Monday, July 27

काठमाडौँमा पछिल्लो २४ घण्टामा थप ३०१ जनामा कोरोना पुष्टि

नेपाल अखबार,काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप ३०१ जनामा कोरोना पुष्टि भएको बताए।
प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडौँमा २३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
उपत्यकामा देखिएको यो संक्रमितको संख्या अहिलेसम्मकै उच्च हो।

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *