Saturday, April 18

पछिल्लो २४ घण्टामा कोरोनाको कारण अमेरिकामा भन्दा भारतमा २ गुणा बढीको मृत्यु, संक्रमण पनि उस्तै

नेपाल अखबार, एजेन्सि ।  पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण अमेरिकामा भन्दा भारतमा दुई गुणा बढी मानिसले ज्यान गुमाएका छन्।
यस बीचमा संक्रमित पनि विश्वमै सबैभन्दा धेरै भारतमा फेला परेका छन्।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण भारतमा आठ सय ४६ जनाले ज्यान गुमाएका छन्। यस अवधिमा त्यहाँ ६१ हजार सात सय ४९ जनामा संक्रमण पुष्टि भएको छ।
अमेरिकामा भने पछिल्लो २४ घण्टामा चार सय ३० जनाको मृत्यु भएको छ भने ३२ हजार सात सय १८ जनामा संक्रमण पुष्टि भएको छ।
त्यसैगरी ब्राजिलमा पछिल्लो २४ घण्टामा झण्डै पाँच सयले ज्यान गुमाएका छन् भने २३ हजार भन्दा धेरैमा संक्रमण देखिएको छ।
यस अवधिमा विश्वभर कोरोना संक्रमणको कारण चार हजार दुई सय ३५ जनाले ज्यान गुमाएका वल्डओमिटरमा उल्लेख छ। दुई लाख ६ हजार भन्दा धेरैमा संक्रमण देखिएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *