महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा
नेपालअखबार, पोखरा। सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेशको आयोजना तथा नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालय, पोखराको सहयोगमा आयोजित दुईदिने 'पञ्चासे पर्यटन प्रवर्द्धन कार्यक्रम' सम्पन्न भएको छ। "पर्यटनका लागि प्रकृति, संस्कृति र आतिथ्य" भन्ने मूल नारासहित सञ्चालन गरिएको कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न सञ्चारमाध्यममा आबद्ध २१ जना पत्रकारको सहभागिता रहेको थियो। कार्यक्रमको उद्देश्य पोखरा महानगरपालिका–२३ अन्तर्गत पर्ने पञ्चासे क्षेत्रको प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रचार–प्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्नु रहेको आयोजकले जनाएको छ। भ्रमणका क्रममा सहभागी पत्रकारहरूले पञ्चासेका प्रमुख पर्यटकीय गन्तव्य, स्थानीय होमस्टे, प्राकृतिक सौन्दर्य, जैविक विविधता तथा धार्मिक एवं सांस्कृतिक सम्पदाको अवलोकन गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पर्यटन बोर्ड, ग...










