Tuesday, April 21

पोखराको एउटै वडामा १६ जना थपिए संक्रमित, गण्डकीका थप २४ जनामा कोरोना पुष्टि

नेपाल अखबार, पाेखरा।  पोखरा महानगरमा १६ जनामा कोरोना भाइरस पुष्टि भएको छ । पोखरा  महानगरको  ७  नं.  वार्डका १६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
निर्देशनालयका अनुसार  वार्डका २३  देखि ४७ वर्ष उमेर समुहका १६ जना पुरुषमा बुधबार  बेलुका कोरोना देखिएको हो ।
त्यसैगरी बुधबार  बेलुका नै गण्डकी प्रदेशको बागलुङ जिल्लाका ८ वर्षीय बालक देखि ३४ बर्ष उमेर समुहका ५ जना पुरुष तथा १६ , २१ र ३५ बर्षीया ३  महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
बुधबार  बेलुका गण्डकीका २  जिल्लामा २४ संक्रमित थपिएका हुन् ।संक्रमितहरुलाई अहिले सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८  सय १२ पुगेको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *