डेंगु सङ्क्रमितको सङ्ख्या ५,२३८ पुग्यो, बागलुङ नगरपालिका सर्वाधिक प्रभावित
नेपालअखबार,काठमाडौँ । देशभर डेंगु सङ्क्रमितको सङ्ख्या ५,२३८ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार ५,२३८ जनामा डेंगु सङ्क्रमण देखिएको हो । २०८२ पुस १७ देखि २०८३ भाद्र ३० गते (जनवरी १ देखि सेप्टेम्बर १५, २०२६) सम्मको पाक्षिक विश्लेषण अनुसार देशका ७४ जिल्लाबाट यो सङ्ख्यामा डेंगु सङ्क्रमण तथ्याङ्क सार्वजनिक भएको हो।
महाशाखाले हाल विशेष गरी वर्षा र वर्षापछिको समयमा डेंगु सङ्क्रमण थप बढ्न सक्ने चेतावनी दिँदै निरन्तर अवस्थाको विश्लेषण, रोकथाम तथा नियन्त्रणका सुझाव जारी गरिरहेको छ।
देशका विभिन्न भागमा सङ्क्रमण देखिए पनि झापा, बागलुङ, सुनसरी, पाल्पा, कास्की र दाङ लगायतका जिल्लाहरूमा सङ्क्रमण तीव्र गतिमा बढिरहेको छ। स्थानीय तहको तथ्याङ्क हेर्दा बागलुङ नगरपालिकामा सबैभन्दा बढी १,०१७ जनामा सङ्क्रमण पुष्टि भएको छ। यसैगरी पोखरा महानगरपालिकामा १८५ जना, इटहरी नगरपाल...







