Monday, October 5

विश्व

यूएईलाई इरानको चेतावनी : ‘गाजाका कसाई’लाई आतिथ्यता दिँदा कुनै फाइदा हुनेछैन
राजनीति, विश्व, समाचार

यूएईलाई इरानको चेतावनी : ‘गाजाका कसाई’लाई आतिथ्यता दिँदा कुनै फाइदा हुनेछैन

नेपालअखबार,काठमाडौं । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसिन रेजाईले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई आतिथ्यता दिएको भन्दै संयुक्त अरब इमिरेट्स (यूएई) को आलोचना गरेका छन्। रेजाईले सामाजिक सञ्जाल एक्समा अरबी भाषामा लेखिएको पोस्टमा यूएईको नाम नलिइकन भनेका छन्, ‘जसरी अमेरिकी सैन्य अखडाहरूलाई ठाउँ दिँदा तपाईंहरूले सुरक्षा पाउनुभएन, त्यसैगरी ‘गाजाका कसाई’लाई आतिथ्यता दिँदा पनि कुनै राम्रो नतिजा निस्कनेछैन।’ उनले आफ्नो पोस्टमा थपेका छन्, ‘हालैको युद्धबाट पाठ सिकौँ, युद्ध बढाउने काम बन्द गरौँ र इरानी टापुहरूबारे आधारहीन दाबी गर्न छोडौँ।’ यूएईले हालै संयुक्त राष्ट्रसङ्घमा फेरि एकपटक इरानको आलोचना गर्दै तीनवटा टापुमा इरानले गरेको भनिएको कब्जाको मुद्दा उठाएको थियो। यी टापुहरूलाई लिएर इरान र यूएईबीच लामो समयदेखि विवाद रहँदै आएको छ।बीबीसीका अनुसार, पछिल्ला महिनाहर...
चीनमा एकैदिन चार ठूला उच्चगतिका रेलमार्ग सञ्चालन
प्रविधि, विश्व, समाचार

चीनमा एकैदिन चार ठूला उच्चगतिका रेलमार्ग सञ्चालन

नेपालअखबार, बेइजिङ । चीनले एकैदिन चार ठूला उच्चगतिका रेलमार्ग सञ्चालनमा ल्याएको छ । सञ्चालनमा आएका नयाँ रेलमार्गहरुमा हेबेई प्रान्तको स्युङआनदेखि हेनानको साङछिउ, शान्सीको सिआनदेखि आनकाङ, हुबेईको यिछाङदेखि सिङसान र हेइलोङजियाङको हार्बिनदेखि यिछुन छन् । यी नयाँ रेलमार्गले चीनका विभिन्न क्षेत्रबीचको यातायात सम्पर्क थप सहज बनाउनुका साथै क्षेत्रीय आर्थिक विकासमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । चीन विश्वकै सबैभन्दा ठूलो उच्चगतिको रेल सञ्जाल भएको देश हो । उत्तरी चीनमा रहेको स्युङआन–साङछिउ खण्डको मुख्य रेलमार्ग ५५२ किलोमिटर लामो छ । यो रेलमार्ग स्युङआन नयाँ क्षेत्र हुँदै हेबेई, शानडोङ र हेनानका विभिन्न शहर जोड्दै साङछिउ पुग्छ । चीन रेलवे बेइजिङ ग्रुपका अनुसार यस खण्डमा रेल सञ्चालन भएपछि स्युङआनदेखि साङछिउसम्मको यात्रा समय घटेर २ घण्टा २७ म...
बेलायतको अमेरिकी सैन्य अड्डानजिक शंकास्पद गतिविधिको आरोपमा ५ जना पक्राउ
विश्व, समाचार

बेलायतको अमेरिकी सैन्य अड्डानजिक शंकास्पद गतिविधिको आरोपमा ५ जना पक्राउ

नेपालअखबार, काठमाडौँ । बेलायतस्थित अमेरिकी सैन्य अड्डामा शंकास्पद गतिविधि गरेको आरोपमा ५ जना पक्राउ परेका छन्। आरएएफ फेयरफोर्ड हवाई आधार नजिकैको ह्वेलफोर्ड क्षेत्रबाट पाँच जना पक्राउ परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेका छन्। अमेरिकी वायु सेनाको ५०१ औं कम्ब्याट सपोर्ट विंग र ४२० औं एयस बेस स्क्वाड्रनको मुख्यालय रहेको क्षेत्रमा आतंकवादी गतिविधि गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो। इरानविरुद्धको युद्धमा अमेरिकी बमवर्षकहरूले यही सैन्य अड्डा प्रयोग गरेका थिए। लन्डनको मेट्रोपोलिटन प्रहरीले आइतबार बिहान करिब १२:४५ बजे तीनवटा शंकास्पद ट्रक हवाई आधारतर्फ जाँदै गरेको सूचना पाएपछि कारबाही गरिएको जनाएको छ। पक्राउ परेका पाँचै जनालाई प्रारम्भमा विस्फोटक पदार्थसम्बन्धी कानुन उल्लंघन गरेको आशंकामा नियन्त्रणमा लिइएको थियो। ती ट्रकहरू बेलायतको स्वामित्वमा रहेको तर अमेरिकी सेन...
अमेरिका पुगेर पनि किन राष्ट्रसंघको महासभामा गएनन् चिनियाँ राष्ट्रपति ?
राजनीति, विश्व, समाचार

अमेरिका पुगेर पनि किन राष्ट्रसंघको महासभामा गएनन् चिनियाँ राष्ट्रपति ?

नेपालअखबार, काठमाडौँ । वासिङ्टन डीसीबाट न्यूयोर्क हवाईजहाजमार्फत पुग्न करिब डेढ घण्टा लाग्छ । तर, चीनका राष्ट्रपति सी जिनपिङ सेप्टेम्बर २३ मा अमेरिका पुग्दा न्यूयोर्कमा चलिरहेको संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी भएनन् । चीनका तर्फबाट उपराष्ट्रपति हान झेङले सेप्टेम्बर २४ देखि २६ सम्म न्यूयोर्कमा जारी महासभामा चीनको प्रतिनिधित्व गरिरहेका छन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनका अनुसार उपराष्ट्रपति हानले चीनले आयोजना गरेको ‘ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ’को पाँचौँ वार्षिकोत्सवका अवसरमा हुने उच्चस्तरीय संवादमा सहभागिता जनाउने छन् । उनले संयुक्त राष्ट्रसंघका महासचिव, ८१ औँ महासभाका अध्यक्ष तथा विभिन्न देशका नेताहरूसँग भेटवार्तासमेत गर्नेछन् । तर सीको महासभामा अनुपस्थितिलाई चीनले संयुक्त राष्ट्रसंघको महत्वबारे दिँदै आएको जोडसँग जोडेर विश्लेषण गरिएको छ । जुन २०२६ मा चीनले स...
द्वन्द्व अन्त्य नै विस्थापन समाधानको मुख्य उपाय : संयुक्त राष्ट्रसंघ
विश्व, समाचार

द्वन्द्व अन्त्य नै विस्थापन समाधानको मुख्य उपाय : संयुक्त राष्ट्रसंघ

नेपालअखबार,न्युयाेर्क । संयुक्त राष्ट्रसंघका शरणार्थीसम्बन्धी उच्चायुक्त बारहम सालिहले द्वन्द्व, हिंसा तथा उत्पीडनका कारण हुने बलपूर्वक विस्थापनको सबैभन्दा दिगो समाधान शान्ति नै भएको बताएका छन् । शुक्रबार संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठकलाई पहिलोपटक सम्बोधन गर्दै उच्चायुक्त सालिहले द्वन्द्वका कारण घरबार छाड्न बाध्य भएका मानिसहरूको संरक्षण गर्नु, उनीहरूलाई आश्रय प्रदान गर्ने देश तथा समुदायलाई सहयोग गर्नु र विस्थापनको दीर्घकालीन समाधान खोज्नु मानवीय संस्थाहरूको निरन्तर प्राथमिकता रहेको बताए । तर उनले वास्तविक सफलता केवल मानिसहरूलाई वर्षौँसम्म द्वन्द्वको बीचमा जीवित राख्न सक्नुमा मात्र सीमित हुन नहुने उल्लेख गरे । “सफलता भनेको आपत्कालका बेला स्थापना गरिएको शरणार्थी शिविर दशकौँपछि पनि कायम रहनु होइन। बालबालिकाले आफ्ना अभिभावकबाट विस्थापनको पीडा पुस्तान्तरणका रूपमा प्राप्त गर्न...
ट्रम्पले अस्वीकार गरे हर्मुज खोल्ने इरानको नयाँ प्रस्ताव
राजनीति, विश्व, समाचार

