Saturday, April 18

कपिलवस्तुमा भदौ १५ सम्म निषेधाज्ञा

नेपाल अखबार, कपिलवस्तु । कपिलवस्तुमा जारी निषेधाज्ञा ८ दिन थप गरिएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन समिति (डीसीसीएमसी) को आइतबार बसेको बैठकबाट कोरोनाको जोखिम कायमै रहेकाले भदौ १५ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए ।
यसअघि जारी गरिएको निषेधाज्ञा भदौ ७ सम्म थियो ।
बैठकले अत्यावश्यक बाहेकका सबै प्रकारका व्यवसाय सञ्चालन गर्न नदिने निर्णय गरेको छ । अति आवश्यकीय वस्तु ढुवानी, एम्बुलेन्स, शवबवहन र राजमार्ग भएर गुड्ने सवारी साधन (जिल्लाभित्र चढ्न ओर्लन नपाउने गरी) बाहेक सबै प्रकारका निजी र भाडाका सवारी साधन सञ्चालन नगर्ने निर्णय गरिएको पौडेलले बताए ।
बैङ्क तथा वित्तीय संस्थाहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य मापदण्ड अपनाएर दैनिक (कार्यालय दिन) विहान ८ बजेदेखि विहान १० वजेसम्म न्यूनतम कर्मचारीबाट सेवा प्रवाह गर्न सकिने छन् ।
उद्योग धन्दा, कलकारखानाको हकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको न्युनतम स्वास्थ्य मापदण्ड अपनाइ सञ्चालन गर्न पाउने छन् ।
अत्यावश्यकबाहेक सरकारी कार्यालयहरुबाट प्रदान गर्ने सेवा पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।
खाद्यान्न तथा तरकारी किनमेलका लागि दैनिक बिहान ८ बजेदेखि १० बजेसम्मको समय छुट्याइएको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *