Tuesday, April 21

गण्डकी प्रदेशमा १४ कोरोना सक्रमित थपिए

नेपाल अखबार, पाेखरा। गण्डकी प्रदेशमा वुधबार १४ कोरोना सक्रमित थपिएका छन ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र पोखरा र भरतपुर अस्पताल चितवन परीक्षण गरिएका उनीहरुमा कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि हुनेहरुमा तनहुँका २, नवलपरासी पश्चिमका १२ जना रहेका छन ।
तनहुँको शुक्ला गण्डकी नगरपालिका वडा ४ का २९ वर्षिय पुरुष, व्यास नगरपालिका वडा नं ३ का ३८ वर्षिय पुरुष, कावासोती वडा नं ३ का २ पुरुष, वडा नं ३ का ४ पुरुष, हुप्सेकोट वडा नं ३ का १ पुरुष, देवचुली वडा नं १ का १ पुरुष, देवचुली वडा नं ७ का १ पुरुष, वडा नं ७ का १ महिला र १ पुरुष तथा वडा नं ५ की एक महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
गण्डकी प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार गण्डकी प्रदेशमा कोरोना सक्रमितको संख्या १ हजार ७ सय ७९ पुगेको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *