Tuesday, October 27

राजनीति

हूथी विद्रोहीविरुद्ध लड्न टर्कीले गर्‍यो अस्वीकार
राजनीति, विश्व, समाचार

हूथी विद्रोहीविरुद्ध लड्न टर्कीले गर्‍यो अस्वीकार

नेपालअखबार, काठमाडौं । टर्कीले इरानसमर्थित हूथी विद्रोहीविरुद्ध हुने कुनै पनि सैन्य संघर्षमा सहभागी नहुने स्पष्ट पारेको छ । साउदी अरब र पाकिस्तानसँग संयुक्त रक्षा सम्झौता गरेको टर्कीले साउदीमाथि आक्रमण गरिरहेका हूथी विद्रोहीविरुद्ध लड्न अस्वीकार गरेको हो । टर्कीका रक्षामन्त्री याशर गुलेरले एक टेलिभिजन च्यानललाई दिएको अन्तर्वार्तामा हूथी विद्रोहीसँग कुनै पनि प्रकारको संघर्षमा सहभागी हुने योजना नरहेको बताएका छन् । उनले साउदी अरबलाई टर्कीले दिन सक्ने सम्भावित सैन्य सहयोगको मुख्य उद्देश्य प्रतिरोधात्मक क्षमता बलियो बनाउनु हुने बताए । टर्की, साउदी अरब र पाकिस्तानबीच गत अगस्टमा ‘मक्का संयुक्त रक्षा सम्झौता’मा हस्ताक्षर भएको थियो । उक्त सम्झौता अनुमोदनका लागि यसै साता टर्कीको संसद्मा पेस गरिएको छ । सम्झौताका प्रावधानअनुसार तीन देशमध्ये कुनै एकमाथि आक्रमण भए त्यसलाई तीनवटै देशमाथि भएको...
जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड
राजनीति, समाचार

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

नेपालअखबार, काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेकाले नेपालको जलवायु न्यायको मागलाई गम्भीर रूपमा लिन विश्व समुदायसमक्ष आग्रह गरेकी छन् । चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा चीनमा आयोजित सन् २०२६ को ग्लोबल गभर्नेन्स फोरम (स्योङआन) सम्मेलनलाई आज सम्बोधन गर्दै उनले नेपालले प्राप्त गर्नुपर्ने जलवायु न्यायको अवस्था दर्शाएको उनको सचिवालयले जनाएको छ । पूर्वराष्ट्रपति भण्डारीले विश्वव्यापी शासन जलवायु न्यायसँग प्रत्यक्ष रूपमा जोडिएको प्रसङ्ग उल्लेख गर्दै हिमालय क्षेत्रीय जलचक्र, जैविक विविधता र पर्यावरणीय सन्तुलनसँग जोडिएको साझा प्राकृतिक सम्पदा भएको बताइन् । उनले भनिन्, “यसको संरक्षण तथा जलवायु परिवर्तनका असर न्यूनीकरण र अनुकूलनका लागि चीन, नेपाल, भारतलगायत हिमाली देशहरूबी...
नेकपाले आज कात्तिक ७ गतेदेखि मंसिर २५ गतेसम्म जागरण अभियान सन्चालन गर्दै
राजनीति, समाचार

नेकपाले आज कात्तिक ७ गतेदेखि मंसिर २५ गतेसम्म जागरण अभियान सन्चालन गर्दै

नेपालअखबार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज कात्तिक ७ गतेदेखि मंसिर २५ गतेसम्म जागरण अभियान सन्चालन गर्दैछ । यस अभियानमा प्रवासलाई पनि समेट्ने नेकपाको योजना छ । नेकपाले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि)मा प्रवासमा ‘सम्बन्धित देशको कानुन र स्थानीय परिस्थिति अनुकूल’ कार्यक्रम सञ्चालन हुने उल्लेख छ । नेकपाका अनुसार प्रवास प्रदेशमा रहेका पार्टी सदस्यहरूको परिचालन प्रवास प्रदेशअन्तर्गत सम्बन्धित प्रदेश समितिको योजनाअनुसार हुनेछ र पार्टीसम्बद्ध संगठनलाई समेत अभियानमा जोड्ने तयारी छ । यस अभियानको क्रममा प्रवासमा राष्ट्रिय हित तथा स्वाधीनतासम्बन्धी जनचेतना, प्रवासी नेपालीका समस्या समाधानमा पहल, नेपालको अवस्थाबारे तथ्यपरक जानकारी प्रवाह, नेपाली समुदायसँग अन्तरक्रिया तथा आवश्यकताअनुसार राजदूतावास तथा अन्य निकायसँग समन्वय गरिने नेकपाले जनाएको छ । साथै पार्टीको वैचारिक विकास,...
युक्रेन र अमेरिकासँग त्रिपक्षीय शान्ति वार्ता गर्न पुटिन सहमत
राजनीति, विश्व, समाचार

युक्रेन र अमेरिकासँग त्रिपक्षीय शान्ति वार्ता गर्न पुटिन सहमत

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन अमेरिकाको मध्यस्थतामा युक्रेनसँग अर्को महिनादेखि शान्ति वार्ता पुनः सुरू गर्न सहमत भएका छन्। बुधबार पुटिन र अमेरिकी विशेष दूत स्टिभ विटकफबीच भएको भेटपछि शान्ति वार्ता गर्न सहमत भएको रूसी राष्ट्रपति कार्यालय क्रेमलिनले जानकारी दिएको रोयटर्सले जनाएको छ। दोस्रो विश्वयुद्धपछि युरोपमा भएको सबैभन्दा रक्तपातपूर्ण द्वन्द्व अन्त्य गर्ने अमेरिकी प्रयासअन्तर्गत पुटिन र विटकफबीच रूसको सेन्ट पिटर्सबर्गस्थित एक दरबारमा वार्ता भएको थियो। पुटिन र विटकफबीच व्यक्तिगत रूपमा भएको यो नवौँ भेट हो। वार्ताको सुरूवात सद्भावपूर्ण कदमबाट भएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसमा हिरासतमा रहेका अवकाशप्राप्त अमेरिकी शिक्षक स्टेफन हबर्डलाई रिहा गर्न पुटिनसँग आग्रह गरेका थिए। त्यसपछि रूसले उनलाई रिहा गरेको थियो। यद्यपि, अमेरिकाले युक्रेनलाई दिँदै आएको समर्थन कमजोर प...
परिवर्तनका लागि सोचसँगै व्यवहार बदल्न जरुरी छ: प्रधानमन्त्री
राजनीति, समाचार

परिवर्तनका लागि सोचसँगै व्यवहार बदल्न जरुरी छ: प्रधानमन्त्री

नेपालअखबार,काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले असत्यमाथि सत्यको विजय प्राप्त भएको उपलक्ष्यमा उत्सव मनाउने दिन विजयादशमीका अवसरमा देश तथा विदेशमा रहेका सर्वसाधारणमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले पौराणिक मान्यता अनुसार यसै दिन दुर्गा भवानीले महिषासुर जस्तो आसुरी शक्तिमाथि विजय प्राप्त गरेको र भगवान् रामले पनि असत्यका प्रतीक रावणको अन्त्य गरेको दिनका रूपमा लिइने उल्लेख गरेका हुन्। विजयादशमी मनाउँदै गर्दा मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा रहेको उनले बताएका छन्। दुर्गा भवानीले विजय प्राप्त गरे जस्तै हरेक सत्कर्ममा विजय प्राप्त गर्न सकियोस् भन्ने कामना मान्यजनहरूले गर्ने र आशीर्वाद ग्रहण गर्न टाढा रहेका मान्यजन...
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका लगाउने
राजनीति, समाचार

राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका लगाउने

नेपालअखबार,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने भएका छन् । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा राष्ट्रपति पौडेलले शुभ साइत १०:२६ मिनेटमा गुरू पुरोहितबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।विगतमा वर्षहरूमा राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने गरेको भएपनि गत वर्षदेखि मुलुकले विषम परिस्थितिको सामना गर्नु परेको र शान्तिपूर्ण तथा हर्षोउल्लासको वातावरण नभएको हुँदा उक्त कार्यक्रम गरिएको छैन ।...
अमेरिकाले युक्रेनलाई फेरि दिन थाल्यो रूसी क्षेप्यास्त्र आक्रमण रोक्न महत्त्वपूर्ण गुप्तचर सूचना
राजनीति, विश्व, समाचार

अमेरिकाले युक्रेनलाई फेरि दिन थाल्यो रूसी क्षेप्यास्त्र आक्रमण रोक्न महत्त्वपूर्ण गुप्तचर सूचना

नेपालअखबार, काठमाडौं । अमेरिकाले युक्रेनलाई रूसी क्षेप्यास्त्र आक्रमणबाट जोगिन सहयोग गर्ने महत्त्वपूर्ण गुप्तचर सूचना उपलब्ध गराउने काम पुनः सुरू गरेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्। आइतबार प्रकाशित अन्तर्वार्तामा जेलेन्स्कीले अमेरिकाबाट गुप्तचर सूचना आदानप्रदान गर्ने काम केही समय अवरूद्ध भए पनि पछि पुनः सुरू भएको बताएका हुन्। ‘यसका लागि हामी निकै आभारी छौं। अहिले यो काम भइरहेको छ,’ उनले अमेरिकी टेलिभिजन एनबीसीको कार्यक्रम ‘मिट द प्रेस’ मा भने। युक्रेनले आफ्ना सहरहरूमा रूसले निरन्तर प्रहार गर्दै आएका तीव्र गतिका ब्यालिस्टिक क्षेप्यास्त्र पहिचान गर्न अमेरिकी गुप्तचर सूचनामा भर पर्दै आएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साता वासिङ्टनले युक्रेनसँग गुप्तचर सूचना आदानप्रदान गरिरहेको बताएका थिए। तर, केही रूसी आक्रमण हुनुअघि चेतावनी नपाएको युक्रेनी अधिक...
रुसको प्रतिबन्ध हटाउने ट्रम्पको निर्णयप्रति चौतर्फी आलोचना
राजनीति, विश्व, समाचार

रुसको प्रतिबन्ध हटाउने ट्रम्पको निर्णयप्रति चौतर्फी आलोचना

नेपालअखबार,काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि लगाइएका कडा प्रतिबन्धहरू छुट दिने निर्णय गरेपछि संसद्का दुवै दलका शीर्ष नेताहरूले त्यसको कडा शब्दमा भर्त्सना गरेका छन्। गत महिना मात्रै आफैले हस्ताक्षर गरेर पारित गराएको प्रतिबन्धसम्बन्धी कानुनलाई ट्रम्पले अचानक कार्यकारी आदेशमार्फत निलम्बन गरेपछि यसलाई नेताहरूले ’जिम्मेवारीविहीन’ र ’शैतानसँगको सम्झौता’ को संज्ञा दिएका छन्। शुक्रबार रातिेरूपमा राष्ट्रपति ट्रम्पले ’लिन्डसे ओ. ग्राहम सान्क्सनिङ रुस एन्ड इरान एक्ट’को कार्यान्वयनलाई छूट दिने कार्यकारी आदेश जारी गरेका हुन्। सेप्टेम्बरमा पारित यो कानुनले रुसलाई मात्र नभई रुसी तेल खरिद गर्ने अन्य देशहरूमाथि समेत व्यापक प्रतिबन्ध लगाउने लक्ष्य राखेको थियो। चुनावपछि कंग्रेसको बैठक बस्दा रुसी डिजेल सम्झौताको पहिल्यै विरोध गरिरहेका सांसदहरू अब ट्रम्पको यो नयाँ प्रतिबन्ध छुटको निर्णय...
फ्रान्समा प्रदर्शन हिंसात्मक बन्दा १२०० पक्राउ, १५० प्रहरी घाइते
राजनीति, विश्व, समाचार

फ्रान्समा प्रदर्शन हिंसात्मक बन्दा १२०० पक्राउ, १५० प्रहरी घाइते

नेपालअखबार,काठमाडौं । फ्रान्समा विद्यालयको दयनीय अवस्था, कर्मचारी अभाव र बढ्दो महँगीविरुद्ध शनिबार भएको प्रदर्शन हिंसात्मक बनेको छ। प्रदर्शनका क्रममा कम्तीमा १ हजार २०० जना पक्राउ परेका छन् भने १५० जना प्रहरी घाइते भएका छन्। फ्रान्सेली सरकारका अनुसार देशभर करिब ५ लाख ५० हजार मानिस प्रदर्शनमा सहभागी भएका थिए। प्रदर्शनका क्रममा राजधानी पेरिससहित विभिन्न सहरमा आगजनी, तोडफोड र लुटपाटका घटना भएका छन्। पेरिसमा साँझसम्म प्रदर्शनकारी र दंगा नियन्त्रण प्रहरीबीच झडप भएको थियो। प्रहरीले भीड नियन्त्रण गर्न अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो। राजधानीसहित विभिन्न स्थानमा भवन र सवारीसाधनमा आगजनी गरिएको छ। लिमोज सहरको नगर भवनमा लागेको ठूलो आगोका कारण भवनको छानाको केही भाग भत्किएको स्थानीय अधिकारीहरूले बताएका छन्। लियोनमा पर्यटकीय सूचना केन्द्रमा समेत आगजनी भएको छ। लियोनका मेयर ग्रेगो...
देउवा समूहको अमेरिका संयोजक तोकिए सिटौला
राजनीति, समाचार

देउवा समूहको अमेरिका संयोजक तोकिए सिटौला

नेपालअखबार, काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले समूहको अमेरिका संयोजकमा प्रमोद सिटौलालाई तोकेको छ । समूहको नेपाली कांग्रेस १५औं केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले नेपाली जनसम्पर्क समिति संयुक्त राज्य अमेरिकाको संयोजकमा प्रमोद सिटौलालाई मनोनयन गरेका हुन् । जनसम्पर्क समितिलाई नेपाली कांग्रेसले भ्रातृ संगठनको मान्यता दिँदै आएको छ । नेपाली कांग्रेसको १५औं नियमित महाविधेशनको तयारीका लागि जनसम्पर्क समिति अमेरिकाको संयोजकमा सिटौलालाई मनोनयन गरिएको डा. कोइरालाले पत्रमा लेखेक छन् । संयोजक कोइरालाले पत्रमा नेपाली कांग्रेसको १५औं नियमित महाधिवेशन मंसिर २१, २२ र २३ गते काठमाडौंमा हुन लागेको भन्दै नेपाली जनसम्पर्क समितिको अधिवेशन तोकिएको समयमा पार्टीको मूल्य, मान्यता र विधान बमोजिम गर्न संयोजक सिटौलालाई निर्देशन दिएका छन् । सिटौला ...