Monday, July 6

नेपालका कूटनीतिक राहदानी बाहकलाई ९० दिनसम्मको इजरायल भ्रमणमा भिसा नचाहिने

नेपाल अखबार, काठमाडौं । नेपाल र इजरायलका कूटनीतिक राहदानी बाहकलाई एकअर्को देशको यात्रा गर्दा ९० दिनसम्म भिसा नचाहिने भएको छ । नेपाल सरकार र इजरायल सरकारबीच कूटनैतिक राहदानी बाहकलाई प्रवेशाज्ञा (भिसा)को आवश्यकताबाट उन्मुक्ति दिनेसम्बन्धी सम्झौता भएसँगै सो सुविधा प्राप्त भएको हो ।
इजरायलको जेरुसेलमस्थित परराष्ट्र मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपाल सरकारको तर्फबाट राजदूत डा. अन्जान शाक्यले तथा इजरायल सरकारको तर्फबाट इजरायली परराष्ट्र मन्त्रीले सोसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

Advertisement
यस सम्झौतासँगै अब इजरायल वा नेपालमध्ये कुनै एक राष्ट्रको कूटनैतिक राहदानीबाहक नागरिकले अर्को राष्ट्रको भूमिमा बढीमा ९० दिनसम्मका लागि जाँदा भिसा लिनु नपर्ने भएको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।

सो कार्यक्रमका अवसरमा राजदूत शाक्यले नेपालमा ‘लर्न एण्ड अर्न’ प्रोजेक्ट मार्फत इजरायल आएका विद्यार्थीहरुमध्ये केही उत्कृष्ट छनौट गरी उनीहरुको लागि तालिम अवधी ११ महिनाबाट बढाउन सके उनीहरुलाई विज्ञ कन्सलट्यान्टको रुपमा विकास गर्न सकिने सुझाव दिएकी थिइन् ।
त्यसैगरी केयर गिभिङ क्षेत्रमा पुनः नेपालीहरुलाई ल्याउने तथा यस सँगसँगै रोजगारीका अन्य क्षेत्रहरुमा पनि ढोका खोल्ने सम्बन्धमा पनि कुराकानी भएको दूतावासले जनाएको छ ।

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *