नेपाल अखबार,बाग्लुङ । बाग्लुङमा पहिरोले घर पुरिदा १ जनाको मृत्यु भएकाे छ ।अविरल वर्षाको कारण जिल्ला बाग्लुङ ढोरपाटन नगरपालिका-२ अर्नाक बस्ने प्रकाश परियारको ढुङगा माटोले बनेको २ तले कच्चि घरमा बिहान करिब ०५:२० बजे १०।१५ मिटर माथिबाट पहिरो आई घर पुरिन जाँदा सोही घरमा सुतिरहेकी उनका छोरी वर्ष १९ किपुजा परियार पहिरोले पुरिई मृत फेला परेकाे प्रहरीले जनाएकाे छ ।
प्रहरीले घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

