Tuesday, April 21

लडेर सशस्त्र प्रहरीको मृत्यु

नेपाल अखबार, बुटवल । प्युठानमा आफ्नै घरको शौचालय जाने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । प्युठान नगरपालिका–२ साडेखोलाका ३५ वर्षका दोर्णकुमार विष्टको मृत्यु भएको हो ।
प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता राजकुमार बैदवारले विष्टको शौचालय जाने क्रममा लडेर टाउकोमा चोट लाग्दा घटनास्थलमै मृत्यु भएको जानकारी दिए ।

विष्ट सशस्त्र प्रहरी बल नं. ६ गण सिन्धुपाल्चोकमा कार्यरत वरिष्ठ हवल्दार हुन् । घटनाको इलाका प्रहरी कार्यालय बिजुवारबाट थप अनुसन्धान भइरहेको प्रवक्ता बैदवारले बताए ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *