नेपाल अखबार, जनकपुर । धनुषामा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यू भएको छ ।
प्रादेशिक अस्पताल जनकपुरको कोभिड-१९ विशेष अस्पतालको आइसोलेशन कक्षमा उपचार भइरहेका धनुषाको धनौजी गाउँपालिका वडा नम्बर ३ बस्ने ६५ वर्षीय पुरुषको सोमबार मृत्यु भएकोअस्पतालका निमित मेडिकल सुपरिटेन्डेन्ट डा. जामुनप्रसाद सिंहले जानकारी दिए । डा. सिंहका अनुसार उनी साउन ३१ गते अस्पताल भर्ना भएको बताए ।
दम रोगका बिरामी रहेका उनलाई श्वासप्रश्वास समस्या तथा रुघाखोकी लागेपछि साउन २६ गते पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि स्वास्थ्य अवस्था सिकिस्त हुँदै गएपछि अस्पतालको आइसोलेशन कक्षमा भर्ना गरिएको थियो ।
यससँगै धनुषामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ भने प्रदेश नम्बर २ मा ४६ जना कोरोना संक्रमृतको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

