Sunday, October 25

प्रशासन

देशभर १३ विपद्का घटना, एकको मृत्यु, आठ जना घाइते
प्रशासन, समाचार, समाज

देशभर १३ विपद्का घटना, एकको मृत्यु, आठ जना घाइते

नेपालअखबार, काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका १३ वटा विपद्का घटना भएका छन् । ती घटनामा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । विपद्का घटनाबाट करिब रु १३ लाख २० हजार बराबरको आर्थिक क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कात्तिक ७ गते बिहान १० बजेदेखि कात्तिक ८ गतेसम्म देशका विभिन्न जिल्लामा आगलागी, सर्पदंश, पहिरो तथा जनावरको आक्रमणलगायतका विपद्का घटना भएका हुन् । प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार भोजपुर र मनाङमा सर्पदंशका घटना भएका छन् । त्यस्तै, पाँचथर, रौतहट, बारा, पर्सा, काठमाडौँ, गोरखा, नवलपरासी पश्चिम, बाँके र कञ्चनपुरमा आगलागीका घटना भएका छन् । बाँकेमा जनावरको आक्रमणसमेत भएको प्राधिकरणले जनाएको छ । विभिन्न जिल्लामा भएका यी घटनाबाट मानवीयसँगै भौतिक सम्पत्तिमा क्षति पुगेको छ । विपद्मा परी घाइते भएका...
सिरहाबाट ७ लाख बढीको अवैध सामान बरामद
प्रशासन, समाचार, समाज

सिरहाबाट ७ लाख बढीको अवैध सामान बरामद

नेपालअखबार,सिरहा । सिरहाका विभिन्न सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ७ लाख ७२ हजार ६२० रुपैयाँ बराबरका सामान बरामद गरेको छ। जिल्लाका विभिन्न सीमा इलाकामा गरिएको कारबाहीका क्रममा मोटरसाइकल, मदिरा, किराना सामान, कस्मेटिक सामग्री तथा कपडालगायतका सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएका सामानको अनुमानित मूल्य ७ लाख ७२ हजार ६२० रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद सामान आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने कार्य भइरहेको छ। सिरहामा सीमा क्षेत्रबाट हुने अवैध सामान ओसारपसार नियन्त्रण तथा सीमा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सशस्त्र प्रहरीले निगरानी र चेकजाँचलाई निरन्तरता दिँदै आएको सिरहाका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमनजंग थापाले बताए ।...
पर्सामा एक महिना १११ अपराधका घटना दर्ता
प्रशासन, समाचार

पर्सामा एक महिना १११ अपराधका घटना दर्ता

नेपालअखबार,वीरगन्ज । पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका एक सय ११ अपराधका घटना दर्ता भएको छ । तीमध्ये सामाजिक अपराधका ६१, सङ्गठित तथा आर्थिक अपराधका १७, चोरीसम्बन्धी नौ, ज्यानसम्बन्धी आठ, बालबालिकासम्बन्धी छ, सवारी ज्यानसम्बन्धी दुई र अन्य प्रकृतिका चार घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । प्रहरीले अपराध नियन्त्रण तथा अनुसन्धानका क्रममा चालु मुद्दाका १२० जना प्रतिवादीलाई पक्राउ गरेको छ । त्यसैगरी कर्तव्य ज्यानका एक, हातहतियारसम्बन्धी दुई, बैंकिङ कसुरका १३, जुवातासका दुई र ठगीको एक घटना अभिलेख गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहारी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए । उनका अनुसार लागुऔषधसम्बन्धी १६ वटा मुद्दा दर्ता गरी २४ जनालाई पक्राउ गरिएको छ । पक्राउ परेकाहरूको साथबाट ३८ किलो ५०८ ग्राम गाँजा, १७१ ग्राम ७९० मिलिग्राम ब्राउन सुगर र १४ ग्...
सुनवलको सगरमाथा होटलमा बासी खाना र फोहोर भान्सा
प्रशासन, समाचार

सुनवलको सगरमाथा होटलमा बासी खाना र फोहोर भान्सा

नेपालअखबार,काठमाडौं । नवलपरासी पश्चिमको सुनवल नगरपालिका–४ स्थित सगरमाथा होटलमा खाद्य स्वच्छता तथा सरसफाइको अवस्था कमजोर पाइएको छ । भान्सामा बासी खानेकुरा भेटिनुका साथै खानेपानीको स्रोतसमेत फोहोर रहेको अनुगमन प्रतिवेदनले देखाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भैरहवा र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, कपिलवस्तुलाई विभागले दिएको निर्देशनअनुसार अनुगमन गर्दा होटलमा विभिन्न कैफियत भेटिएका हुन् । विभागका अनुसार होटलमा खानामा प्रयोग हुने काठ र फलामका टुक्रासमेत भेटिएका थिए । होटलको सरसफाइको अवस्था निकै कमजोर रहेको, खानेपानीको स्रोत फोहोर ठाउँमा रहेको र भान्सामा आवश्यक सामग्री अव्यवस्थित रूपमा राखिएको पाइएको प्रतिवेदनमा उल्लेख छ । अनुगमनका क्रममा होटल बन्द अवस्थामा रहेकाले सुनवल नगरपालिका–४ का वडा अध्यक्षको पहलमा...
दार्चुला कारागारमा पुस्तकालय स्थापना
प्रशासन, समाचार

दार्चुला कारागारमा पुस्तकालय स्थापना

नेपालअखबार, दार्चुला । प्रहरी दिवस तथा दसैँको अवसर पारेर  जेनजी मदन बुढाले दार्चुलाको कारागारमा पुस्तकालय स्थापना गरेका छन् । काठमाडौँबाट करिब ४ सय बढी पुस्तक लिएर दार्चुलाको कारागारमा उनले आइतबार पुस्तकालय स्थापना गरेका हुन् । कारागारमा रहेका कैदीबन्दीलाई अध्ययन गर्ने अवसर प्रदान गर्नुका साथै उनीहरूमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले पुस्तकालय स्थापना गरिएको बुढाले बताए । ‘कैदीबन्दीलाई फुर्सदको समय सदुपयोग गर्न, ज्ञान हासिल गर्न र अध्ययनको बानी विकास गर्न सहयोग पुग्ने आशा छ’ बुढाले भने, ‘अछाम र दार्चुलापछि सुदूरपश्चिमका अन्य जिल्लाहरूमा पुस्तकालय स्थापना अभियानलाई तीव्रता दिनेछु ।’ बुढाले पुर्‍याएको योगदानलाई जिल्ला कारागार दार्चुलाका कर्मचारी, प्रशासनले उनलाई धन्यवाद ज्ञापन गरेका छन् । ‘बन्दीहरूको तनाव व्यवस्थापन गर्न र उनीहरूलाई आत्मसन्तुष्टिको महसुस गराउन पुस्तकालयले ठुलो...
सुनसरीको वनबाट कटुवा पेस्तोल र गोली बरामद
प्रशासन, समाचार

सुनसरीको वनबाट कटुवा पेस्तोल र गोली बरामद

नेपालअखबार,सुनसरी । प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका–५ अमाहा सामुदायिक वनमा लुकाइराखेको अवस्थामा एकथान कटुवा पेस्तोल र एक थान गोली बरामद गरेको छ । प्रहरी टोलीले सामुदायिक वनको पिठारीको रुखको फेदमा झ्यासले छोपेर राखेको अवस्थामा कटुवा पेस्तोल र गोली बरामद गरेको हो । कटुवा पेस्तोलमा प्रयोग हुने गोली थ्रिनटथ्री राइफलमा पनि प्रयोग हुने गोली भएको प्रहरीले जानकारी दिएको छ । सामुदायिक वनभित्र हातहतियार लुकाएर राखिएको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय, महेन्द्रनगरस्थित इलाका प्रहरी कार्यालय र भरौल प्रहरी चौकीबाट संयुक्तरुपमा टोली खटिएको थियो ।कसले कुन उद्देश्यले कटुवा पेस्तोल र गोली लुकाएर राखेको हो थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पेस्तोल र गोली शनिबार साँझ पाँच बजे बरामद गरिको थियो ।...
चितवन राष्ट्रिय निकुञ्जमा इ-टिकटिङ सुरु
पर्यटन, प्रशासन, समाचार

चितवन राष्ट्रिय निकुञ्जमा इ-टिकटिङ सुरु

नेपालअखबार,चितवन । चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न सकिने इ-टिकटिङ (विद्युतीय टिकट) प्रणाली सुरु गरेको छ । यससँगै निकुञ्ज घुम्न जाने पर्यटकले घरबाटै टिकट काटेर प्रवेश प्रक्रिया पूरा गर्न सक्नेछन् । पहिलो चरणमा सौराहा क्षेत्रबाट अनलाइन टिकट काट्ने व्यवस्था मिलाइएको छ । यसको परीक्षणको नतिजाका आधारमा निकुञ्ज प्रवेशका अन्य नाकामा समेत सेवा विस्तार गरिने जनाइएको छ । यसअघि टिकट लिन पर्यटक तथा पर्यटन व्यवसायी भौतिक रूपमा उपस्थित भएर नगद बुझाउनुपर्ने बाध्यता थियो । अनलाइन सेवाले टिकट काट्न लाग्ने समय र झन्झट कम गर्ने अपेक्षा गरिएको छ । बिहीबार चितवन क्षेत्र नं १ का सांसद तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकाल र निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले इ–टिकटिङ प्रणालीको उद्घाटन गरे। निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत पुनले इ-टिकटि...
होटल तथा रेष्टुरेन्टलाई कडा निर्देशन: गुणस्तरहीन खाना बेचे कारबाही हुने
प्रशासन, समाचार

होटल तथा रेष्टुरेन्टलाई कडा निर्देशन: गुणस्तरहीन खाना बेचे कारबाही हुने

नेपालअखबार, काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दशैँ, तिहार र छठलगायतका चाडपर्वमा राजमार्गका होटल तथा रेष्टुरेन्टहरूलाई खाद्य स्वच्छता कायम राख्न कडा निर्देशन दिएको छ। विभागले विहीबार एक जरुरी सूचना जारी गर्दै मापदण्ड उल्लङ्घन गर्ने व्यवसायीलाई कडा कारबाही गर्ने चेतावनी दिएको हो। चाडपर्वको समयमा राजमार्गमा आउजाउ गर्ने यात्रुलाई खाना तथा खाजा खुवाउने होटल, रेष्टुरेन्ट, मिठाई पसल, चमेना गृह, क्याटरिङ र भोजनालयहरूलाई लक्षित गर्दै विभागले तोकिएका नियमहरू अनिवार्य पालना गर्न सचेत गराएको छ। सूचनाअनुसार, मापदण्डको पालना नगरी खाना, खाजा एवं नास्ता उपलब्ध गराएको पाइएमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही हुनेछ। यसका साथै, विभागले सबै खाद्य व्यवसायीलाई विभाग वा मातहतका कार्यालयबाट आफ्नो व्यवसायको खाद्य स्वच्छताको आधारमा स्तरीकरण गराई अनिवार्य रूपमा खाद्य स्व...
हरित युरिया उत्पादन प्लान्ट स्थापनाका लागि प्रस्ताव आह्वान
प्रशासन, समाचार

हरित युरिया उत्पादन प्लान्ट स्थापनाका लागि प्रस्ताव आह्वान

नेपालअखबार,काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया (हरित युरिया) उत्पादन प्लान्ट स्थापनाका लागि प्रस्ताव आह्वान गरेको छ । मन्त्रालयले व्यावसायिक रूपमा हरित युरिया उत्पादन गर्ने उद्योग स्थापना गर्न इच्छुक कम्पनी, संयुक्त लगानी (ज्वाइन्ट भेन्चर) तथा कन्सोर्टियमसँग विस्तृत अवधारणा र कार्यान्वयनको ढाँचा (मोडालिटी) सम्बन्धी प्रस्ताव माग गरेको हो । मन्त्रालयले आवश्यकताअनुसार भविष्यमा प्लान्टको उत्पादन क्षमता थप विस्तार गर्न सकिने बताएको छ । प्राप्त प्रस्तावहरूको मूल्याङ्कनबाट हरित युरिया उत्पादनका लागि उपयुक्त प्रविधि, लगानीको ढाँचा, प्राविधिक चुनौती, आर्थिक सम्भाव्यता तथा आवश्यक सरकारी सहुलियतबारे स्पष्टता प्राप्त हुने मन्त्रालयको अपेक्षा छ । इच्छुक कम्पनी तथा लगानीकर्ताले मन्त्रालयको आधिकारिक वेबसाइटबाट अवधारणा तथा कार्यान्वयनको ढाँचा (कन्से...
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पेस्तोल र गोलीसहित पक्राउ
प्रशासन, समाचार

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पेस्तोल र गोलीसहित पक्राउ

नेपालअखबार, सर्लाही । सर्लाहीमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पेस्तोल र गोलीसहित पक्राउ परेका छन् । मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका–१ निवासी ४८ वर्षीय मेघराज भन्ने बाबु थापा रहेका छन् । उनलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । प्रहरीले थापाको साथबाट MADE IN USA लेखिएको एक थान पेस्तोल, नाम नखुलेको अर्को एक थान पेस्तोल, तीन थान म्यागजिन र १५ राउन्ड गोली बरामद गरेको जनाएको छ ।पक्राउ परेका थापालाई बरामद हातहतियारसहित जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।...