Wednesday, October 29

स्याङजामा सवारी दुर्घटना

नेपाल अखबार, स्याङजा । स्याङजा वालिङ नगरपालिका-८ स्थित सिद्धार्थ राजमार्गमा वालिङबाट करादी तर्फ आउँदै गरेको ग १ ज ६८५४ नं.को जिप र विपरित दिशाबाट जाँदै गरेको ग १५ प ६३७४ नं.को मोटरसाईकल एक आपसमा ठोकिदा मोटरसाईकल चालक  घाईते भएकाे प्रहरीले जान्कारी दिए  ।
वालिङ नगरपालिका-१४ बस्ने वर्ष ४३को हेमलाल डुम्रे घाईते भई उपचारको लागि गह्रौ प्राथामिक स्वास्थ्य केन्द्र वालिङ लगेकोमा थप उपचारको लागि मिसन अस्पताल पाल्पा रिफर गरको  बताए ।   उक्त स्थानमा प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिए  ।

Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *