Monday, September 14

कर्पोरेट

सुनचाँदीको मूल्य बढ्यो
कर्पोरेट, समाचार

सुनचाँदीको मूल्य बढ्यो

नेपालअखबार,  काठमाडौं । आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज तोलामा १२ सय रुपैयाँ तथा चाँदीको मूल्य ६० रुपैयाँ बढेको हो । महासंघले आजका लागि सुनको मूल्य प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँ तोकेको छ ।अघिल्लो दिन ३ लाख १ हजार रुपैयाँ थियो । त्यस्तै चाँदीको भाउ अघिल्लो दिन प्रतितोला ४ हजार ६०० रुपैयाँ रहेकोमा आज ४ हजार ६६० रुपैयाँ कायम भएको छ ।...
१०८ डलरमा उक्लियो तेलको मूल्य, बढ्दै महँगीको खतरा
कर्पोरेट, विश्व, समाचार

१०८ डलरमा उक्लियो तेलको मूल्य, बढ्दै महँगीको खतरा

नेपालअखबार, काठमाडौँ । विश्व बजारमा कच्चा तेलको भाउ तीव्र रूपमा बढेको छ । इरानसँगको युद्ध र खाडी क्षेत्रमा बढ्दो तनावका कारण विश्व बजारमा लामो समयसम्म ऊर्जा आपूर्ति प्रभावित हुन सक्ने चिन्ता बढेपछि तेलको मूल्यमा उछाल आएको हो । बिहीबार लन्डनस्थित आईसी एक्सचेन्जको कोमेक्स डिभिजनमा ब्रेन्ट क्रुडको मूल्य केही समयका लागि प्रतिब्यारेल १०८ डलर नाघेको थियो । मे महिनायता पहिलो पटक ब्रेन्टको भाउले यो स्तर छोएको हो । दिनको कारोबार अन्त्य हुँदा ब्रेन्ट क्रुड ६ दशमलव ३ प्रतिशतले बढेर प्रतिब्यारेल १०७ डलर ६३ सेन्टमा पुगेको छ । उता, न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जको कोमेक्स डिभिजनमा अमेरिकी बेञ्चमार्क वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लूटीआई) क्रुडको भाउ पनि ६ अघिल्लो दिन बजार बन्द हुँदाको तुलनामा ६ दशमलव ७ प्रतिशतले बढेर प्रतिब्यारेल १०२ डलर ४८ सेन्टमा पुगेको थियो । यो पनि मे महिनापछिको उच्च हो । २०२६ ...
सुनको भाउ तोलामा २ हजार ४ सय रुपैयाँ घट्यो
कर्पोरेट, समाचार

सुनको भाउ तोलामा २ हजार ४ सय रुपैयाँ घट्यो

नेपालअखबार,काठमाडौं । सुनको भाउ तोलामा २ हजार ४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ४ हजार ३ सय रुपैयाँ थियो ।त्यस्तै चाँदीको भाउ तोलामा ३५ रुपैयाँ घटेको छ । अघिल्लो दिन ४ हजार ७२५ रुपैयाँ रहेको चाँदीको भाउ आज ४ हजार ६९० रुपैयाँ कायम भएको छ ।...
सुन तोलामा २५ सय बढ्यो
कर्पोरेट, समाचार

सुन तोलामा २५ सय बढ्यो

नेपालअखबार, काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । एक सातामा भने सुनको मूल्य ११ हजार १ सय रुपैयाँ घटेको हो । यसअघि गत शुक्रबार सुनको भाउ प्रतितोला ३ लाख १८ हजार ५ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको भाउ आज तोलामा ४० रुपैयाँ बढेर ४ हजार ७६५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन ४ हजार ७२५ रुपैयाँ थियो । यसअघि गत शुक्रबार चाँदीको भाउ प्रतितोला ४ हजार ९६५ रुपैयाँ थियो ।...
मुस्ताङमा स्याउ टिप्न सुरु
कर्पोरेट, कृषि, समाचार

मुस्ताङमा स्याउ टिप्न सुरु

नेपालअखबार, मुस्ताङ । मुस्ताङ जिल्लाका स्याउ बगैँचामा धमाधम छिटो पाक्ने स्याउको ‘पोस्ट हार्भेस्ट’ सुरुवात गरिएको छ । जिल्लास्थित सरोकारवाला निकायहरुले जिल्लामा छिटो पाक्ने स्याउ टिप्ने समय यही भदौ १५ गते तोकिएसँगै किसान तथा व्यापारीले धमाधम छिटो पाक्ने जातका स्याउ टिप्न सुरु गरेका हुन् । जिल्लाको स्याउको गुणस्तर कायम राख्न तथा बिक्री वितरण गर्न जनाउँदै जिल्ला समन्वय समितिको पहलमा पाँच स्थानीय तहका जनप्रतिनिधि, कृषि तथा पशु विकास कार्यालय, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ, स्थानीय प्रशासन र कृषक प्रतिनिधिहरुको रोहबरमा मुस्ताङमा छिटो पाक्ने र ढिलो पाक्ने स्याउको टिपाइ कार्यतालिका सार्वजनिक गरेका थिए । यहाँ उत्पादन हुने स्याउको गुणस्तर राम्रो हुने तथा बजारको मागसमेत पूर्ति हुने र स्याउको ख्याति राम्रो हुने र स्याउमा गुलियोपना हुनु पर्ने जोड दिदै छिटो पाक्न...
अमेरिका र इरानबिच द्वन्द्व भड्किएपछि बढ्यो कच्चा तेलको मूल्य
कर्पोरेट, विश्व, समाचार

अमेरिका र इरानबिच द्वन्द्व भड्किएपछि बढ्यो कच्चा तेलको मूल्य

नेपालअखबार, न्युयोर्क । अन्तर्राष्ट्रिय बजारमा सोमबार कच्चा तेलको भाउ बढेको छ । अमेरिका र इरानले एक अर्कालाई आक्रमण गरेपछि सोमबार कच्चा तेलको भाउ २ प्रतिशतभन्दा धेरैले बढेको हो । अमेरिकाले आइतबार इरानको लारक द्विपमा हमला गरेपछि इरानले यसको जवाफमा जोर्डनमा रहेको अमेरिकी सैन्य शिविरलाई निशाना बनाएको थियो । यसैबिच सोमबार लन्डनस्थित आईसी एक्सचेन्जको कोमेक्स डिभिजनमा ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल २ डलर २१ सेन्टले बढेर प्रतिब्यारेल ९० डलर ३१ सेन्टमा पुगेको छ । यो शुक्रबार कोमेक्समा कारोबार बन्द हुनु अघिको तुलनामा २ दशमलव ५१ प्रतिशत धेरै हो । त्यस्तैगरी न्यु योर्क मर्कन्टाइल एक्सचेन्जको कोमेक्स डिभिजनमा अमेरिकी बेञ्चमार्क वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लूटीआई) क्रुडको भाउ पनि १ डलर ८३ सेन्टले बढेर ब्यारेलकै ८५ डलर २३ सेन्ट पुगेको छ । यो पनि कोमेक्समा शुक्रबार कारोबार बन्द हुनु अघिको तु...
सुनको भाउ तोलामा ३ हजार ६ सय बढ्यो
कर्पोरेट, समाचार

सुनको भाउ तोलामा ३ हजार ६ सय बढ्यो

नेपालअखबार, काठमाडौं । आइतबार सुनको भाउ तोलामा ३ हजार ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १ हजार ६ सय रुपैयाँ थियो । गत आइतबार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँ थियो ।चाँदीको भाउ आज तोलामा ५० रुपैयाँ बढेको छ । अघिल्लो दिन ४ हजार ६६० रुपैयाँ रहेकोमा चाँदी ४ हजार ७१० रुपैयाँ कायम भएको छ । गत आइतबार चाँदीको भाउ ४ हजार ६४५ रुपैयाँ थियो ।...
पेट्रोल बोकेको ट्याङ्करमा आगलागी
कर्पोरेट, समाचार, समाज

पेट्रोल बोकेको ट्याङ्करमा आगलागी

नेपालअखबार,रौतहट । रौतहटको गुजरा नगरपालिका-३ धनसार पुल नजिक पूर्व-पश्चिम राजमार्गमा पेट्रोल बोकेको ट्याङ्करमा आगलागी भएको छ । दुर्घटनापछि आगलागी हुँदा ट्याङ्कर पूर्ण रूपमा जलेर नष्ट भएको छ। आज बिहान करिब साढे ५ बजे बाराको अमलेखगञ्ज बाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३-००१ ख ७८११ नम्बरको पेट्रोल ट्याङ्कर सडकमा आएको मृगलाई बचाउने क्रममा अनियन्त्रित भई सडकको दाहिनेपट्टि पल्टिएको थियो । पेट्रोल बोकेको सो ट्याङ्कर पल्टिएलगत्तै आगलागी भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घटनाको खबर पाएपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय चपुरबाट खटिएको प्रहरी टोली तथा चन्द्रपुर नगरपालिका र निजगढ नगरपालिकाको दमकलको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागीबाट ट्याङ्कर पूर्ण रूपमा क्षति भए पनि मानवीय क्षति भने नभएको जिल्ला...
कान्तिपुर सेभिङ र पशुपति सहकारीका ३४१ जना बचतकर्ताको रकम फिर्ता
कर्पोरेट, समाचार

कान्तिपुर सेभिङ र पशुपति सहकारीका ३४१ जना बचतकर्ताको रकम फिर्ता

नेपालअखबार,काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पछिल्लो पटक कान्तिपुर सेभिङ र पशुपति सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार कान्तिपुर सेभिङ सहकारीका ३३४ जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् भने पशुपति सहकारीका सात जनाले बचत फिर्ता पाएका हुन् । सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ । त्यस्तै, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले यही साउन १ गते देखि १५ गतेसम्म विभिन्न सहकारीबाट ६५ जना ऋणीहरुबाट रकम असुलिएको जनाएको छ । समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको हो । यसरी नै क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ । समस्याग्रस्त सहकारी संस्थाहरुबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका ब...
कुमारी बैंकको मोबाइल बैंकिङबाटै अन्तर्राष्ट्रिय ई-सिम र आडीपी सेवा पाइने
कर्पोरेट, बैंक-बिमा, समाचार

कुमारी बैंकको मोबाइल बैंकिङबाटै अन्तर्राष्ट्रिय ई-सिम र आडीपी सेवा पाइने

नेपालअखबार,काठमाडौँ । कुमारी बैंक लिमिटेड र डिजिटल ट्राभल सेवा प्रदायक कम्पनी निम्बजबीच रणनीतिक सहकार्य भएको छ। यस सम्झौतासँगै अब कुमारी बैंकका ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ एपमार्फत नै अन्तर्राष्ट्रिय eSIM र इन्टरनेशनल ड्राइभिङ पर्मिट (IDP) सेवा सहजै प्राप्त गर्न सक्नेछन्। यो सुविधामार्फत विदेश यात्रामा जाने ग्राहकहरूले भौतिक सिम कार्ड परिवर्तन नगरी विभिन्न देशहरूमा मोबाइल डेटा प्रयोग गर्न पाउनेछन्। साथै, अन्तर्राष्ट्रिय ड्राइभिङ अनुमति प्राप्त गर्ने प्रक्रियालाई पनि डिजिटल माध्यमबाट सरल र व्यवस्थित बनाइएको छ। ग्राहकले विदेश जानुअघि विभिन्न प्लेटफर्म धाउनुपर्ने झन्झटलाई अन्त्य गर्दै एउटै बैंकिङ एपबाट यी सेवाहरू उपलब्ध गराइएको बैंकले जनाएको छ। बैंकिङ सेवालाई डिजिटल जीवनशैलीसँग जोड्ने उद्देश्यले गरिएको यस सहकार्यले अन्तर्राष्ट्रिय यात्रालाई थप सहज, सुरक्षित र प्रविधिमैत्री बनाउन...