Wednesday, August 12

कास्की र तनहुँका थप १३ जनामा कोरोना पुष्टि

नेपाल अखबार, पाेखरा। कास्की र तनहुँँ जिल्लाका थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९०८ पुगेको सो प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ। तीमध्ये हालसम्म १६३९ जना संक्रमित निको भइसकेका छन्।
सो निर्देशनालयले मंगलबार बिहान दिएको जानकारीअनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरामा गरिएको परीक्षणमा पोखरा महानगरपालिकाका ७ जना र तनहुँ भानु नगरपालिकाका ६ जनामा संक्रमण पुष्टि भएको हो।
संक्रमित हुनेमध्ये पोखरा–४ का दुई पुरुष सुरक्षाकर्मी हुन् भने पोखरा–१० का पुरुष दुबईबाट स्वदेश फर्केका व्यक्ति हुन्।

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *