नेपाल अखबार, पोखरा । कथित उपल्लो जातकी केटीसँग प्रेम गरेको भन्दै पोखरामा दलित समुदायका एक युवा निर्र्घात कुटिएका छन् ।
आफ्नी छोरीसँग प्रेम गरेको भन्दै केटीका बाबुले गुण्डागर्दी शैलीमा ती युवालाई जङ्गलमा लगेर मरणासन्न हुने गरी कुटपिट गरेका हुन् । गोरखा घर भई पोखरामा पत्रकारिता गर्दै आएका प्रेम नेपाली (नाम परिर्वतन) ती युवतीसँग विगत तीन वर्षदेखि प्रेममा परेका थिए ।
नेपाली समाजमा पछिल्लो समय निकै फैलिएको यो प्रसङ्ग भने वास्तविक नभई पोखरामा हालै सुटिङ सकिएर एडिटिङका क्रममा रहेको लघु चलचित्र ‘जातको कथा’को हो । चलचित्रमा बाबुको भूमिकामा रहेका कलाकार नवराज गिरीकी कान्छी छोरीसँग दलित युवकको प्रेम रहेको देखाइको छ । त्यही कारणले सिर्जित द्वन्द्व नै चलचित्रको मुख्य विषयवस्तु हो ।
गिरीले आफ्नी छोरीसँग प्रेम गरेको भन्दै प्रहरीसँगको मिलेमतोमा कथित तल्लो जातको सो केटोलाई जङ्गलमा लगेर निर्घात कुटेका छन् । यो मुद्दामा प्रहरी पनि मतियार बनेको छ ।

पीडित प्रेमले भने प्रेमका लागि अन्तिम सास रहुन्जेल लडिरहने बताएका छन् । ‘मैले बाहुनी भएको थाहा पाएर प्रेम गरेको होइन, प्रेम जात र औकात हेरेर गरिने कुरा पनि होइन । कहिलेसम्म कथित जातको नाममा प्रेमको हत्या गर्छौ, गर’ उनले निधारबाट बगेको रगत पुछ्दै भनेका छन्, ‘म अन्तिम सास रहेको बेलासम्म यो जात व्यवस्थाका विरुद्ध बोलिरहने छु ।’ यो घटनामा रङ्गमर्की विष्णुराज तिम्सिना, जनक पराजुली, पुरन क्षेत्री र सविता सापकोटा पनि मुछिएका छन् ।
सामाजिक न्याय र समताको आन्दोलन चलिरहेको यो बेला पोखराबाट बनेको यो फिल्मले फेरि नयाँ बहस सुरु गर्ने निर्माण पक्षको विश्वास छ ।
केटीका बाबु नवराज गिरीले उनीहरुसँग मिलेर प्रेमलाई कुटपिट गर्ने, धम्क्याउने र जबरजस्ती करणीको मुद्दामा प्रहरीलाई सुम्पिने योजना बनाएको खुलेको छ । सोही योजनाबमोजिम नवराजले पोखरा– १५ स्थित सीताराम पुलनजिकैको पार्कमा लगेर निर्घात कुटपटि गर्दै गरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
लकडाउनको समयको सदुपयोग गर्दै बनेको नेपाली लघु चलचित्र ‘जातको कथा’को क्लाइमेक्स सिनले जोकोहीलाई आक्रोशित बनाउँछ, जहाँ नेपाली समाजमा कायम रहेको जात व्यवस्थाको अन्त्यको लागि युवा पुस्ताले गरेको हिम्मत र छरेको जागरणको कथा बुनिएको छ ।
सारङ्गी न्युज डटकमद्वारा सञ्चालित अनलाइन टेलिभिजन सारङ्गी टी. भी.को प्रस्तुतिमा बन्न लागेको टेलिफिल्म ‘जातको कथा’ लेखक तथा पत्रकार प्रकाश अधिकारीले लेखेका हुन् । अधिकारीकै निर्देशन तथा छायाङ्कनमा तयार गरिएको फिल्म ‘जातको कथा’को पोस्ट प्रोडक्सनको काम भइरहेको प्रोडक्सन म्यानेजर सोनिया खत्रीकार्कीले जानकारी दिइन् ।
जातको कथा’मा मुख्य भूमिकामा देखिएका कलाकार नवराज गिरी कलाकारिताकै क्षेत्रका दुई दशकभन्दा लामो समयदेखि सक्रिय छन् । साहित्यकार तथा राजनीतिज्ञ आहुतिद्वारा लिखित टेलिफिल्म ‘दलन’मा बाबुसाहेबको भूमिकामा अभियनय गरेपछि गिरीको निकै चर्चा भएको थियो । दलनमा वरिष्ठ रङ्गकर्मी अनुप बराल र अभिनेता दयाहाङ राईसँग फिचर्ड गरेका गिरीले ‘चचहुई’, ‘पानीफोटो’ हुँदै ‘जात्रै जात्रा’मा आफ्नो अब्बल अभिनय देखाइसेका छन् ।
गिरीसँगै विष्णुराज तिम्सिना पनि चलचित्रमा मुख्य भुमिकामा छन् । गिरी युवतीका बाबु र तिम्सिना दाजुको भूमिका देखिएका छन् । गिरीकी कान्छी छोरीको रुपमा रङ्गकर्मी सोनिया खत्रीले लोभलाग्दो अभिनय गरेकी छिन् । खत्रीले यसअघि निरमाया, बाकस, एक चिहान, तिर्खा लागएका नाटकबाट दर्शकको मन जितिसकेकि छिन् । सोनियाको प्रेमीका रुपमा गायक तथा पत्रकार सुशान्त रेग्मीले अभिनय गरेका छन् । वव सिरिज ‘मिसन’, सर्ट मुभी ‘आरन’ लगायतमा अभिनय गरिसकेका होटल व्यवसायी पुरन क्षेत्री घुस्याहा पुलिस, रङ्गकर्मी जनक पराजुली पुलिसको सहयोगी तथा सविता सापकोटाले गिरीकी श्रीमती तथा सोनियाकी आमाको रुपमा अभिनय गरेकी छिन् भने मेकअप शान्ति पुलामीले गरेकी छिन् ।
‘जातको कथा’मा सबै रङ्गकर्मीहरुको अभिनय, कथा वाचन, शैली र मेकिङका हिसाबले फरक र ऐतिहासिक बन्ने फिल्म निर्माण टिमले दाबी गरेको छ । ‘जातको कथा’को केही दिनमै फस्टलुक सार्वजनिक हुने निर्देशक प्रकाश अधिकारीले जानकारी दिए ।


Scommesse ufc italia sicure
wettbüro münchen
my homepage :: basketball Wm wetten
https://dabet.cn.com là thương hiệu quen thuộc trong cộng đồng cá cược châu Á, sở hữu lượng thành viên đông đảo. Tại nền tảng, bạn được tận hưởng không gian giải trí đẳng cấp, trải nghiệm không khác gì sòng bài Las Vegas