Wednesday, April 22

नग्न अवस्थामा महिलाको शव फेला

नेपाल अखबार, गुल्मी । बिहिबार बिहान गुल्मीको बडिगाड खोलामा नग्न अवस्थामा एक बेवारिसे महिलाको शव फेला परेको छ ।
जिल्लाको चन्द्रकोट गाउँपालिका ८ स्थित  बाघ खोला भन्ने  स्थानकी बडिगाड खोलाको बगरको बीचमा अन्दाजी ४० बर्षिय महिलाको नग्न अवस्थामा शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रबक्ता डिएसपी केदार राज पन्थकाअनुसार  कलेजी रङ्गको ढाकाको कुर्ता लगाएकी महिलाको शव भेटिएको हो ।
बायाँ हातमा घडी , दायाँ हातमा चुरा लगाएकी ती महिलाको शव  भेटिएको डिएसपी पन्थले बताए ।
जिल्ला समन्वय समितिका सदस्य तथा स्थानीय चेतन बस्नेतले अहिलेसम्म पहिचान गर्न नसकिएको बताए । शव फेला परेको स्थान साविक तुराङ्ग गाबिस हो ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *