देखिरहेका नागरिकलाई लक्षित गर्दै सरकारले सहुलियतपूर्ण कर्जा, कर छुट तथा सरल किस्ताबन्दी सुविधासहितको नयाँ कानुनी आधार तयार गरेको छ। पूर्वाधार विकास मन्त्रालयले सङ्घीय संसद्‌मा पेस गरेको भवन ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयकले आधुनिक, सुरक्षित र भूकम्प प्रतिरोधी स्मार्ट घर निर्माणका लागि बैंक तथा वित्तीय संस्थासँगको सहकार्यमा सहज वित्तीय प्याकेज उपलब्ध गराउने बाटो खोलेको हो। विधेयक ऐनका रूपमा पारित भएपछि बन्ने कार्यविधिमार्फत पाँच लाख रुपैयाँसम्मको अग्रिम भुक्तानी (डाउनपेमेन्ट) र मासिक करिब ११ हजार रुपैयाँ हाराहारीको सरल किस्ताबन्दी (ईएमआई) जस्ता सहुलियतपूर्ण आवास कर्जा योजनाहरू कार्यान्वयनमा ल्याउन सकिने गरी कानुनी प्रबन्ध मिलाइएको छ। सहुलियतपूर्ण कर्जा र किस्ताबन्दीको कानुनी प्रबन्ध विधेयकको दफा १६झ मा ‘स्मार्ट घर निर्माण तथा प्रव...
सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्षित कार्यक्रम
प्रशासन, समाचार

सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्षित कार्यक्रम

नेपालअखबार, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गर्दै कृषि उद्यमशीलताका लागि विशेष भूमिगत जल सिँचाइ कार्यक्रम ल्याएको छ । कृषि उद्यमीका लागि ल्याइएको उक्त कार्यक्रम सञ्चालन गर्न विभागले ‘कृषि उद्यमीका लागि विशेष भूमिगत जल सिँचाइ कार्यक्रम योजना छनोट दिग्दर्शन, २०८३’ तयार गरेको छ । विभागका महानिर्देशक दिनेश रजौरियाले भूमिगत जलस्रोतको दिगो उपयोगमार्फत कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न, कृषि उद्यमी तथा किसानलाई भरपर्दो सिँचाइ सुविधा उपलब्ध गराउन तथा योजना छनोट र कार्यक्रम कार्यान्वयनलाई पारदर्शी, वस्तुगत एवं प्रभावकारी बनाउन सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐनबमोजिम दिग्दर्शन तयार गरिएको बताए । उनका अनुसार दिग्दर्शनमार्फत कृषि व्यवसाय सञ्चालन गर्ने व्यक्ति, फर्म, संस्था वा समूहलाई छनोट गरी क...
पुम्दीको महादेवलाई परिक्रमा गर्दै २४ गते ‘पर्वतीय दौड’को तयारी
खेलकुद, समाचार, समाज

पुम्दीको महादेवलाई परिक्रमा गर्दै २४ गते ‘पर्वतीय दौड’को तयारी

नेपालअखबार, पोखरा । सञ्चार र पर्यटनसँग खेल पर्यटनलाई जोड्दै पोखरामा तेस्रो पर्वतीय दौड प्रतियोगिता आयोजना हुने भएको छ। पर्यटकीय राजधानी पोखराको आर्थिक समृद्धिका लागि खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले विश्व पर्यटन दिवसको सन्दर्भ पारेर आगामी असोज २४ गते शनिबारप्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रतियोगिता विश्वशान्ति स्तूपबाट सुरु भई पुम्दीकोटस्थित विशाल महादेवको मूर्ति परिक्रमा गर्दै पोखरा–२२ वडा कार्यालय हुँदै न्यालडाँडास्थित कालाबाङ घरेडी बुद्ध पार्कमा पुगेर समापन हुनेछ। प्रतियोगिता ८ किलोमिटर दूरीको हुने आयोजकले जनाएको छ। प्रतियोगितामा खुला, वडास्तरीय खुला, महिला, यू–१६, विदेशी र भेट्रान गरी छ वटा इभेन्ट समावेश गरिएको छ। पहिलो संस्करणमा बेलायत र ब्राजिलसहित विभिन्न देशका ७१ पुरुष र ३३ महिला गरी १०४ जनाले अनलाइन फाराम भरेका थिए। प्रतिकूल मौसमका कारण ७९ जना सहभागी भएका थिए। दो...
दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र
समाचार, समाज

दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र

नेपालअखबार, काठमाडौँ । बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ, रङरोगन तथा सौन्दर्यीकरणको काम तीव्र पारिएको छ । दसैँका अवसरमा भक्तजनको भीड लाग्ने मैतीदेवी मन्दिर परिसरलाई आकर्षक बनाउन अहिले रङरोगनको काम भइरहेको हो । रङरोगन सकिएपछि झिलिमिली बत्ती जडान गरी मन्दिर क्षेत्रलाई थप आकर्षक बनाउने तयारी रहेको मैतीदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिका सदस्य सचिव रमेश खड्गीले जानकारी दिए । उनका अनुसार मन्दिरको छत तथा भित्री भागको सरसफाइसमेत गरिएको छ । लामो समयदेखि धुवाँका कारण मन्दिरभित्रका संरचना कालो भएकाले विशेष सरसफाइ गरिएको उनले बताए । “सर्वप्रथम मैतीदेवी मन्दिरको सरसफाइ र रङरोगनको काम गरिरहेका छौँ । यो सकिएपछि एक-दुई दिनभित्र झिलिमिली बत्ती राख्ने काम सुरु गर्छौँ”, उनले भने, “यसपालि सडकबाटै झिलिमिली बत्ती राख्दैछौँ र त्यसपछि मन्दिरको छतमा पनि बत्ती ज...
नर्सरी चोकको गुठीको जग्गामा पर्खाल लगाएर भोगचलन, खाली गर्न प्रशासनको निर्देशन
प्रशासन, समाचार

नर्सरी चोकको गुठीको जग्गामा पर्खाल लगाएर भोगचलन, खाली गर्न प्रशासनको निर्देशन

नेपालअखबार, काठमाडौं । काठमाडौं प्रशासन कार्यालय काठमाडौंले काठमाडौं महानगरपालिका-१६ स्थित रानीबनको नर्सरीचोकमा गुठीको जग्गा भोगचलन गरिरहेकाहरूलाई तत्काल खाली गराउन निर्देशन दिएको छ। त्यहाँस्थित नक्सा सिट नम्बर १०२-१०२३-०६ कित्ता नम्बर ३६ र नक्सा सिट नम्बर १०२-१०२३-११ कित्ता नम्बर १६को क्षेत्रफल क्रमश: ३१९.८० र ५२.८२ वर्गमिटर श्रेस्तामा अन्नपूर्ण माइस्थान गुठीको जग्गा व्यक्तिले भोगचलन गरेको पाइएपछि प्रशासनले खाली गर्न भनेको हो। असन अन्नपूर्ण माइस्थान गुठीको नाममा रहेको उक्त जग्गा व्यक्तिले भोगचलन गरेको उजुरीपछि नापी कार्यालय र स्थानीय तहका प्रतिनिधिसहितको अनुगमन तथा निरीक्षण गरिएको प्रशासनले जनाएको छ। प्रशासनका अनुसार उक्त जग्गामा देवेन्द्र सुब्बा, धीरेन्द्र प्रधान र चिरञ्जिवी देवकोटाले पर्खाल लगाएर भोचलन गरेका छन्। यसअघि उक्त जग्गा खाली गरिदिन भन्दै गुठी संस्थानलाई पत्र पठाइएक...
विद्युतीय खरिद प्रणालीको समस्या समाधान गर्न निर्माण व्यवसायीको माग
समाचार, समाज

विद्युतीय खरिद प्रणालीको समस्या समाधान गर्न निर्माण व्यवसायीको माग

नेपालअखबार, काठमाडौँ। नेपाल निर्माण व्यवसायी महासङ्घले सार्वजनिक खरिद प्रक्रियामा हाल देखिएको प्राविधिक समस्या, साइबर सुरक्षा जोखिम तथा बोलपत्र (बिड) पेस गर्दा व्यहोर्नुपरेको झन्झट समाधान गर्न सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को ध्यानाकर्षण गराएको छ। महासङ्घका वरिष्ठ उपाध्यक्ष रामजी पन्त (मुकेश) नेतृत्वको प्रतिनिधिमण्डलले पीपीएमओका सचिव विश्वबाबु पुडासैनीसँग भेट गरी हालको हार्डकपी बोलपत्र दाखिलासम्बन्धी समस्या तथा विद्युतीय खरिद प्रणाली (ई-जीपी) को स्तरोन्नति र सञ्चालनका विषयमा छलफल गरेको हो। भेटका क्रममा महासङ्घले विद्यमान प्रणालीमा देखिएका साइबर सुरक्षा जोखिम, डेटा सुरक्षा तथा प्रणालीगत सुरक्षाका विषयमा कार्यालयको ध्यानाकर्षण गराएको छ। निर्माण व्यवसायीहरूलाई बोलपत्र पेस गर्न कुनै पनि प्राविधिक अवरोध नहुने वातावरण बनाउन तथा सार्वजनिक खरिद प्रक्रियालाई निरन्तर र सुरक्षित रू...