Tuesday, April 21

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप एकजनाकाे मृत्यु

नेपाल अखबार, पोखरा। गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ पुगेको छ ।
गत असार १७ गते उपचारको क्रममा काठमाडौँमा मृत्यु भएका म्याग्दीको धवलागिरी गाउँपालिका–४ का ४७ दिनका नाबालकको मृत्यु समेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रतिवेदनका अनुसार गण्डकी प्रदेशको तथ्याङ्कमा समावेश गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले आज विज्ञप्ती जारी गरी जनाएको छ ।
यसअघि गण्डकीका कास्की र स्याङ्जामा दुई÷दुई तथा तनहुँ, गोरखा र बाग्लुङमा एक÷एक जना संक्रमणबाट मृत्यु भएका थिए।
त्यसैगरी आज पुनः गण्डकीमा दुई संक्रमित थपिएका छन् । पोखरा–२९ का २० वर्षीया महिला तथा नवलपरासीका ४७ वर्षीय पुरुष छन् ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *