Tuesday, April 21

सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

नेपाल अखबार,  नारायणग। नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ। सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित मुग्लिन नजिकै २ किलोमा आज बिहान ७ बजेतिर सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध भएको हो ।
पहिरो झरिरहेका कारण तत्काल पहिरो पन्छाउने काम हुन नसकेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *