Saturday, October 10

विचार

देश गम्भीर अस्थिरता र अनिश्चयमा फस्याे, नीति र सिद्धान्तमा आधारित वामपन्थी एकताको आवश्यकता : झलनाथ खनाल
राजनीति, विचार, समाचार

देश गम्भीर अस्थिरता र अनिश्चयमा फस्याे, नीति र सिद्धान्तमा आधारित वामपन्थी एकताको आवश्यकता : झलनाथ खनाल

नेपालअखबार,काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले देश गम्भीर अस्थिरता र अनिश्चयमा फसेको भन्दै नीति र सिद्धान्तमा आधारित वामपन्थी एकताको आवश्यकता औँल्याएका छन्। नेताहरूको टाउको मात्र जोडेर गरिने प्राविधिक एकता दिगो नहुने उनको भनाइ छ। राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारी ठगीको जालो’ विमोचन कार्यक्रममा बोल्दै नेता खनालले वामपन्थी आन्दोलन कमजोर हुँदा देशमा संकट बढेको बताए। वाम शक्तिहरूबीच न्यूनतम रूपमा एकताबद्ध भएर अघि बढ्ने संस्कृतिको समेत अभाव देखिएको भन्दै उनले चिन्ता व्यक्त गरे। ‘कम्युनिस्ट आन्दोलनले सुरुदेखि नै आफूलाई सबैभन्दा बढी देशभक्तिपूर्ण आन्दोलन दाबी गर्दै आएको छ, तर हामी आफैँले गरेका गलत कार्य र सम्झौताका कारण राष्ट्रियता गम्भीर मोडमा पुगेको छ,’ खनालले भने। उनले एकताको स्पष्ट आधार तय गर्नुपर्नेमा ज...
नेपाल विदेशीहरूको खेलमैदान बन्ने खतरा छ : माधव नेपाल
राजनीति, विचार, समाचार

नेपाल विदेशीहरूको खेलमैदान बन्ने खतरा छ : माधव नेपाल

नेपालअखबार, काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले विदेशी चलखेलका कारण मुलुक ठुलो सङ्कटबाट गुज्रिरहेको टिप्पणी गरेका छन्।  शुक्रबार काठमाडौँमा आयोजित अखिल नेपाल किसान महासङ्घको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन भन्दै उनले गम्भीर चिन्ता व्यक्त गरे। नेपालजस्तो भूपरिवेष्टित मुलुकले दुई ठुला छिमेकीसँग सुमधुर सम्बन्ध कायम गर्दै राष्ट्रिय स्वाभिमान र सम्मानको रक्षा गर्नुपर्ने कुरामा गम्भीर हुनुपर्ने उनले बताए। मुलुकको राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र र संविधान निर्माणमा आफूहरूको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै सङ्घीयताको रक्षा गर्ने जिम्मेवारी पनि आफूहरूकै काँधमा आइपुगेको दाबी उनले गरे। गणतन्त्र, संविधान र सङ्घीयताको संरक्षण र सुदृढीकरणका लागि सबै पक्...
महाधिवेशन रोकिएन भने कांग्रेसलाई विभाजन हुनबाट कसैले रोक्न सक्दैन : रमेश लेखक
राजनीति, विचार, समाचार

महाधिवेशन रोकिएन भने कांग्रेसलाई विभाजन हुनबाट कसैले रोक्न सक्दैन : रमेश लेखक

नेपालअखबार,कञ्चनपुर। नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेसलाई विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन्। कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा कार्यकर्तासँगको भेटघाटका क्रममा नेता लेखकले पार्टी एकता जोगाउन आफूहरू अझै पनि अधिकतम लचकताका साथ अघि बढिरहेको बताए । उनले विशेष महाधिवेशनमार्फत १४औँ महाधिवेशनको कार्यसमितिलाई हटाइएकाले अहिलेको समस्या सिर्जना भएको दाबी गरे। विशेष महाधिवेशन र १४औँ महाधिवेशनबाट बनेको कार्यसमितिलाई एक ठाउँमा राखेर विवाद समाधान गर्नुपर्ने उनको भनाइ छ। लेखकले पार्टी सभापति गगन थापालाई हटाउने आफूहरूको माग नरहेको स्पष्ट पार्दै १४ औँ महाधिवेशनमा रहेका तर विशेष महाधिवेशनमा नसमेटिएका नेताहरूलाई केन्द्रीय कार्यसमितिमा समेट्नुपर्ने प्रस्ताव आफूहरूले अघि सारेको बताए। त्यसरी सदस्य थप्दा सभापति थापा अल्पमतमा पर्ने चिन्ता ...
आन्तरिक संवादबाटै विवादको समाधान खोजौँ :उपसभापति शर्मा
राजनीति, विचार, समाचार

आन्तरिक संवादबाटै विवादको समाधान खोजौँ :उपसभापति शर्मा

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको आन्तरिक विवादलाई अदालती प्रक्रियामा अल्झाउनुको सट्टा आन्तरिक संवाद र सहमतिका माध्यमबाट टुङ्ग्याउनु पर्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकमा आफ्नो धारणा राख्दै शर्माले ‘जित र हार’ को मनोविज्ञान त्यागेर १५औँ महाधिवेशनतर्फ केन्द्रित हुन आग्रह गरे । उपसभापति शर्माले गत वैशाख ४ गते सर्वोच्च अदालतको डिभिजन बेन्चले निर्वाचन आयोगको निर्णयलाई सदर गर्दै रिट खारेज गरेपछि पार्टीभित्र नयाँ ढङ्गले संवाद सुरु गरिएको जानकारी दिए ।  ‘अदालतले गर्ने फैसला कुरेर बस्ने र त्यसपछि कोही जितेको र कोही हारेको मनोविज्ञान बोकेर १५औँ महाधिवेशनमा जानु पार्टीका लागि हितकर हुँदैन,’ शर्माले भने, ‘त्यसैले हामीले जेठ १६ गते नै सहमतिका लागि ७ बुँदे लिखित प्रस्ताव अघि सारेका हौँ ।’ उनले आन्तरिक विवाद...
धार्मिक असहिष्णुता रोक्न स्पष्ट काननी र नैतिक आधार आवश्यक : सांसद ठाकुर
राजनीति, विचार, समाचार

धार्मिक असहिष्णुता रोक्न स्पष्ट काननी र नैतिक आधार आवश्यक : सांसद ठाकुर

नेपालअखबार,काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालका सांसद महन्थ ठाकुरले समाजमा बढ्दो धार्मिक असहिष्णुताप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव कायम राख्न कानूनी र नैतिक आधार बलियो हुनुपर्नेमा जोड दिएका छन् । सोमबार संघीय संसद्को विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय सदाचार नीति, २०८३’ को कार्यान्वयनका सम्बन्धमा भएको छलफलमा बोल्दै सांसद ठाकुरले सामाजिक सद्भाव कायम राख्न कानूनी र नैतिक आधार बलियो हुनुपर्नेमा जोड दिएका हुन् । ‘एक समाजको मठ–मन्दिर अगाडि अर्को समाजको जुलुस जाँदा कतिपय अवस्थामा सहिष्णुता देखिए पनि, कतिपय अवस्थामा फरक नारा र धार्मिक मान्यताका कारण टकराव हुने गरेको छ । यस्तो असहिष्णुताले समाजमा मारकाट र द्वन्द्व निम्त्याउने गरेको छ । नैतिकता मानिसको बीचमा हुनुपर्ने विषय हो,’ ठाकुरले भने । सांसद ठाकुरले नेपालको विविधतापूर्ण समाजमा एउटा समुदायको धार्मि...
देउवा स्वदेश फर्कँदा धरपकड भए विरोध गर्छौं- शशांक कोइराला
राजनीति, विचार, समाचार

देउवा स्वदेश फर्कँदा धरपकड भए विरोध गर्छौं- शशांक कोइराला

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका राष्ट्रिय भेला आयोजक समितिका संयोजक शशांक कोइरालाले निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्कदा धरपकड भए विरोध गरिने बताएका छन्। शुक्रबार सम्पर्क कार्यालय चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नमा जबाफ दिएका कोइरालाले देउवा स्वदेश फर्कदा सरकारले धरपकड गरे विरोधमा उत्रने बताएका हुन्। ‘जहाँसम्म मलाई लाग्छ, धरपकड हुँदैन, भइहाल्यो भने त्यो बेला हामी विरोध गर्छौं,’ शशांकले भने। देउवा ५ महिनापछि साउन २६ गते बेलुकी स्वदेश फर्कंदैछन्। उनी उपचारका क्रममा हङकङमा छन्। साथै कोइरालालाई हङकङ गएर देउवासँग भेटेर फर्किएको हो भनेर सोधिएकोमा जबाफ दिए, ‘होइन होइन, म गएको छैन।’ संस्थापनइतरले पछिल्लो समय गरेका कार्यक्रममा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइराला देखिएका छैनन्। यसबारे शश...
सत्ताको खेलमा नलाग्ने राप्रपा बागमती संसदीय दलको निर्णय
राजनीति, विचार, समाचार

सत्ताको खेलमा नलाग्ने राप्रपा बागमती संसदीय दलको निर्णय

नेपालअखबार,काठमाडौँ । राप्रपा बागमती प्रदेश संसदीय दलको बैठकले सत्ताको खेलमा नलाग्ने निर्णय गरेको छ । राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाको अध्यक्षतामा बिहीबार अबेर बसेको संसदीय दलको बैठकले वर्तमान राजनीतिक परिस्थितिमा प्रदेश सरकारको सत्ता समीकरणको गणितीय चलखेलमा सामेल नहुने र सरकार गठनको दौडमा नरहने निर्णय गरेको हो । राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णय र निर्देशन अनुरूप बागमती प्रदेश सरकारमा सहभागी नहुने निर्णय बैठकद्वारा सर्वसम्मतिले पारित गरिएको छ। राप्रपाको यो निर्णयसँगै बागमती प्रदेशको सरकार गठन र विघटन प्रक्रिया जटिल बन्ने देखिएको छ ।...
वर्तमान सरकारको दिनगन्ती सुरु भइसक्यो: विप्लव
राजनीति, विचार, समाचार

वर्तमान सरकारको दिनगन्ती सुरु भइसक्यो: विप्लव

नेपालअखबार, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले वर्तमान सरकारको दिनगन्ती सुरु भएको टिप्पणी गरेका छन्। बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव चन्दले सरकारको कार्यशैलीप्रति जनस्तरमा तीव्र असन्तुष्टि बढेका कारण यसको आयु छोटिन सक्ने दाबी गरेका हुन्। परिवर्तनका पक्षधर र प्रगतिशील शक्तिहरूले समेत वर्तमान अवस्थालाई निराशाजनक रूपमा लिएको उल्लेख गर्दै उनले जनताले ठूलो धोका महसुस गरिरहेको बताएका छन्। प्रधानमन्त्री बालेन्द्र साहको नेतृत्वप्रति जनतामा रहेको अपेक्षा पनि समस्यामा पर्दै गएको उनको भनाइ छ। देशको आर्थिक अवस्था डामाडोल भएको प्रति चिन्ता व्यक्त गर्दै उनले विदेशी ऋणको भार, उत्पादनमा कमी, सुकुम्बासी समस्या, मिटरब्याज र लघुवित्त पीडितका समस्याप्रति राज्य उदासीन रहेको आरोप लगाएका छन्। सरकारले यथाशीघ्र यी समस्या समाधान नगरे ...
राष्ट्रिय भेलाका लागि देउवा पक्षले बनायो ५५१ सदस्यीय आयोजक समिति, शशांक कोइराला संयोजक
राजनीति, विचार, समाचार

राष्ट्रिय भेलाका लागि देउवा पक्षले बनायो ५५१ सदस्यीय आयोजक समिति, शशांक कोइराला संयोजक

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले राष्ट्रिय भेलाका लागि आयोजक समिति गठन गरेको छ। इतर पक्षको चुनदेवीस्थित सम्पर्क कार्यालयमा शनिबार पत्रकार सम्मेलन गरी इतर पक्षले भेलाका लागि आयोजक समिति गठन गरिएको जानकारी दिएको हो। राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय आयोजक समिति गठन गरिएको छ। समितिको संयोजक नेता सशांक कोइराला तोकिएका छन्। '…पार्टीलाई सवल र सक्षम बनाउने उद्देश्यले मेरै संयोजकत्वमा पाँच सय एकाउन्न सदस्यीय आयोजक समिति गठन गरी यही श्रावण २९ देखि ३१ गते सम्म काठमाण्डौमा राष्ट्रिय भेलाको अयोजना गरिएको छ,' कोइरालाले विज्ञप्तीमा उल्लेख गरेका छन्। पार्टीभित्र सम्पूर्ण एकताका लागि अनवरत प्रयास, धैर्यता र पहल गर्दा गर्दै पनि पदीय जिम्मवारीमा रहेका नेताहरूले सार्थक भूमिका नखेलेको आरोप पनि इतर पक्षको छ। 'पार्टीका नेता, कार्यकर्ता, जनप्रतिनीधि एवं समर्थक र शुभचिन्त...
साम्प्रदायिक तनावका घटनाको गहिरो अध्ययन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठनको माग
राजनीति, विचार, समाचार

साम्प्रदायिक तनावका घटनाको गहिरो अध्ययन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठनको माग

नेपालअखबार, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद मोहम्मद खालिदले देशमा दोहोरिँदै आएका साम्प्रदायिक तनावका घटनाको गहिरो अध्ययन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्न सरकारसँग माग गरेका छन्। शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन्। साम्प्रदायिक उन्माद कुनै पनि समाज र राष्ट्रका लागि घातक हुने चेतावनी उनले दिए। सुनसरी र सिरहासहित मधेसी जिल्लामा उत्पन्न तनाव कम गर्न राज्यको प्रतिक्रियामा ढिलाइ भएको टिप्पणी उनले गरे। सरकारले अहिले देखाइरहेको संवेदनशीलता दुई दिनअघि नै देखाएको भए अवस्था यति जटिल नबन्न सक्ने उनको दाबी छ। सांसद खालिदले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सामाजिक सद्भाव कायम गर्न खेलेको भूमिकाको प्रशंसा गर्दै उनलाई धन्यवादसमेत दिए। तराई मधेस क्षेत्रमा बारम्बार यस्ता घटना दोहोरिनुको कारणबारे गम्भीर अनुसन्धान आवश्...