ट्रम्पले अस्वीकार गरे हर्मुज खोल्ने इरानको नयाँ प्रस्ताव

नेपालअखबार,काठमाडौं । अमेरिकाले हर्मुज जलमार्ग सात दिनभित्र पुनः खोल्ने इरानको नयाँ प्रस्ताव अस्वीकार गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको प्रस्तावलाई अस्वीकार गरेको भनेर अमेरिकी अखबार वाल स्ट्रिट जर्नलले समाचार लेखेको छ। इरानी विदेशमन्त्री अब्बास अराग्चीले बिहीबार न्युयोर्कमा मध्यस्थकर्तामार्फत अमेरिकासमक्ष हर्मुज जलमार्ग खोल्न नयाँ सात दिने युद्धविराम प्रस्ताव अमेरिकासमक्ष राखेका थिए। इरानले निश्चित सर्त पूरा भए सात दिनभित्र हर्मुज खोल्ने र त्यसपछि अमेरिका–इरानबीच युद्धको स्थायी समाधानका लागि व्यापक वार्ता सुरु गर्ने प्रस्ताव अमेरिकासमक्ष राखेको थियो। राष्ट्रसंघको महासभाका क्रममा पत्रकार तथा प्राज्ञहरूको भेलामा अराग्चीले प्रस्ताव स्वीकार भएको भोलिपल्टदेखि सात दिनको समयसीमा सुरु हुने र त्यसपछि हर्मुज खोलिने बताएका थिए। ‘योजना एकदमै स्पष्ट छ। उनीहरूले यो योजना...
राष्ट्रसंघमा इरानले भन्यो− अमेरिकासामु आत्मसमर्पण गर्दैनौं
राजनीति, विश्व, समाचार

राष्ट्रसंघमा इरानले भन्यो− अमेरिकासामु आत्मसमर्पण गर्दैनौं

नेपालअखबार,काठमाडौं ।  संयुक्त राष्ट्रसंघको महासभामा इरानले अमेरिकी दबाबसामु आफू नझुक्ने बताएको छ। महासभालाई बुधबार सम्बोधन गर्दै इरानी राष्ट्रपति मशुद पेजिस्कियानले अमेरिकासँगको युद्धमा इरानले आत्मसमर्पण नगर्ने बताएका हुन्। यद्यपि युद्ध अन्त्य गर्ने वविषयमा कुटनीतिक माध्यमबाट समाधान खोज्न भने इरान हरदम तयार रहेको उनले बताएका छन्। उनले महासभामै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धबारे दिएको अभिव्यक्तिको आलोचना गर्दै त्यसलाई 'दादागिरी' भनेका छन्। उनले सम्झौता नभए ट्रम्पले इरानलाई ध्वस्त पार्न सक्ने पनि बताएका छन्। ‘अमेरिकी राष्ट्रपतिको हिजोको भनाइ दादागिरीको मानसिकताको संकेत हो। इरानी जनता दबाबसामु झुक्ने छैनन्,’ पेजेश्कियानले भने। उनले अमेरिकाले इरानलाई विश्वकै प्रमुख आतंकवाद प्रायोजक भन्दै आएकोप्रति पनि आपत्ति जनाउँदै भने, ‘जो आफैं आतंकवादी हुन् र आतंकवादीलाई तालिम दिन...
मिडियाले बहिस्कार गरेपछि ट्रम्पले पत्रकार सम्मेलनमा बोलेको टिभीमा आवाजै सुनिएन
राजनीति, विश्व, समाचार

मिडियाले बहिस्कार गरेपछि ट्रम्पले पत्रकार सम्मेलनमा बोलेको टिभीमा आवाजै सुनिएन

नेपालअखबार,काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार ह्वाइट हाउसको नयाँ हेलिप्याड उद्घाटन कार्यक्रममा सहभागी भए। उनले रिबन काटेर हेलिप्याडको उद्घाटन गरे। तर पत्रकार सम्मेलनमा उनले बोलेका भनाइ भने टेलिभिजन दर्शकले स्पष्ट रूपमा सुन्न पाएनन्। ट्रम्पको कार्यक्रमको भिडियो ह्वाइट हाउसले उपलब्ध गराएको थियो। तर त्यसमा प्रयोग गर्न मिल्ने स्पष्ट अडियो थिएन। पृष्ठभूमिमा रहेको हेलिकोप्टरको आवाजले ट्रम्पका भनाइ ढाकिएका थिए। सामान्य अवस्थामा यस्तो कार्यक्रमको स्पष्ट भिडियो र अडियो टेलिभिजन नेटवर्कहरूको प्रेस पूलले उपलब्ध गराउँछ। सोमबारको घटना अमेरिकी राष्ट्रपतिका कार्यक्रमको टेलिभिजन कभरेजसँग जोडिएको एउटा असाधारण विवादका बीच भएको हो। कसरी सुरू भयो विवाद? ट्रम्पले शुक्रबार सीएनएन, एमएस नाउ र पोलिटिकोका पत्रकारलाई ह्वाइट हाउस प्रवेशमा प्रतिबन्ध लगाउने घोषणा गरेका थिए। उनले ती सञ्चारमाध...
संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा
राजनीति, विश्व, समाचार

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

नेपालअखबार,न्युयोर्क । इरानका विदेशमन्त्री अब्बास अराघ्ची संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन सोमबार न्यूयोर्क आइपुगेका छन् । इरानको विदेश मन्त्रालयका अनुसार उनले महासभामा सहभागी हुने इरानी कूटनीतिक प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् । न्यूयोर्क आगमनपछि विदेशमन्त्री अराघ्चीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग टेलिफोनमार्फत संवाद गरेका छन् । सो अवसरमा महासभाको कार्यसूची तथा विभिन्न अन्तर्राष्ट्रिय विषयमा विचार आदानप्रदान भएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएको छ । विदेशमन्त्री अराघ्चीले संयुक्त राष्ट्रसंघको महासभालाई इरानी जनताको अधिकार र हितसँग सम्बन्धित विषयमा आफ्नो देशको धारणा अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको बताइएको छ । यसअघि इरानी सञ्चारमाध्यमहरूले राष्ट्रपति मसुद पेजेस्कियानले प्रतिनिधिमण्डलको नेतृत्व गर्ने जानकारी द...
यमनमा साउदी हवाई आक्रमण तीव्र
विश्व, समाचार

यमनमा साउदी हवाई आक्रमण तीव्र

नेपालअखबार, यमन । यमनमा हुथी समूह र साउदी नेतृत्वको गठबन्धनबिच तनाव थप चर्किएको छ । हुथी समूहका सैन्य प्रवक्ता याह्या सारियाका अनुसार पछिल्लो २४ घण्टामा साउदी लडाकु विमानले दक्षिणपश्चिमी ताइज प्रान्तमा २६ पटक हवाई आक्रमण गरेका छन् । उनका अनुसार यस साता यमनका ९ प्रान्तमा गरी करिब ३०० हवाई आक्रमण भएका छन् । साउदी अधिकारीहरूले भने यसबारे तत्काल कुनै प्रतिक्रिया दिएका छैनन् । यसैबिच, बाब अल–मन्देब जलडमरूनजिक पर्ने लाहिजको कहबुब पर्वतीय क्षेत्रमा भीषण स्थल संघर्ष भएको बताइएको छ । ताइज र मारिब क्षेत्रमा पनि झडप जारी रहेको छ ।हुथीहरूले लाल सागरको दक्षिणपश्चिमी तटीय क्षेत्रमा आफ्नो प्रभाव विस्तार गरेपछि यमनमा हिंसा थप बढेको हो । यमनको द्वन्द्व सन् २०१४ मा हुथीहरूले राजधानी सानालाई नियन्त्रणमा लिएपछि सुरु भएको थियो ।...