रातभर मनाएर सकियो तलेजुको जात्रा
नेपालअखबार,भक्तपुर । विजयादशमीका दिन मध्यरातिबाट भक्तपुरमा सुरु भएको पायस्द्यो अर्थात् खड्ग जात्रासहित तलेजुको बाहन सेतो घोडा जात्रा एकादशीको दिन आज बिहान सम्पन्न भएको छ ।
विजयादशमीको दिनभर ब्रह्मायणी मन्दिरमा जात्रारत नवदुर्गा भवानीका देवगण ब्रह्मयणीबाट राति भक्तपुरको विभिन्न टोल घुमेर जात्रा गर्दै दरबारस्क्वायर आएपछि बहिनी ब्रम्हायणीले दिदी तलेजु भवानीलाई दर्शन एवं ढोग गरी मन्त्रसिद्धि गरिने परम्पराअनुसार जात्रा सम्पन्न भएको हो ।
राति नै नवदुर्गा देवगृहतर्फ जाने र तलेजु दरबारस्क्वायरस्थित जगन्नाथ (पशुपति) मन्दिरको परिक्रसहित ढोग गरी तलेजुको देवगृहमा प्रवेश गराएर जात्रा बिहानी पख सम्पन्न गरिएको हो ।
खड्ग जात्राका क्रममा तलेजुमा सम्बद्ध राजोपाध्यायले पाय द्यो:लाई आफ्नो काँधमा बोकेर तलेजु मूलचोकबाट बेको चोक पुगेपछि सर्वसाधारणका लागि पूजा र दर्शन गर्न दिने परम्परा छ ।
तलेजुका पूर्व...










