Sunday, April 19

दाङमा एकै परिवारका ८ जनालाई कोरोना संक्रमण

नेपाल अखबार, दाङ। दाङमा एकै परिवारका ८ सहित १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा शान्तिनगर गाउँपालिका वडा नम्बर ४ का एकै परिवारका ८ सहित ९ जना, शान्तिनगर–३ का एक जना र शान्तिनगर–५ का एक जनामा कारोना संक्रमण पुष्टि भएको हाे।
गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक हरि पुनका अनुसार संक्रमितमा ५ वर्षका बालकदेखि ४२ वर्षसम्म उमेरका छन्। शान्तिनगरका संक्रमित सबै यही भदौ २ गते भारतबाट आएर क्वारेन्टिनमा बसेका थिए।

संक्रमित ११ जनालाई बेलझुण्डीको कोरोना विषेश अस्पताल लगिएको छ। क्वारेन्टिनमा बसेका ४० को स्वाब परीक्षण गर्दा ११ मा संक्रमण भेटीएको हो। शान्तिनगरमा अहिले १२ सक्रिय संक्रमित छन्। रासस

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *